१० वर्षअघिको आर्थिक अभियानबाट : काठका सामग्री प्रवर्द्धन गर्न आग्रह

बुटवलका काष्ठ व्यवसायीहरूले काष्ठकलालाई विदेशमा समेत प्रवर्द्धन गर्न आग्रह गरेका छन् । स्थानीय खपतले मात्रै उद्योग फस्टाउन नसकेको भन्दै व्यवसायीहरूले यस्तो माग राखेका हुन् । शुक्रवारदेखि शुरू भएको बुटवल औद्योगिक मेलामा काष्ठकलाका सामानहरूको विक्री आशा गरेअनुसार नभएको उल्लेख गर्दै व्यवसायीहरूले यसको प्रवर्द्धन गर्न सम्बन्धित निकायले सहयोग गर्नुपर्ने मागसमेत गरेका छन् । स्थानीयस्तरमा जनचेतना नहुँदा काष्ठकलाको सोचेअनुसारको व्यापार गर्न नसकिएको शिल्पकला व्यवसायी मोहनविक्रम प्याठले बताए । स्थानीय बजारमा आफ्नो शीप तथा कलामार्फत बनेका ऐतिहासिक वस्तुहरूको माग घट्दा पेशा नै संकटमा पर्न सक्ने उनले चिन्ता व्यक्त गरे । औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवर्द्धन महोत्सवमा आफ्नो कलाको प्रचार–प्रसारका लागि आफूले उत्पादन गरेका विभिन्न काठका सामान देखाउँदै उनले मेलामा उत्साहजनक विक्री हुन नसकेको बताए । उनले बुटवलमा एमबी काष्ठकला एण्ड हस्तकला उद्योग सञ्चालन गर्दै आएका छन् । स्थानीय बासिन्दाले आफ्ना सामान नकिनेपछि उनले लुम्बिनी अञ्चलका विभिन्न जिल्ला तथा काठमाडौं र पोखरामा समेत आफ्नो उत्पादन पठाउने गरेका छन् ।  वर्ष ६, अंक ९९, बुधवार, १४ पुस, २०६७

सम्बन्धित सामग्री

पर्यटन तथा लगानी प्रवर्द्धन गर्न कोपेनहेगनमा प्रवर्द्धनात्मक कार्यक्रम

नेपाली राजदूतावास डेनमार्कद्वारा नेपाल प्रवर्द्धन र विशेष गरी पर्यटन तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले बिहीबार डेनमार्कको राजधानी कोपेनहेगनमा एक प्रवर्द्धनात्मक कार्यक्रमको आयोजना गरियो । आर्थिक कूटनीतिअन्तर्गत आयोजित उक्त कार्यक्रममा पर्यटन तथा अन्य व्यवसायी, पत्रकार, सरकारी पदाधिकारीलगायत विभिन्न क्षेत्रमा कार्यरत करिब एक सय ३० डेनिस नागरिकसहित विभिन्न सङ्घ संस्थाका पदाधिकारी, व्यवसायी नेपाली तथा अन्य गरी एक …

देशव्यापी कला प्रवर्द्धन अभियानमा प्रतिष्ठान

कला सिर्जनाको विकासका लागि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँले देशव्यापी ललितकला प्रवर्द्धन अभियान थालेको छ।...

देशव्यापी कला प्रवर्द्धन अभियानमा प्रतिष्ठान

कला सिर्जनाको विकासका लागि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँले देशव्यापी ललितकला प्रवर्द्धन अभियान थालेको छ।...

आतिथ्य व्यवस्थापनलाई प्रवर्द्धन गर्न एलसीसीआई

काठमाडौँ – आतिथ्य व्यवस्थापन (हस्पिटालिटी म्यानेजमेन्ट)लाई प्रवर्द्धन गर्ने उद्देश्यले एलसीसीआई ग्लोबल क्वालिफिकेसन्सको स्थापना भएको छ। देशमा दक्ष जनशक्ति विकास गर्न अन्तर्राष्ट्रिय स्तरको शिक्षा तथा तालिम कार्यक्रम प्रवर्द्धन तथा सञ्चालन गरी प्रमाणिकरण गर्ने उद्देश्य लिएको उक्त संस्थाले जनाएको छ। देशको पर्यटन क्षेत्रको विकास र वैदेशिक रोजगारीमा जाने युवाशक्तिलाई आवश्यक सीप प्रदान गर्न हस्पिटालिटी म्यानेजमेन्ट कोर्सहरु विकास […]

‘विद्युतीय सवारीसाधन प्रभावकारी ढंगले प्रवर्द्धन भएन’

सरकारले विगत एक दशकदेखि विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्ने खालका विभिन्न नीति कार्यक्रम अघि सारेपनि प्रभावकारी ढंगले विद्युतीय सवारीसाधनको प्रवर्द्धन हुन सकेको छैन्।...

शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन

काठमाडौं महानगरपालिका ३० ले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको छ। मंगलबार काठमाडौं महानगरपालिका–३० ले स्थापना गरेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उद्घाटन गरेका छन्।

काठमाडौंमा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनमा

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ३० ले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. ३० ले स्थापना गरेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको आज (मंगलबार) नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उद्घाटन गर्नुभएको हो । ज्ञानेश्वरमा प्रवर्द्धन केन्द्र उद्घाटन गर्नुहुँदै पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका थापाले आफू स्वास्थ्य मन्त्री […]

ज्ञानेश्वरमा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनमा

काठमाडौं महानगरपालिका वडा नं ३० ले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको छ। मंगलबार काठमाडौं महानगरपालिका–३० ले स्थापना गरेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली...

बहराइनमा नेपाली उत्पादनको प्रवर्द्धन

२२ फागुन, काठमाडौं । बहराइनमा पश्मिना शल, चिया, हस्तकलाका सामग्रीलगायत नेपाली उत्पादनको प्रवर्द्धन गरिएको छ । मनामास्थित नेपाली दूतावासले सोही स्थानमा ती सामग्रीको हालै प्रवर्द्धन गरेको हो । बहराइन अधिराज्यको बालबालिका तथा मातृ कल्याण समाजको संयोजकत्वमा सञ्चालित अन्तर्राष्ट्रिय राजदूतावास मेलामा नेपालले पहिलोपटक सहभागी भएर आफ्ना उत्पादन प्रवर्द्धन गरेको उक्त दूतावासले जनाएको छ । कार्यक्रमका विशेष […]

स्वर्णिम युनिभर्सिटीको प्रवर्द्धन गर्दै इ-स्पट इन्टरनेसनल एजुकेसन

भारतको गुजरातकै उत्कृष्ट युनिभर्सिटीहरूमध्यमा पर्ने स्वर्णिम युनिभर्सिटीलाई नेपालमा प्रवर्द्धन गरिने भएकाे छ । इ-स्पट इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीले साे विश्वविद्यालयकाे प्रवर्द्धन गर्ने भएकाे हो