काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल सरकार र कमलरीबीच भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्न माग गरिएको छ । मुक्त कमलरी विकास मञ्चको अग्रसरतामा गएको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा उनलाई भेटेर कमलरीका समस्या सम्बोधन गर्न आग्रह गरेको मञ्चका संस्थापक अध्यक्ष मन्जिता चौधरीले जानकारी दिए । सङ्घीय सांसद शान्ता चौधरी नेतृत्वको प्रतिनिधिमण्डलले तत्काल मुक्त कमलरी बस्दै […]