धरानका महिला फुटबल टिम ‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा सहभागिता हुने

 ‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा धरान उपमहानगरपालिकाले महिला फुटबल टिमलाई  सहभागिता गराउने भएको छ । मेयर तिलक राईको सभापतित्वमा शनिबार बसेको छलफलले आगामी कात्तिकमा आयोजना हुने ‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा धरान उपमहानगरपालिकाबाट महिला फुटबल टिम सहभागिता गराइने निर्णय गरेको हो । छलफलले धरानका महिला फुटबल टिम तयार बनाउन तालिम सञ्चालन गर्न सूचना प्रकाशित गरि इच्छुक महिला खेलाडीहरूलाई आह्वान गर्ने निर्णय गरेको छ । साथै, धरानका विभिन्न वडाम