माेरङ – कोसी प्रदेशमा काँग्रेस दुई पक्षमा। कार्कीद्धारा मध्यावधि रोक्न मुख्यमन्त्रीमा दाबेदारी, प्रमुख सचेतक राई भन्छन्, यो विद्रोह हो। कोसी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीले प्रदेशमा देखिएको अन्यौलता चिर्न मुख्यमन्त्रीमा दावेदारी पेश गरेको बताएका छन्। बिहीबार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा दाबेदारी पेश गरेपछि कार्कीले मध्यावधिको चुनौति रोक्नका लागि र प्रदेशलाई निकास दिन अघि बढेको बताएका छन्। […]