काठमाडौं। सरकारमा सहभागिताबारे निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ। पार्टी कार्यालय बालकुमारीमा सुरु भएको बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधर उपलब्ध कार्यकारिणी समिति सदस्यहरू सहभागी छन्। बैठकमा विकसित राजनीति घटनाक्रम, सरकारमा सहभागिता र निर्वाचन आयोगमा पुगेको पार्टी विवादबारे छलफल हुने कार्यकारिणी समिति सदस्य डम्बर खतिवडाले देखापढीलाई बताए।