जाइकाले डोल्मा इम्प्याक्ट फन्डमा १ अर्ब ३२ करोड लगानी गर्ने

५ पुस, काठमाडौं । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले स्वपूँजी लगानी (प्राइबेट इक्विटी) कोष डोल्मा इम्याक्ट फन्ड (डीआईएफ) मा १ अर्ब ३२ करोड रुपैयाँ (१० मिलियन अमेरिकी डलर) बराबरको लगानी गर्ने भएको छ । जाइकाले नेपालको निजी क्षेत्रमा गर्न लागेको यो पहिलो लगानी हो । डोल्मा फण्ड म्यानेजमेन्ट र जाइकाबीच लगानी गर्ने सम्बन्धमा हस्ताक्षर भएको […]

सम्बन्धित सामग्री

म नेपाललाई माया गर्छु, त्यही भएर यहाँ लगानी गर्दा सन्तुष्टि मिल्छ

बेलायती नागरिक टिम गोचर ‘डोल्मा इम्प्याक्ट फन्ड’ का प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । गोचरले लामो समय इन्भेस्टमेन्ट बैंकरका रूपमा काम गरेपछि सन् २०१४ मा नेपालको पहिलो ‘प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटल’ (पीईभीसी) फन्डका रूपमा …

जाइकाले डोल्मा इम्प्याक्ट फन्ड- २ मा १ अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले डोल्मा इम्प्याक्ट फण्ड–२ मा १ करोड अमेरिकी डलर अर्थात् करिब १ अर्ब ३२ करोड रुपैयाँ बराबर रकम लगानी गर्ने भएको छ ।  डोल्मा फन्ड म्यानेजमेन्ट (डीएफएम)द्वारा प्रवर्द्धित स्वपुँजी लगानी (प्राइभेट इक्विटी) कोष डोल्मा इम्प्याक्ट फन्डमा सो रकम लगानी प्रतिवद्धतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सेतीखोला जलविद्युत्मा डोल्माको लगानी

सेती हाइड्रोपावर प्रालिले कास्कीको मुसाटुँडातोडामा निर्माणाधीन २२ मेगावाटको सेती खोला जलविद्युत् आयोजनामा डोल्मा इम्प्याक्ट फन्ड–२ ले ४३ करोड रुपियाँभन्दा बढी स्वपुँजी लगानी गर्ने भएको छ । कुल पाँच अर्ब पाँच करोड लागतमध्ये ऋण ७५ प्रतिशत र स्वपुँजी २५ प्रतिशतमार्फत वित्तीय व्यवस्थापनको टुङ्गो लागेको सो आयोजनाको स्वपुँजीमा ४९ प्रतिशत हिस्सा हुने गरी डोल्माले करिब ४५ करोड रुपियाँ लगानी गर्ने गरी कम्पनीसँग सम्झौता गरेको छ ।

स्वेतगंगामा युरोपेलीको ३२ करोड लगानी

युरोपको एक निजी कम्पनी 'डोल्मा इम्प्याक्ट फन्ड' ले नेपाली जलविद्युत कम्पनी स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन पब्लिक लिमिटेड कम्पनीमा लगानी गरेको छ।