सुर्खेत । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले सरकार पक्षबाट आफूहरुमाथि आक्रमण भएको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ भिडियोमा बोल्दै भनेका छन्, ‘हामीमाथि सरकार पक्षका मान्छेबाट आक्रमण भयो । सुर्खेत प्रहरीले झुट बोल्दैछ ।’‘सुर्खेतका प्रहरी प्रमुखले बर्दी लगाएर सरासर झुठ बोलिरहेका छन्, यो झुठ बोल्ने काम उहाँबाट बन्द होस्,’ शाही भन्छन्,‘प्रहरीले हामीलाई उद्धार गरेर अस्पतालमा उपचार गर्न ल्याएन । बरु एक घण्टासम्म सोधपुछ ग¥यो । तपाईको नाम के हो र