उपमेयर कप महिला फुटबलमा हुम्ला सहभागी हुने

सिमकोट – काठमाडौँमा आगामी कार्तिक ४ गतेबाट हुने उपमेयर कप महिला फुटबल प्रतियोगितामा हुम्लाका खेलाडी सहभागी हुने निश्चित भएको छ। राष्ट्रिय महिला फुटबलामा हुम्लाका खेलाडीले पहिलोपटक सहभागिता जनाउने भएको हो। यहाँका खेलाडीहरुको मागअनुसार प्रतियोगितामा सहभागिता जनाउन एन्फामा टीमसमेत दर्ता गरिएको छ। खेलाडी सपुरा रोकायाले पहिलोपटक हुम्लाबाट उपमेयर कप फुटबलमा सहभागिता जनाउन लागिएको बताइन्। पुरुषहरुले समेत […]

सम्बन्धित सामग्री

पाँचौं उपमेयर कप महिला भलिबलको उपाधि एभरेष्टलाई

२५ मंसिर, बुटवल । पाँचौ तिलोत्तमा उपमेयर कप रनिङशिल्ड खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि एभरेष्ट बोर्डिङ हाइ स्कूल बुटवलले जितेको छ । तिलोत्तमाको कुंवरवर्ती बोर्डिङ हाइ स्कुलको खेल मैदानमा सोमबार सम्पन्न फाइनल प्रतिस्पर्धामा कुंवरवर्ती बोर्डिङ स्कूललाई ३–१ को सेटमा पराजित गर्दै एभरेष्टले उपाधि जितेको हो । प्रतिष्पर्धात्मक खेलमा एभरेष्टले पहिलो सेट २५–२२, दोस्रो सेट २५–१४ […]

तिलोत्तमामा उपमेयर कप रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलुकद) – तिलोत्तमा नगरपालिका रुपन्देहीको आयोजनामा चौथो संस्करणको उपमेयर कप रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिता माघ दोस्रो सातादेखि आयोजना हुने भएको छ । प्रतियोगिता माघ १२ गतेदेखि १४ गतेसम्म कुँवरवर्ती इंग्लिस बोर्डिङ स्कुल तिलोत्तमा ८ रुपन्देहीमा हुनेछ । प्रतियोगिताको संयोजन कुँवरवर्ती स्कुलले नै गरेको छ । प्रतियोगितामा सहभागिताको लागि माघ ८ गतेसम्म […]

उपमेयर कप राष्ट्रिय महिला भलिबल बुटवलमा सुरु

रुपन्देही, २४ मङ्सिर: बुटवल उपमहानगरपालिका उपमेयर कप अन्तरपालिकास्तरीय राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०७८ बिहीबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले युवाको प्रतिभा उजागर गर्न खेलको विकास आवश्यक रहेकामा जोड दिए । स्वस्थ जीवनका लागि खेल अपरिहार्य रहेको जनाउँदै उहाँले नगर खेलकुद परिषद्को स्थापनाका साथै एक वडा एक खेलमैदानको अवधारणा अघि बढाइएको […]

उपमेयर कप महिला राष्ट्रिय लिग छनोट : कन्काई र रोङ क्वार्टरफाइनलमा

२२ कात्तिक, काठमाडौं । झापाको कन्काई नगरपालिका र इलामको रोङ गाउँपालिका उपमेयर कप महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । सोमबारदेखि सुरु भएको नकआउट चरण अन्तर्गत पहिलो खेलमा कन्काईले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकालाई पेनाल्टी सुटआउट ३-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको निर्धारित ९० मिनेट गोलरहित […]

गौरीगन्ज उपमेयर कप छनोटको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)– गौरीगन्ज नगपालिका उपमेयर कप उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको नकआउट चरणमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार बराहक्षेत्र नगरपालिकालाई ४–० ले हराउँदै गौरीगन्ज अघिल्लो चरणमा पुगेको हो । गौरीगन्जको जितमा मंजली कुमारी योन्जन, गंगाकुमारी चौधरी, प्रतीक्षा चौधरी र ललिताकुमारी भाटले गोल गरेका थिए । दोस्रो खेलमा पहिलो जित निकालेपछि […]

उपमेयर कप राष्ट्रिय महिला लिगः वेदकोट र सुनकोसी नगरपालिका विजयी

काठमाडौँ – राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा वेदकोट र सुनकोसी नगरपालिकाले जित हासिल गरेका छन्। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा बेदकोट नगरपालिकाले बराहक्षेत्र नगरपालिकामाथि ३–० को जित निकालेको हो। सुरुबाटै हावी भएको वेदकोटले पहिलो हाफमा निकालेको नतिजा नै जितका लागि पर्याप्त बनेको हो। […]

बिहीबारबाट उपमेयर कप

दोस्रो संस्करणको उपमेयर कप महिला राष्ट्रिय फुटबल प्रतियोगिता बिहीबारबाट सुरु हुँदै छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने उद्घाटन खेलमा महालक्ष्मी नगरपालिका र बाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।...

भोलिदेखि उपमेयर कप महिला लिग छनोट, पहिलो दिन तीन खेल

काठमाडौँ– उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिता बिहीबार सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला लिग छनोटको रूपमा आयोजना गर्न लागेको ‘उपमेयर कप प्रतियोगिता’ को दोस्रो संस्करण सुरुवात एन्फा कम्प्लेक्स सातदोबाटो गर्न लागेको हो । पहिलो दिन तीन खेल आयोजना हुनेछन् । प्रतियोगिताको उद्घाटन खेलमा महालक्ष्मी नगरपालिका र बागमती नगरपालिकाबीच […]

उपमेयर कप फुटबलमा  हुम्लाका महिला पनि सहभागी हुने

उपमेयर कप फुटबल प्रतियोगितामा हुम्लाका महिलाले पनि सहभागिता जनाउने भएका छन् । ४ कात्तिक ०७८ मा काठमाडौंमा सुरु हुने उपमेयर कप फुटबल प्रतियोगितामा सहभागी हुन हुम्लाका महिला अहिले प्रशिक्षण लिइरहेका छन् ।...

धरानका महिला फुटबल टिम ‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा सहभागिता हुने

‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा धरान उपमहानगरपालिकाले महिला फुटबल टिमलाई  सहभागिता गराउने भएको छ । मेयर तिलक राईको सभापतित्वमा शनिबार बसेको छलफलले आगामी कात्तिकमा आयोजना हुने ‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा धरान उपमहानगरपालिकाबाट महिला फुटबल टिम सहभागिता गराइने निर्णय गरेको हो । छलफलले धरानका महिला फुटबल टिम तयार बनाउन तालिम सञ्चालन गर्न सूचना प्रकाशित गरि इच्छुक महिला खेलाडीहरूलाई आह्वान गर्ने निर्णय गरेको छ । साथै, धरानका विभिन्न वडाम