मुक्त कमलरी आत्मनिर्भर र स्वावलम्बनमा जोडिन थालेका छन्। पछिल्ला दिनमा मुक्त कमलरीले विभिन्न पेसा, व्यवसाय गर्न थालेका छन्। आफू आत्मनिर्भर बन्नेक्रममा धेरैजसो मुक्त कमलरी परम्परागत पेसा, व्यवसायभन्दा फरकखालका काम पनि गर्न थालेका छन्। तीमध्येकी आत्मनिर्भरताको बाटोमा हिँड्न थाल्नुभएकी घोराही उपमहानगरपालिका–८ बेलुवाकी मुक्त कमलरी अनिता चौधरी हुनुहुन्छ। उहाँ विगत केही वर्षदेखि तरकारी खेती गर्दै आउनुभएको छ।