नेपालको परराष्ट्र मामिला र अन्तर्राष्ट्रिय सम्बन्ध विचार/विमर्श गर्ने एक मात्र थिंक–ट्यांक संस्था परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान एक वर्षदेखि नेतृत्वविहीन छ । २०७९ वैशाख ७ मा तत्कालीन कार्यकारी निर्देशक राजेश श्रेष्ठको तीनवर्षे कार्यकाल सकिएपछि उक्त पद खाली छ ।