कमलको समर्थनमा पशुपतिले भने– काँचो नेतृत्वको पक्षमा छैन

राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले आफू राजेन्द्र लिङदेनको पक्षमा नरहेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा आफूले लिङ्देनको पक्षमा अपिल गरेको देखेपछि उनले सो कुरा बताएका हुन् । यतिमात्र होइन आफू काँचो नेतृत्वको पक्षमा नरहेको पनि बताएका छन् । राणाको वक्तव्यलाई अध्यक्षका अर्का उम्मेदवार कमल थापाले समेत सेयर गरेका छन् । उनले लेखेका छन्, 'राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले पार्टी एकताको पक्षमा गर्नुभएको त्यागलाई निहित स्वार्थका निम्ति दुरुपयोग

सम्बन्धित सामग्री

काँचो नेतृत्व : लिङ्देन कि थापा ?

काठमाडौं । “कुनै कुतत्वले फेसबुकमा मैले राजेन्द्र लिङ्देनको पक्षमा अपील गरेको भनेर किर्ते पोष्ट गर्‍या देखेँ । यो सरासर झुट कुरा हो । यसको कडा खण्डन गर्दै म काँचो नेतृत्वको पक्षमा नरहेको प्रष्ट पार्न चाहन्छु,” नाति जर्नेल अर्थात् राप्रपाका एकजना निवर्तनमान अध्यक्ष पशुपतिशमशेर जबराले शनिबार राप्रपाको नयाँ नेतृत्वका लागि भइरहेको...

राप्रपा महाधिवेशनः राजेन्द्र लिङ्देनलाई पशुपतिले दिए ‘काँचो नेतृत्व’ को संज्ञा

राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले नयाँ नेतृत्वको दौडमा रहेका राजेन्द्र लिङ्देनलाई ‘काँचो नेतृत्व’ को संज्ञा दिएका छन् । लिङ्देन पक्षले राणाको समर्थन आफूहरुलाई रहेको भन्दै प्रचार गरेपछि उनले यस्तो बताएका हुन् । राणाले हस्तलिखित विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कुनै कुतत्वल फेसबुकमा मैले राजेन्द्र लिङ्देनको पक्षमा अपील गरेको भनेर किर्ते पोस्ट गरेको देखेँ । यो सरासर झुट हो । यसको कडा खण्डन गर्दै म काँचो नेतृत्वको पक्षमा नरहेको स्पष्ट पार्न चाहन्छु ।’ यसअघि राणाले आफूले नयाँ नेतृत्व चयनका लागि सहमतिको प्र...

म काँचो नेतृत्वको पक्षमा छैनः पशुपति शमशेर

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष पशुपति शमशेर जबराले आफूले राजेन्द्र लिङ्देनलाई समर्थन नगरेको बताएका छन्। सामाजिक सञ्जालमा आफूले अध्यक्षमा लिङ्देनलाई समर्थन गरेको भनी भ्रम फैलाइएको भन्दै उनले आफू काँचो नेतृत्वको पक्षमा नरहेको स्पष्ट पारेका हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कुनै कुतत्वले मैले राजेन्द्र लिङ्देनको पक्षमा अपील गरेको भनेर किर्ते पोष्ट गर्‍या देखेँ। […]

विजय वासबाट पशुपति शमसेरको ‘चिर्कटो’ – म काँचो नेतृत्वको पक्षमा छैन

काठमाडौं । राप्रपाको नयाँ नेतृत्व चयनका लागि मतदान चलिरहेका बेला अध्यक्ष पदबाट बाहरिदै गरेका बयोबृद्ध नेता पशुपति शमसेर जबराले आफू निकट मतादातालाई कमल थापाको पक्षमा मत दिन संकेत गरेका छन् । राणाले विजय वासबाट लिखित ‘चिर्कटो’ सार्वजनिक गर्दै राणाले आफूले राजेन्द्र लिङ्देनको पक्षमा अपिल गरेको भनेर किर्ते पोष्ट गरिएको भन्दे त्यसको खण्डन गरेका छन् । […]

लिङ्देनको विपक्षमा खुल्दै पशुपति शम्शेरले भने, 'म काँचो नेतृत्वको पक्षमा छैन'

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष पशुपति शम्शेर जबराले आफू राजेन्द्र लिङ्देनको विपक्षमा रहेको बताएका छन्। 'कुन कू-तत्वले फेसबुकमा मैले राजेन्द्र लिङ्देनको पक्षमा अपिल गरेको भनेर किर्ते पोष्ट गर्‍या देखेँ, यो सरासर झुट कुरा हो।' उनले सामाजिक संजालमा लेखेका छन्, 'यसको कडा खण्डन गर्दै म काँचो नेतृत्वको पक्षमा नरहेको प्रष्ट पार्न चाहन्छु।’राप्रपाका तीन अध्यक्षमध्ये कमल थापा फेरि अध्यक्षको प्रतिष्पर्धामा छन् । अर्का अध्यक्ष डा.प्रकाश

वीरगञ्ज सुक्खा बन्दरगाहमा रोकिएको छाला ‘अवैध’ : छाला उद्योगी

वीरगञ्ज । सरकारले निकासी प्रतिबन्ध लगाएको छाला वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारले जाँचपास गरेको छाला उद्योगीहरूले बताएका छन् । भन्सार जाँचपास गरेर कस्टम ट्रान्जिट डिक्लियरेन्स (सीटीडी) समेत तयार पारेको १ कन्टेनर छाला रोकिएको छ । बारा–पर्सा औद्योगिक कोरिडोरमा खुलेको चिनियाँ लगानीको अन्नपूर्ण लेदर टेनिङ इन्डस्ट्रिजले एचएस कोड र उत्पादन फरक पारेर निकासी गर्न लागेको छालामा विवाद भएपछि भन्सारले रोकेको थियो । रेलमा लोड गर्न तयार पारिएको छाला विवादित भएपछि भन्सारले लोड नगर्न रेलसेवा प्रदायकलाई पत्राचार गरेको थियो । प्रतिबन्धित छाला निर्यात गर्न लागेकोबारे स्थानीय सरोकारवालाले चासो राखेपछि रेलमा चढाउन तयार पारिएको १ कन्टेनर छाला भन्सारले रोकेर राखेको थियो । भन्सारले सीटीडी तयार पारेर कन्टेनरमा शिलसमेत लगाइसकेकोमा पुनः छाला अनलोड गरेर नेपाल लेदर टेनर्स एशोसिएशनका पदाधिकारीहरूलाई छाला देखाइएको थियो । भन्सारले ओओसीयू ८५४६३०२ नम्बरको छाला लोड भएको ४० फिटको कन्टेनरमा ओओएल ईभीजे ७७८६ नम्बरको शिल लगाएर सीटीडी जारी गरेको थियो । प्रतिबन्धित छला निकासी हुन लागेको कुरा आएपछि रोकेर अनुसन्धान अघि बढाइएको भन्सार प्रमुख लालबहादुर खत्रीले बताए । छाला उद्योगीहरूलाई बोलाएर छालाको नमूना देखाइएको खत्रीले बताए । उद्योगीहरूले उक्त छाला प्रज्ञापनमा उललेख गरिएको एचएस कोडभन्दा फरक रहेको भन्दै निकासी गर्न नमिल्ने बताएको जानकारी उनले दिए । भन्सारले संघका उपाध्यक्ष जावेद नबी इराकी, महासचिव महम्मद जुनैद इफ्तेखार, कोषाध्यक्ष मनोज चाचान, एभरेष्ट लेदरका प्रतिनिधि विनोद चौधरीलगायत उद्योगीहरूलाई भन्सारमै बोलाएर छालाको नमूना देखाएको थियो । उद्योगीहरूले भन्सारले जाँचपास गरेको छाला र एचएड कोड नमिलेको भन्दै छालाको नमूना परीक्षण गर्न सुझाव दिएका थिए । भन्सारले जाँचपास गरेको छाला र निकासीकर्ताले प्रज्ञापनमा उल्लेख गरेको एचएस कोड नमिल्ने उपाध्यक्ष इराकीले बताए ‘त्यहाँ उल्लेख भएको एचएस कोडमा नेपालबाट निकासी गर्न मिल्दैन । सरकारले त्यस्तो छालाको निकासीमा प्रतिबन्ध लगाएको छ,’ उनले दाबी गरे । भन्सार प्रमुख खत्रीका अनुसार छाला निकासीको ग्रीन च्यानलमा पर्ने भएकाले कागजपत्रमात्रै हेरेर जाँचपास गरिएको हो । भन्सारले त्यसअघि पनि सोही एचएस कोडमा छाला जाँचपास गरेको खुलासा भएको छ । गलत विवरण उल्लेख गरेर उक्त छाला इन्डोनेशिया पठाउन लागिएको थियो । एचएस कोड ४१०१९०००००० मा बफेलो लेदर स्प्लीटेड उल्लेख गरेर निकासी गर्न लागेको छालाको कोड र उत्पादन फरक रहेको छाला उद्यागीहरूको दाबी छ । उक्त कोडमा काँचो छाला, नुन लगाएको, सुकेको, चुना हालेर रौं सफा गरेकोलगायत छाला पर्ने उनीहरूको भनाइ छ । उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालयले यो कोडमा उल्लिखित छाला निकासीमा रोक लगाएको छ । उद्योगीका अनुसार स्प्लीटेड छाला निकासी गर्दा वेट ब्लु, क्रस्ड वा फिनिस्डसमेत उल्लेख गर्नुपर्छ । भन्सारले जाँचपास गरेको छला उक्त कुनै पनि वर्गमा नपर्ने संघका पदाधिकारीहरूले बताएका छन् । उक्त उद्योगले वेट ब्लु, क्रस्ड्स, फिनिस्ड, भेजिटेबल टेनेड र लेदर स्प्लीड उत्पादनको अनुमति पाएको छ । उद्योगले लिएको अनुमतिका आधारसमेत उक्त नियकासी अवैध हुने दाबी उद्योगीहरूकै छ । उद्योगले यसअघि पनि गलत विवरण पेश गरेर छाला निकासी गरेको छ । बन्दरगाह भन्सारका अधिकृतहरूले उद्योगले यसअघि पनि सोही विवरण घोषणा गरेर छाला निकासी गरेको बताएका छन् । गत फागुनमा सुक्खा बन्दरगाह भन्सारले छालाको नमूना पठाएर भन्सार विभागसँग राय मागेको थियो । भन्सारले त्यसबेला लेदर स्प्लीटेड (छालाको माथिल्लो तह) उल्लेख गरेर नमूना पठाएकोमा भन्सार विभागले लेदर स्प्लीट (तल्लो तह) भएको र नाँगो आँखाले हेर्दा काँचो छालाजस्तो नदेखिने भन्दै जवाफ फर्काएको थियो । यही पत्रका आधारमा भन्सारले जाँचपास गरेको थियो । उद्योगीका अनुसार भन्सारले जाँचपास गरेको छाला ४ प्रकारका रसायन प्रयोग गरेर तयार प्रशोधन गरिएको पिकल लेदर हो । निकासी अनुमतिप्राप्त तहको वेटब्लु छालामा १० प्रकारका रसायन प्रयोग हुन्छ । यस्तो छाला छालाका वस्तु बनाउन प्रयोग हुन्छ । भन्सारमा रोकिएको छाला कुकुरको दाना बनाउन प्रयोग हुन्छ । केही उद्योगीहरू यो तहको छाला निकासीमा नाफा बढी हुने भन्दै प्रक्रिया पुर्‍याएर निकासी गर्न पाउनुपर्ने पक्षमा देखिन्छन् । बन्दरगाह भन्सारमा रोकिएको छाला कुन हार्मोनिक कोडमा निकासी गर्ने भन्ने स्पष्ट व्यवस्था नभएकाले विवादित भएको विराटनगरस्थित युनाइटेड टेनर्सका सञ्चालक शदाब अख्तर बताउँछन् । ‘सरकारले यसको निकास दिनुपर्छ । यो छाला निकासी गर्दा नेपालमा उत्पादित सबै काँचो छाला खपत हुन सक्छ,’ उनले भने, यसबाट उद्योगले लाभ लिन सक्छन् ।’ अहिले नेपालमा उत्पादित छालामध्ये आधा खेर गइरहेको उनले बताए ।