काठमाडौं- गृहमन्त्रालयले २२ सहसचिव र उपसचिवको सरुवा गरेको छ। गृहमन्त्रालयले मंगलबार विभिन्न जिल्लामा सरुवा गरेको हो। गृहमन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलालाई पठाएको छ। यसैगरी, त्रिभुवन विमास्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाललाई राष्ट्रिय विपद जोखिम न्यनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ। उनको ठाउँमा नरबहादुर थापालाई खटाइएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयले ११ वटा जिल्लामा […]