चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) का परियोजना कार्यान्वयनमा जोड दिन पूर्वपरराष्ट्र सचिव र चीनका लागि नेपालका पूर्वराजदूतले सुझाव दिएका छन् । नेपालले चीनसँगको सम्बन्धलाई गम्भीरताका साथ महत्त्व दिनुपर्ने पनि उनीहरूको सुझाव रहेको छ ।