काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित ४४ सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । गृहले सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलाई पाल्पामा, पाल्पाका यादव सुवेदीलाई गृह मन्त्रालय, र गृहका हिरालाल रेग्मीलाई सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ । यसैगरी, महोत्तरीका प्रजिअ सुर्यबहादुर खत्रीलाई इलाका प्रशासन कार्यालय चनौटामा, काठमाडौंका …