सिन्धुलीको मरिन, रानिबास र आसपासको क्षेत्रमा ठूलो वर्षा : पहिराेकाे जाेखिम

काठमाण्डाै – सिन्धुलीको मरिन, रानिबास र आसपासको क्षेत्रमा ठूलो वर्षा भइरहेको छ । त्यहाँका स–साना खोलाहरूमा जल सतह बढ्ने तथा कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज शुक्रवार कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । यस्तै काठमाण्डौसँग मुख्य नाका जोडिएको नागढुङ्गा–नौबिसे तथा मुग्लिन–नारायणगढ सडक यति बेला सामान्यरूपमा चलिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

न्यूयोर्कमा ७५ वर्षयताकै ठूलो वर्षा

अमेरिकाको न्यूयोर्क शहरमा ७५ वर्षयताकै ठूलो वर्षा भएको छ। भीषण वर्षाका कारण सडक यातायात पूर्णरूपमा प्रभावित भएको छ। ढल प्रणाली बिग्रिँदा सडकको आवागमनसमेत नराम्रोसँग प्रभावित भएको सीएनएनले जनाएको छ। अधिकारीहरूका अनुसार अमेरिकाको न्यूयोर्क शहरमा ७५ वर्षयताकै ठूलो वर्षा भएको हो। सन् १९४८ पछि न्यूयोर्कमा यति ठूलो वर्षा भएको थिएन। जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिनामा हुने जति वर्षा पछिल्लो ३ घण्टामा भएको छ। तीन घण्टामा ८ इञ्च वर्षा भएको त्यहाँको मौसम विभागले जनाएको छ। व

गएको १२ घण्टामा मकवानपुर, सिन्धुपाल्चोक र सिन्धुलीमा ठूलो वर्षा

काठमाण्डाै - गएको १२ घण्टामा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ । मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, बर्दिया र पोखरामा ठूलो वर्षा भएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । मकवानपुरमा २२० मिलिमिटर, सिन्धुपाल्चोकमा ११९ मिलिमिटर, सिन्धुलीमा ११२, बर्दियामा ९२ र पोखरामा ६७ मिलिमिटर पानी परेको छ । बङ्गालको खाडीमा न्यून चापीय क्षेत्र बनेको र त्यसकै प्रभावका कारण नेपाल आएको जलवाष्पयुक्त हावाको असर हिजो बेलुकादेखि परेको छ । यसकै कारण आज बिहानैदेखि देशका धेरै ठाउँको मौसम बदली&...

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा

काठमाण्डाै - सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ । दैलेखका धेरै ठाउँमा, डोटीको दीपायल, सुर्खेतको केही ठाउँ, कैलाली र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको बाढी सूचना केन्द्रले जनाएको छ । यी क्षेत्रका साना नदी तथा खोलामा बाढी तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । यस्तै, आज वाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान छ । अन्य क्षेत्रमा भने मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैबीच, काठमाण्डौको मुख्य नाका...

दोलखामा ठूलो वर्षा, बाढी पहिरोको जोखिम

काठमाण्डाै - पछिल्लो २४ घण्टामा दोलखामा ठूलो वर्षा भएको छ । दोलखाको सिँगटी, जिरी र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो वर्षाका कारण खिम्ती खाला, जिरी खोलालगायत तमाकोसीका साना सहायक नदीमा आकस्मिक बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । नदी आसपासका क्षेत्रमा बाढीको खतरा रहेको छ भने भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

कास्की र बर्दियामा ठूलो वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कास्कीको लामापाटन, पोखरा विमानस्थल क्षेत्रमा ठूलो वर्षा भएकाले यी क्षेत्र भएर बहने साना नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । यस्तै, बर्दियामा पनि ठूलो वर्षा भएको छ । बबईको तटीय र डुबान भइरहने ठाउँमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका […]

गोरखा, कास्की, दोलखासहितका ठाउँमा ठूलो वर्षा, तामाकोसीमा बाढीको जोखिम

काठमाण्डाै - देशका विभिन्न ठाउँमा ठूलो वर्षा भएको छ । — Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 3, 2022 कास्कीको जुमलेटी, पोखरा  विमानस्थल, लामापाटन, घलेखर्कलगायत धेरै ठाउँमा ठूलो वर्षा भएको  छ । — Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 3, 2022 यस्तै, पर्वत, गोरखा र आसपासका केही ठाउँमा पनि ठूलो वर्षा भएकाले यी क्षेत्र भइ बहने साना नदीमा आकस्मिक रुपमा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी...

काठमाडौं उपत्यकामा हालसम्मकै पाँचौँ ठूलो वर्षा

त्रिभुवन विमानस्थल क्षेत्रभन्दा पनि ठूलो वर्षा भक्तपुरको नगरकोटमा, एक घन्टामै ५४ र पाँच घन्टामा १०९ मिलिमिटर वर्षा मापन  काठमाडौं उपत्यकामा पाँचौँ ठूलो वर्षा भएको छ । चार दिनयता उपत्यकामा तापक्रम बढेसँगै देखापरेको...

देशका धेरै ठाउँमा ठूलो वर्षा, कुन प्रदेशमा कति वर्षा ?

काठमाण्डाै - कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्र बाहेक देशका अन्य क्षेत्रमा लगातार झरी परिरहेको छ । वाग्मती, लुम्बिनी, गण्डकी, प्रदेश-१ र प्रदेश-२ का धेरै ठाउँमा अति ठूलो वर्षा भएको छ। अहिले पनि देशका धेरै ठाउँमा झरी परिरहेको छ । लगातारको झरीले देशका विभिन्न नदी तथा खोलामा बाढी आएको छ भने पहाडी क्षेत्रमा पहिरो जान थालेको छ । कुन प्रदेशमा कति वर्षा ? लुम्बिनी प्रदेश गएको २४ घण्टामा लुम्बिनी प्रदेशको रुपन्देही, नवलपुर र भैरहवामा अति ठूलो वर्षा मापन भएको छ । नवलपुरमा सबैभन्दा धेरै ४ सय २३ मि...

डडेल्धुरामा पछिल्लो तीन घण्टा ठूलो वर्षा

डडेल्धुरा - डडेल्धुराका गैबडे र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टा ठूलो वर्षा भएकाले बाढी पहिरोको जोखिम बढेको छ ।  बाढी पूर्वानुमान महाशाखाले यो क्षेत्र भएर बहने साना नदीहरुमा आकस्मिक बहाव र भिरालो जमिनमा पहिरो जान सक्ने हुँदा दिउँसोसम्म नै सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविद्ले आज देशका धेरै ठाउँमा दिनभरि नै पानी पर्ने सम्भावना रहेको बताएका छन्  । यस्तै केही ठाउँमा ठूलो वर्षा हुने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।