डोल्मा इम्प्याक्ट फण्डमा जाइकाको एक अर्ब ३२ करोड लगानी

दिगो विकास लक्ष्यमा विशेष गरी लैंगिक समानता सस्तो र स्वच्छ उर्जा मर्यादित काम र आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले डोल्मा फण्ड म्यानेजमेन्ट (डीएफएम) बाट लगनाी गर्ने भएको छ । जाइकाले डोल्मामार्फत १० मिललियन अमेरिकी डलर (१ अर्ब ३२ करोड रुपौयाँ) बराबरको लगानी गर्ने भएको हो […]

सम्बन्धित सामग्री

सेती खोलाको स्वपुँजीमा डोल्मा कोषको लगानी

२२ मेगावाटको सेतीखोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनीको स्वपुँजीमा डोल्मा इम्प्याक्ट फण्ड आईआईले ४९ प्रतिशत लगानी गरेको छ । ५ अर्ब ३ करोड लागत रहेको आयोजनाको प्रवर्द्धक कम्पनी सेतीखोला हाइड्रोमा डोल्मा कोषले ४९ प्रतिशत स्वपुँजीमा लगानी गरेको हो । यो लगानी डोल्मा फण्डले जलविद्युतमा लगानी गरेको सबैभन्दा ठूलो लगानी हो । यसअघि डोल्माले २८.१ मेगावाटको स्वेतगंगामा […]

जाइकाले डोल्मा इम्प्याक्ट फन्ड- २ मा १ अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले डोल्मा इम्प्याक्ट फण्ड–२ मा १ करोड अमेरिकी डलर अर्थात् करिब १ अर्ब ३२ करोड रुपैयाँ बराबर रकम लगानी गर्ने भएको छ ।  डोल्मा फन्ड म्यानेजमेन्ट (डीएफएम)द्वारा प्रवर्द्धित स्वपुँजी लगानी (प्राइभेट इक्विटी) कोष डोल्मा इम्प्याक्ट फन्डमा सो रकम लगानी प्रतिवद्धतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सोलारबाट उत्पादित ५ मेगावाट विद्युत् प्रसारणलाइनमा जोडियो

नेपालको राष्ट्रिय प्रसारण लाइनमा सोलारबाट उत्पादित पाँच मेगावाट विद्युत् थपिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माण सम्पन्न भएको सोलार फार्म प्रालिबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो ।निजी क्षेत्रबाट प्रथम विद्युत् बिक्री सम्झौता गर्ने सो कम्पनीबाट उत्पादित विद्युत् बेलचौतारा सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सो सौर्य ऊर्जा परियोजनाको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शुभारम्भ गरेकी हुन्।कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले सरकारी र निजी क्षेत्रको सहभागितामा ऊर्जाको विकास सम्भव रहेको बताईन्। सरकारले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताउँदै मन्त्री भुसालले भनिन्, “हामीसँग ठूलो स्रोत छ, तर सँगसँगै मिश्रित नीतिको ऊर्जामा पनि गएका छौँ ।” मन्त्री भुसालले राज्यको तर्फबाट सातै प्रदेशमा जलाशययुक्त आयोजना उत्पादन गर्ने निर्णय गरिएको र प्रदेश नम्बर २ मा २०० मेगावाट क्षमताको सोलार आयोजना निर्माण गर्ने निर्णय भएको जानकारी दिईन्। गरिबीको रेखामुनि रहेका जनतालाई २० युनिटसम्म निःशुल्क गर्ने निर्णय गरिएको र त्यसबाट २८ लाख परिवारका एक करोड ४० लाख जनता लाभान्वित हुने उल्लेख गरिन्।विद्युत् दर महँगो रहेको उल्लेख गर्दै मन्त्री भुसालले यसलाई न्यूनीकरणका लागि सरकारले निर्णय गरेको मन्त्री भुसालले बताईन्। “अब हाम्रो भान्सामा विद्युतीय चुलोको प्रयोग गरौँ, यसले हाम्रो अर्थतन्त्रको विकास हुन्छ”, उन्भल भनिन्, “सँगसँगै व्यापार घाटा पनि न्यूनीकरणमा सहयोग पुग्छ ।”जलाशययुक्त आयोजनालाई प्राथमिकता दिएको चर्चा गर्दै मन्त्री भुसालले प्रदेश नम्बर १ मा दूधकोशी, प्रदेश नम्बर २ मा सोलार, गण्डकी प्रदेशमा बूढीगण्डकी, लुम्बिनीमा नौमुरे, कर्णालीमा नलसिंगाढ र सुदूरपश्चिममा पश्चिम सेती आयोजना निर्माणलाई प्राथमिकता दिइएको जानकारी दिईन् ।सन् २०१७ बाट निर्माण सुरु भएको परियोजना कोभिडका कारण ढिलाइ भएको प्रालिका अध्यक्ष मोहन गुरुङले जानकारी दिए  । “कोभिड सङ्क्रमण र निषेधाज्ञाका कारण तोकिएकै समयमा विद्युत् उत्पादन गर्न सकेनौँ, तर ढिलै भए पनि सोलारबाट विद्युत् उत्पादन गर्न सफल भएका छौँ”, गुरुङले भने, “सोलार आयोजना निर्माण गर्न सबैको सकारात्मक सहयोग प्राप्त भयो ।”कम्पनीले निकट भविष्यमा १५ मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको छ । गुरुङका अनुसार म्याग्दी जिल्लामा १२ र तनहुँ जिल्लामा थप तीन मेगावाट विद्युत् उत्पादन गर्ने सोच लिइएको छ । आयोजनामा बेलायतमा बसोबास गर्ने नेपालीले स्थापना गरेको ‘नेपाल कर्पोरेटिभ इन्भेष्टमेन्ट समूह’ ले लगानी गरेको छ । रु ४३ करोडको लगानीमा आयोजना निर्माण सम्पन्न भएको हो । आयोजनामा डोल्मा इम्प्याक्ट फण्ड र स्थानीय केही व्यवसायीको पनि लगानी रहेको छ ।प्रालिका प्रमुख कार्यकारी अधिकृत एलएन पाण्डेले सरकारले मिश्रित ऊर्जा प्रणालीको अवधारणा ल्याएपछि सोलार परियोजना सुरु गरिएको जानकारी दिए  । सोलार परियोजना जलविद्युत्को तुलनामा एक तिहाइ कम लगानी हुने भएपछि सोलार परियोजनालाई जोड दिइएको कार्यक्रममा पाण्डेले बताए  ।डोल्मा इम्प्याक्ट फण्डका सञ्चालक एवं प्रालिका सञ्चालक विद्यावारिधी सिग्देलले नेपालमा नवीकरणीय ऊर्जा, सोलार, जलविद्युत्मा लगानी गरिएको जानकारी दिए  । उक्त फण्डबाट ७५ मिलियन अमेरिकी डलर पुँजी परिचालन गरिएको छ । शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठले सबैको सहयोगबाट सौर्य परियोजना निर्माण सम्पन्न भएकामा धन्यवाद ज्ञापन गरे।आयोजनामा १३ हजार ५०० सौर्य प्यानल जडान गरिएको छ । प्रालिले बेलचौतारास्थित भानुभक्त क्याम्पसको १०० रोपनी जग्गा भाडामा लिएको छ । नेपाल विद्युत् प्राधिकरणसँग विसं २०७५ साउनमा विद्युत् खरिद सम्झौता (पिपिए) हुँदा आयोजनाबाट विसं २०७६ साउनदेखि विद्युत् उत्पादन सुरु गर्ने तालिका थियो । सुरुमा प्रसारण सम्झौता हुँदा उत्पादन हुने विद्युत् दमौली सवस्टेसनमा जोडिने भनिएको थियो । अहिले ५०० मिटर दूरीको बेलचौतारा सवस्टेसनमा जोड्ने गरी प्राधिकरणसँग प्रसारण सम्झौता संशोधन गरिएको छ ।भारतको रेनेर्गो कम्पनीले सोलार परियोजना निर्माण गरेको हो । सोलार परियोजना नेपालकै नमूना भएको कम्पनीले जनाएको छ । विश्वका उच्च प्राविधिको उपकरण यहाँ जडान गरिएको बताइएको छ । आयोजनाबाट दैनिक करिब २४ हजार युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाले उत्पादन गरेको विद्युत् प्राधिकरणले २५ वर्षसम्म प्रतियुनिट रु ७.३० मा खरिद गर्नेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ‘ग्रिड कनेक्टेड सौर्य विद्युत् विकाससम्बन्धी कार्यविधि २०७४’ अनुसार प्राधिकरणसँग पिपिए गर्ने यो पहिलो सौर्य विद्युत् आयोजना हो ।

डोल्मा इम्प्याक्ट फण्डले उपाय सिटीमा १८ करोड लगानी गर्ने

काठमाडौं (अस) । डोल्मा इम्प्याक्ट फण्ड–२ ले उपाय सिटी कार्गोमा १८ करोड रुपैयाँ लगानी गर्ने भएको छ । शुक्रवार दुई पक्षले उक्त लगानीसम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । डोल्माले उपायको शेयर खरीद गरेको बताइए पनि कति प्रतिशत भन्ने खुलाइएको छैन । तत्काल लगानी गर्ने विषयमा सम्झौता भएकोमा लगानी भने आइनसकेको उपायका प्रमुख अपरेटिङ अफिसर अमिगो खड्काले बताए । उनका ड्यु डिलिजेन्सपछि दुवै पक्षबीच थप सम्झौता भई उद्योग विभाग र नेपाल राष्ट्र बैंकको स्वीकृतिका लागि प्रक्रिया अघि बढाइनेछ । उपायले विभिन्न चालकलाई आफ्नो एपमा जोडेर अनलाइनमार्फत ढुवानी सेवा प्रदान गर्ने गरेको छ । कोठा वा फ्ल्याटको सामान सार्नदेखि विभिन्न अनलाइन डेलिभरीका सेवा कम्पनीले अनलानइनमार्फत प्रदान गर्दै आएको छ । हाल काठमाडौं, बुटवल, पोखरा र भैरहवामा यस्तो सेवा प्रदान गर्दै आएको कम्पनीले कम्पनीले यी चार जिल्लाबाहेक देशभरका ठूला शहरमा आफ्नो सेवा विस्तार, बजारीकरण गर्ने लगायत उद्देश्य लिएको छ । यसैका लागि कम्पनीले थप फण्डका लागि डोल्मासँग सम्झौता गरेको कम्पनीका प्रमुख अपरेटिङ अफिसर खड्काले जानकारी दिए । कम्पनीले आगामी वर्षभित्र विराटनगर, इटहरी, चितवन, हेटौंडा, नेपालगञ्ज र धनगढीमा पनि बजार विस्तार गर्नेगरी निषेधाज्ञाकै बीच तयारी थालेको छ । कम्पनीले यसअघि चारपांग्रे सवारीलाई मात्र ढुवानीका लागि एपमा जोडेकोमा हालै दुईपांग्रे सवारीमार्फत पनि सेवा सञ्चालन गरेको छ । नेपालमा ई–कमर्शको बढ्दो बजारलाई दृष्टिगत गर्दै यस्ता कम्पनीसँग पनि सम्झौता गर्ने तयारी कम्पनीको छ । ‘कम्पनीले ई–कमर्श व्यवसाय र कृषि उत्पादनको ढुवानीलाई विशेष प्राथमिकतामा राखेको छ,’ खड्काले भने । व्यवसाय विस्तारका लागि प्रविधिको पनि आवश्यकता भएकाले यसलाई बढाउने तयारी गरिएको उनले बताए । कम्पनीले अहिले प्राविधिक स्तरोन्नति, बजारीकरण, ब्राण्डिङका लागि काम गरिरहेको उनको भनाइ छ । डोल्मा फण्ड व्यवस्थापनले दुई निजी कोषहरूको सञ्चालन गरिरहेको छ, जसले नेपालका साना र मध्यम आकारका पूर्वाधार, ऊर्जा, स्वास्थ्य, प्रविधि र स्टार्टअप लगायत क्षेत्रका परियोजनामा लगानी गर्दै आएको छ । यसअघि संस्थाले श्वेतगंगा हाइड्रो लिमिटेड, सुरीखोला हाइड्रोपावर प्रालि, क्लाउड फ्याक्ट्री ग्रूप, सस्तोडिल लगायत कम्पनीमा लगानी गरिसकेको छ ।