उपमेयर कप राष्ट्रिय महिला लिगः वेदकोट र सुनकोसी नगरपालिका विजयी

काठमाडौँ – राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा वेदकोट र सुनकोसी नगरपालिकाले जित हासिल गरेका छन्। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा बेदकोट नगरपालिकाले बराहक्षेत्र नगरपालिकामाथि ३–० को जित निकालेको हो। सुरुबाटै हावी भएको वेदकोटले पहिलो हाफमा निकालेको नतिजा नै जितका लागि पर्याप्त बनेको हो। […]

सम्बन्धित सामग्री

ललितपुरलाई हराउँदै धनगढी विजयी

धनगढी उपमहानगरपालिका कैलाली उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । धनगढीले आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा ललितपुर महानगरपालिकालाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै उपाधि जितेको हो ।निर्धारित...

ललितपुर र धनगढी सेमिफाइनलमा

ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकाले मंगलबार उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सम्पन्न खेलमा ललितपुरले निर्मल विकको ह्याट्रिकको मद्दतमा शिवसताक्षी...

ललितपुर र धनगढी उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको सेमिफाइनलमा

काठमाडौ, कात्तिक २३ । ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिता अन्तर्गत आज भएका खेलबाट विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको खेलमा ललितपुरले मोफसलको टोली शिवताक्षी नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो […]

उपमेयर कप फुटबलः रोङ गाउँपालिका र कनकाई नगरपालिका क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ – रोङ गाउँपालिका र कनकाई नगरपालिका झापा उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएका खेलमा दाङको तुलसीपुर उपमहानगरपालिकालाई ४–१ ले पराजित गर्दै रोङले क्वार्टरफाइनलको यात्रा तय गरेको हो। रोङको जितमा इन्दिरा राईले ह्याट्रिक र कप्तान अनिता […]

गौरीगन्ज उपमेयर कप छनोटको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)– गौरीगन्ज नगपालिका उपमेयर कप उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको नकआउट चरणमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार बराहक्षेत्र नगरपालिकालाई ४–० ले हराउँदै गौरीगन्ज अघिल्लो चरणमा पुगेको हो । गौरीगन्जको जितमा मंजली कुमारी योन्जन, गंगाकुमारी चौधरी, प्रतीक्षा चौधरी र ललिताकुमारी भाटले गोल गरेका थिए । दोस्रो खेलमा पहिलो जित निकालेपछि […]

उपमेयर कप छनोटमा भक्तपुरको सान्त्वना जित

९ कात्तिक, काठमाडौं । राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा भक्तपुर नगरपालिकाले सान्त्वना जित निकालेको छ । मंगलबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको खेलमा भत्तपुरले स्याङ्जाको पुतलीबजार नगरपालिकामाथि ८–१ गोलको फराकिलो जित निकालेको हो । भक्तपुरको जितमा कप्तान करुणा परियारले ह्याट्रिक गरिन् । यस्तै मनिषा बास्कोटा र सिम्रन […]

ललितपुर नकआउट चरणमा

ललितपुर महानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा समूह ‘बी’ को विजेताका रूपमा नकआउट चरण प्रवेश गरेको छ।...

उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा कनकाई र वाग्मती भिड्दै

काठमाडौँ – झापाको कनकाइ नगरपालिका र सर्लाहीको वाग्मती नगरपालिकाबीच उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको समूह ‘ए’ विजेताको लागि प्रतिस्पर्धा हुँदैछ। आज सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने दिनको दोस्रो खेलमा दुई टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल मध्यान्ह १२ बजे हुनेछ। समूह ‘ए’ मा दुवै टोलीले दुई खेलबाट समान ६ अंक जोडेका छन् । […]

कन्काई, कालिका र बाग्मतीको सानदार सुरुआत

कन्काई, कालिका र बाग्मती नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा सानदार सुरुआत गरेका छन्।...

भोलिदेखि उपमेयर कप महिला लिग छनोट, पहिलो दिन तीन खेल

काठमाडौँ– उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिता बिहीबार सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला लिग छनोटको रूपमा आयोजना गर्न लागेको ‘उपमेयर कप प्रतियोगिता’ को दोस्रो संस्करण सुरुवात एन्फा कम्प्लेक्स सातदोबाटो गर्न लागेको हो । पहिलो दिन तीन खेल आयोजना हुनेछन् । प्रतियोगिताको उद्घाटन खेलमा महालक्ष्मी नगरपालिका र बागमती नगरपालिकाबीच […]