फुडमाण्डूमा डोल्मा इम्प्याक्टको ४६ करोड लगानी

फुड डेलिभरी गर्ने ई–कमर्श कम्पनी फूडमाण्डु डटकममा डोल्मा इम्प्याक्टले ४६ करोड रुपैयाँ (४ मिलियन डलर) लगानी गर्ने भएको छ । डोल्मा र फुडमाण्डूबीच उक्त लगानी गर्ने सम्बन्धी प्रारम्भिक पत्र (एमओयू)मा हस्ताक्षर भएको हो ।हाल फुडमाण्डूले काठमाडौं उपत्यकासहित पोखरामा समेत अनलाईनमार्फन फुड डेलिभरी गर्दै आएको छ । डोल्माको लगानीपछि फुडमाण्डूले देशभर सेवा विस्तार गर्ने योजना बनाएको छ ।नेपालमा लगानी गर्ने लक्ष्यसहित स्थापना भएको डोल्मा इम्प्याक्ट फण्डले यसअघि ई–कमर्श कम्पनी सस्तोडिलमा समेत लगानी

सम्बन्धित सामग्री

डोल्मा इम्प्याक्ट फण्डमा जाइकाको एक अर्ब ३२ करोड लगानी

दिगो विकास लक्ष्यमा विशेष गरी लैंगिक समानता सस्तो र स्वच्छ उर्जा मर्यादित काम र आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले डोल्मा फण्ड म्यानेजमेन्ट (डीएफएम) बाट लगनाी गर्ने भएको छ । जाइकाले डोल्मामार्फत १० मिललियन अमेरिकी डलर (१ अर्ब ३२ करोड रुपौयाँ) बराबरको लगानी गर्ने भएको हो […]

देखापढी विजिनेश न्यूज

काठमाडौं। सरकारले ब्याज अनुदानमै झण्डै २० अर्ब रुपैयाँ खर्च गरेको छ। विद्युत् उत्पादन बढेसँगै नेपालमा विद्युतीय वस्तुको आयात पनि बढेको छ।११ अर्ब १६ करोडको विद्युत भारत निर्यात भएको छ। ४ महिनामा वाणिज्य बैंकहरुको खुदनाफा २५ अर्ब नाघेको छ। जाइकाले डोल्मा इम्प्याक्ट फन्डमा १ अर्ब ३२ करोड लगानी गर्ने भएको छ। फिफाले कतार विश्वकपबाट साढे सात बिलियन डलर कमाएको छ।

जाइकाले डोल्मा इम्प्याक्ट फन्डमा १ अर्ब ३२ करोड लगानी गर्ने

५ पुस, काठमाडौं । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले स्वपूँजी लगानी (प्राइबेट इक्विटी) कोष डोल्मा इम्याक्ट फन्ड (डीआईएफ) मा १ अर्ब ३२ करोड रुपैयाँ (१० मिलियन अमेरिकी डलर) बराबरको लगानी गर्ने भएको छ । जाइकाले नेपालको निजी क्षेत्रमा गर्न लागेको यो पहिलो लगानी हो । डोल्मा फण्ड म्यानेजमेन्ट र जाइकाबीच लगानी गर्ने सम्बन्धमा हस्ताक्षर भएको […]

डोल्मा इम्प्याक्टले फुडमाण्डुमा करिब ४६ करोड लगानी गर्ने

काठमाडौँ। डोल्मा इम्प्याक्ट फन्डले इ–कमर्श कम्पनी फुडमाण्डुमा करिब ४६ करोड रुपैयाँ लगानी गर्ने भएको छ। डोल्माले एक सूचना जारी गर्दै फुडमाण्डुमा ४ मिलियन डलर अर्थात् करिब ४६ करोड रुपैयाँ लगानी गर्ने जनाएको छ।

फुडमान्डुमा डोल्मा इम्प्याक्ट फन्डको ४६ करोड लगानी

३० पुस, काठमाडौं । डोल्मा इम्प्याक्ट फन्डले इ-कमर्श कम्पनी फुडमान्डुमा करिब ४६ करोड रुपैयाँ (४ मिलियन डलर) लगानी गर्ने भएको छ । यसका लागि फुडमान्डु र डोल्मा इम्याक्ट फन्डले समझदारीपत्रका हस्ताक्षर गरिसकेका छन् । फन्डका प्रवन्ध निर्देशक विद्यावारिध सिग्देलका अनुसार फुडमान्डुको सेवा काठमाडौं र पोखरा भन्दा बाहिरको शहरमा पुर्‍याउने र भविष्यमा देशभर नै विस्तार गर्ने […]

डोल्मा इम्प्याक्ट फण्डले उपाय सिटीमा १८ करोड लगानी गर्ने

काठमाडौं (अस) । डोल्मा इम्प्याक्ट फण्ड–२ ले उपाय सिटी कार्गोमा १८ करोड रुपैयाँ लगानी गर्ने भएको छ । शुक्रवार दुई पक्षले उक्त लगानीसम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । डोल्माले उपायको शेयर खरीद गरेको बताइए पनि कति प्रतिशत भन्ने खुलाइएको छैन । तत्काल लगानी गर्ने विषयमा सम्झौता भएकोमा लगानी भने आइनसकेको उपायका प्रमुख अपरेटिङ अफिसर अमिगो खड्काले बताए । उनका ड्यु डिलिजेन्सपछि दुवै पक्षबीच थप सम्झौता भई उद्योग विभाग र नेपाल राष्ट्र बैंकको स्वीकृतिका लागि प्रक्रिया अघि बढाइनेछ । उपायले विभिन्न चालकलाई आफ्नो एपमा जोडेर अनलाइनमार्फत ढुवानी सेवा प्रदान गर्ने गरेको छ । कोठा वा फ्ल्याटको सामान सार्नदेखि विभिन्न अनलाइन डेलिभरीका सेवा कम्पनीले अनलानइनमार्फत प्रदान गर्दै आएको छ । हाल काठमाडौं, बुटवल, पोखरा र भैरहवामा यस्तो सेवा प्रदान गर्दै आएको कम्पनीले कम्पनीले यी चार जिल्लाबाहेक देशभरका ठूला शहरमा आफ्नो सेवा विस्तार, बजारीकरण गर्ने लगायत उद्देश्य लिएको छ । यसैका लागि कम्पनीले थप फण्डका लागि डोल्मासँग सम्झौता गरेको कम्पनीका प्रमुख अपरेटिङ अफिसर खड्काले जानकारी दिए । कम्पनीले आगामी वर्षभित्र विराटनगर, इटहरी, चितवन, हेटौंडा, नेपालगञ्ज र धनगढीमा पनि बजार विस्तार गर्नेगरी निषेधाज्ञाकै बीच तयारी थालेको छ । कम्पनीले यसअघि चारपांग्रे सवारीलाई मात्र ढुवानीका लागि एपमा जोडेकोमा हालै दुईपांग्रे सवारीमार्फत पनि सेवा सञ्चालन गरेको छ । नेपालमा ई–कमर्शको बढ्दो बजारलाई दृष्टिगत गर्दै यस्ता कम्पनीसँग पनि सम्झौता गर्ने तयारी कम्पनीको छ । ‘कम्पनीले ई–कमर्श व्यवसाय र कृषि उत्पादनको ढुवानीलाई विशेष प्राथमिकतामा राखेको छ,’ खड्काले भने । व्यवसाय विस्तारका लागि प्रविधिको पनि आवश्यकता भएकाले यसलाई बढाउने तयारी गरिएको उनले बताए । कम्पनीले अहिले प्राविधिक स्तरोन्नति, बजारीकरण, ब्राण्डिङका लागि काम गरिरहेको उनको भनाइ छ । डोल्मा फण्ड व्यवस्थापनले दुई निजी कोषहरूको सञ्चालन गरिरहेको छ, जसले नेपालका साना र मध्यम आकारका पूर्वाधार, ऊर्जा, स्वास्थ्य, प्रविधि र स्टार्टअप लगायत क्षेत्रका परियोजनामा लगानी गर्दै आएको छ । यसअघि संस्थाले श्वेतगंगा हाइड्रो लिमिटेड, सुरीखोला हाइड्रोपावर प्रालि, क्लाउड फ्याक्ट्री ग्रूप, सस्तोडिल लगायत कम्पनीमा लगानी गरिसकेको छ ।

स्वेतगंगामा युरोपेलीको ३२ करोड लगानी

युरोपको एक निजी कम्पनी 'डोल्मा इम्प्याक्ट फन्ड' ले नेपाली जलविद्युत कम्पनी स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन पब्लिक लिमिटेड कम्पनीमा लगानी गरेको छ।