गएरातिदेखि नै ठूलो वर्षा, आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशका थोरै ठाउँ अत्यधिक वर्षाको अनुमान

काठमाण्डौ – देशका केही ठाउँमा ठूलो वर्षा भइरहेको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखि नै ठूलो वर्षा भइरहेको छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ । वाग्मती, गण्डकी  र लुम्बिनी प्रदेशका केही ठाउँमा आज दिउँसो अति ठूलो वर्षाको सम्भावना रहेकाले सचेत रहन मौसमविद्को आग्रह छ  । यस्तै, राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै ठाउँ अत्यधिक वर्षा हुने अनुमान रहेको मौमसविद् गंगा नगरकोटीले बताउनुभयो । अस्ति बेलुका पूर्वी क्षेत्रबाट सुरु भएको ...

सम्बन्धित सामग्री

न्यूयोर्कमा ७५ वर्षयताकै ठूलो वर्षा

अमेरिकाको न्यूयोर्क शहरमा ७५ वर्षयताकै ठूलो वर्षा भएको छ। भीषण वर्षाका कारण सडक यातायात पूर्णरूपमा प्रभावित भएको छ। ढल प्रणाली बिग्रिँदा सडकको आवागमनसमेत नराम्रोसँग प्रभावित भएको सीएनएनले जनाएको छ। अधिकारीहरूका अनुसार अमेरिकाको न्यूयोर्क शहरमा ७५ वर्षयताकै ठूलो वर्षा भएको हो। सन् १९४८ पछि न्यूयोर्कमा यति ठूलो वर्षा भएको थिएन। जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिनामा हुने जति वर्षा पछिल्लो ३ घण्टामा भएको छ। तीन घण्टामा ८ इञ्च वर्षा भएको त्यहाँको मौसम विभागले जनाएको छ। व

गएको १२ घण्टामा मकवानपुर, सिन्धुपाल्चोक र सिन्धुलीमा ठूलो वर्षा

काठमाण्डाै - गएको १२ घण्टामा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ । मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, बर्दिया र पोखरामा ठूलो वर्षा भएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । मकवानपुरमा २२० मिलिमिटर, सिन्धुपाल्चोकमा ११९ मिलिमिटर, सिन्धुलीमा ११२, बर्दियामा ९२ र पोखरामा ६७ मिलिमिटर पानी परेको छ । बङ्गालको खाडीमा न्यून चापीय क्षेत्र बनेको र त्यसकै प्रभावका कारण नेपाल आएको जलवाष्पयुक्त हावाको असर हिजो बेलुकादेखि परेको छ । यसकै कारण आज बिहानैदेखि देशका धेरै ठाउँको मौसम बदली&...

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा

काठमाण्डाै - सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ । दैलेखका धेरै ठाउँमा, डोटीको दीपायल, सुर्खेतको केही ठाउँ, कैलाली र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको बाढी सूचना केन्द्रले जनाएको छ । यी क्षेत्रका साना नदी तथा खोलामा बाढी तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । यस्तै, आज वाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान छ । अन्य क्षेत्रमा भने मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैबीच, काठमाण्डौको मुख्य नाका...

दोलखामा ठूलो वर्षा, बाढी पहिरोको जोखिम

काठमाण्डाै - पछिल्लो २४ घण्टामा दोलखामा ठूलो वर्षा भएको छ । दोलखाको सिँगटी, जिरी र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो वर्षाका कारण खिम्ती खाला, जिरी खोलालगायत तमाकोसीका साना सहायक नदीमा आकस्मिक बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । नदी आसपासका क्षेत्रमा बाढीको खतरा रहेको छ भने भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

कास्की र बर्दियामा ठूलो वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कास्कीको लामापाटन, पोखरा विमानस्थल क्षेत्रमा ठूलो वर्षा भएकाले यी क्षेत्र भएर बहने साना नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । यस्तै, बर्दियामा पनि ठूलो वर्षा भएको छ । बबईको तटीय र डुबान भइरहने ठाउँमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका […]

गोरखा, कास्की, दोलखासहितका ठाउँमा ठूलो वर्षा, तामाकोसीमा बाढीको जोखिम

काठमाण्डाै - देशका विभिन्न ठाउँमा ठूलो वर्षा भएको छ । — Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 3, 2022 कास्कीको जुमलेटी, पोखरा  विमानस्थल, लामापाटन, घलेखर्कलगायत धेरै ठाउँमा ठूलो वर्षा भएको  छ । — Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 3, 2022 यस्तै, पर्वत, गोरखा र आसपासका केही ठाउँमा पनि ठूलो वर्षा भएकाले यी क्षेत्र भइ बहने साना नदीमा आकस्मिक रुपमा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी...

पूर्वी क्षेत्रमा ठूलो वर्षा, केही ठाउँमा डुबानको जोखिम

काठमाण्डाै - देशका धेरै ठाउँमा पानी परिरहेको छ । पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी परेको छ । पूर्वी क्षेत्रमा मनसुनी न्यून चापीय रेखा सरदर ठाउँको आसपासमा नै रहेकाले त्यस क्षेत्रमा ठूलो वर्षा भइरहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । पछिल्लो ३/४ घण्टादेखि झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै ठाउँमा ठूलो वर्षा भएको छ । यी क्षेत्रमा थप ठूलो पानी पर्न सक्ने अनुमान गरिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । यी जिल्ला भइ बहने साना नदीमा आकस्मिक बाढी आउन सक्ने अनुमान गरिएको ...

काठमाडौं उपत्यकामा हालसम्मकै पाँचौँ ठूलो वर्षा

त्रिभुवन विमानस्थल क्षेत्रभन्दा पनि ठूलो वर्षा भक्तपुरको नगरकोटमा, एक घन्टामै ५४ र पाँच घन्टामा १०९ मिलिमिटर वर्षा मापन  काठमाडौं उपत्यकामा पाँचौँ ठूलो वर्षा भएको छ । चार दिनयता उपत्यकामा तापक्रम बढेसँगै देखापरेको...

डडेल्धुरामा पछिल्लो तीन घण्टा ठूलो वर्षा

डडेल्धुरा - डडेल्धुराका गैबडे र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टा ठूलो वर्षा भएकाले बाढी पहिरोको जोखिम बढेको छ ।  बाढी पूर्वानुमान महाशाखाले यो क्षेत्र भएर बहने साना नदीहरुमा आकस्मिक बहाव र भिरालो जमिनमा पहिरो जान सक्ने हुँदा दिउँसोसम्म नै सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविद्ले आज देशका धेरै ठाउँमा दिनभरि नै पानी पर्ने सम्भावना रहेको बताएका छन्  । यस्तै केही ठाउँमा ठूलो वर्षा हुने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।