अमेरिकी राष्ट्रपति जो बाइडेन यस वर्षको जी-२० शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न उत्सुक रहेको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार उल्लेख गरेका छन् । भारतले आगामी डिसेम्बरको १ देखि जी-२० को अध्यक्षता गर्दैछ । पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सुलिभानलाई प्रधानमन्त्री मोदी ह्वाइट हाउसको भ्रमण गर्ने हो कि भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने, 'भारत अर्को वर्ष जी-२० को अध्यक्ष हो र राष्ट्रपति बाइडेन जी-२० मा सहभागी हुन च