झिनो अंकले बढ्यो नेप्से, १२३ कम्पनीको शेयर मूल्य बढ्दा ८९ कम्पनीको घट्यो

आइतवार १०० अंकभन्दा बढीले घटेको शेयर बजारको मापक सूचक नेप्से सोमवार भने झिनो अंकले बढेको छ । आइतवार २७०० बिन्दुमा झरेको नेप्से सोमवार ०.०८ अंकले बढेको हो ।  सोमवार १२३ कम्पनीको शेयर मूल्य बढ्दा ८९ कम्पनीको मात्रै घटेको छ । सोमवार सबैभन्दा बढी कमाउनेमा भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ता छन् ।  यसका लगानीकर्ताले ८.१३ प्रतिशतले कमाएका छन् । सोमवार सपोर्ट माइक्रोफाइनान्स, नेसनल हाइड्रोपावर कम्पनी, किसान लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलपमेन्टसहितका कम्पनीको शेयर मूल्य बढेको छ । ...

सम्बन्धित सामग्री

आज ९ अंकले बढ्यो नेप्से

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९ दशमलव ३४ अंकले उकालो लागेर २ हजार १ दशमलव ६४ मा पुगेको छ।ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ११ अंकले उकालो लागेर ३५७ दशमलव शून्य ९ मा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये ६ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ७ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ।कूल ५२ लाख ३९ हजार ४१६ कित्ता शेयर १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५२६ रुपैयाँ मूल्यमा खरिद

आज करिब १० अंकले बढ्यो नेप्से

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीवार) उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९ दशमलव ८७ अङ्कले बढेर १ हजार ८६० दशमलव २० विन्दुमा पुगेको छ।ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ७६ अङ्कले उकालो लागेर ३५६ दशमलव ९८ मा पुगेको छ।कारोबार भएका कूल १३ उपसमूहमध्ये ३ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ। कूल ४४ लाख २० हजार ५१८ कित्ता शेयर १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४३० रुपैयाँ

८.१४ अंकले बढ्यो नेप्से, कारोबार रकम भने केही घट्यो

काठमाडौं । घटेको बजारमा खरीदकर्ता सक्रिय भएसँगै मंगलवार नेप्से परिसूचक ८ दशमलव १४ अंक बढेर बन्द भएको छ । नेप्से परिसूचक २ हजार १७३ दशमलव २४ विन्दुमा पुगेको छ । आज बजार खुलेको केही समय परिसूचक २ हजार १४० विन्दुसम्म झरेको थियो । घटेको बजारमा खरीदकर्ता आकर्षित भएपछि अन्त्यमा बढेर बन्द भयो । २२०० सम्म पुगेको नेप्से हाल २ हजार १७३ अंकमा छ । बढेको बजारमा प्रोफिट बुक गर्नेहरू सक्रिय भएछि पुनः बजार केही ओरालो लागे पनि बिस्तारै शेयर खरीदमा कारोबारीहरूको आकर्षण बढेको एक लगानीकर्ता बताउँछन् ।   यद्यपि पछिल्लो समय वित्तीय प्रणालीमा तरलता सहज हुन थालेको छ भने सिडी रेशियो र अन्तर बैंक ब्याजदर घट्दो छ । यसले पनि बजारको आगामी यात्रा सकारात्मक रहने जानकाहरूको भनाइ छ  ।  यस दिन कारोबारमा आएका २४८ धितोपत्रको ८३ लाख १८७ कित्ता ५२ हजार ४६० पटकमा रू. ३ अर्ब ३२ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको छ । कारोबारमा आएका धितोपत्रमध्ये सानिमा जिआईसी इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. ४४४ दशमलव ६० पुगेको छ । त्यस्तै सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ७७ प्रतिशत बढेर रू. १ हजार पुगेको छ ।  त्यस्तै मंगलवार सबैभन्दा बढी मैलुङ्ग खोला जलविद्युत कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ५ दशमलव ४८ प्रतिशत घटेको छ । शेयर मूल्य प्रतिकित्ता रू. ५०९ मा झरेको छ । दोस्रोमा एनएमबि हाईब्रिड फण्ड एल–१ को इकाई मूल्य ५ दशमलव २४ प्रतिशत घटेर रू. ९ दशमलव ७७ कायम भएको छ ।  यस दिन नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ । कम्पनीको रू. १२ करोड ९१ लाख बराबरको शेयर खरीदविक्री भएको छ । त्यस्तै दोस्रोमा शिवश्री हाइड्रोपावरको रू. १० करोड ४१ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक शून्य दशमलव १५ प्रतिशत, लगानी समूहको शून्य दशमलव ६४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव शून्य ७ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक २ दशमलव १० प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी वित्त समूहको परिसूचक ३ दशमलव ८८ प्रतिशत वृद्धि भएको छ ।

१० अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १० अंकले बढेको छ।आइतबार नेप्से सूचक १०.२७ अंकले बढेर २१२३.८३ बिन्दुमा पुगेको हो। आइतबार कारोबार आएका २१९ कम्पनीको ६१ लाख ६ हजार ५२१ कित्ता सेयर २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँ बराबरको कारोबार भएको छ।नेप्सेका १३ उपसमूहमध्ये लाइफ इन्स्योरेन्स उपसमूह बाहेक १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ। जसमा जीवनबीमा उपसमूहको शेयर मूल्य ०.५ प्रतिशतले घटेको छ। होटल उपसमूहको सूचक सबैभन्दा धेरै २.१६ प्रतिशतले बढेको छ।नेप्से परिसूचक बढेसँगै

४१ अंकले बढ्यो नेप्से सूचक, विकास बैंक र फाइनान्समा लगानीकर्ताको आकर्षण

आज बुधबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज सूचक ४१.३९ अंकले बढेर  १९६२.७१ को बिन्दुमा  पुगेर रोकिएको छ । आज कारोबारमा आएका २२८ कम्पनीका ४३ लाख ८६ हजार ४ सय ३९ कित्ता शेयर खरिद बिक्रि बाट १ अर्ब ४३ करोड १४ लाख ६ सय ४१ रुपैयाँको कारोबार भएको छ । जस मध्ये ङादी ग्रुप पावरको सर्वाधिक ५ करोड ४२ लाख, एसियन लाइफ इन्स्योरेन्सको ५ करोड २५ लाख, तथा नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ७० लाखको कारोबार भएको छ ।आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये ट्रेडिङ समुह भन्दा धेरै ६.५६ प्रतिशत बढेको छ भने विकास बैंक समुह ४.४३ प्रतिशत तथा फाइनान्स समुह ४.१४ प्रतिशतले बढेको छ । आज आंधीखोला लघुवित्त, र सीवाईसी नेपाल लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने बरुण हादिरोको शेयर मूल्य ९.४५ प्रतिशत तथा सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ८.६५ प्रतिशतले बढेको छ । आज मैलुंग खोला जलविद्युत कम्पनीको शेयर मूल्य सर्वाधिक १.९१ प्रतिशतले घटेको छ ।

प्रि ओपन सेसनमा ७.१० अंकले बढ्यो नेप्से

नयाँ वर्षको पहिलो दिन आज आइतबार प्रि ओपन सेसनमा शेयर बजार परिसूचक नेप्से अंकले बढेको छ । प्रि ओपन सेसनमा सूचक ७.१० अंकले बढेर २४२२.३४ को बिन्दुमा पुगेको छ । प्रि ओपन सेसनमा २० कम्पनीको १ हजार १ सय ४८ कित्ता शेयर खरिद बिक्रिबाट ४ लाख १९ हजार १ सय ४५ रुपैयाँको कारोबार भएको छ । प्रि ओपन सेसनमा २ प्रतिशतले शेयर मूल्य बढ्नेमा अधिकांश वाणिज्य बैंक रहेका छन् । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हरेक दिन बिहान १०:३० देखि १०:४५ सम्म प्रि ओपन सेसन अन्तर्गतको कारोबार हुने गरेको छ । यस समयमा कम्पनीको शेयर मूल्य सर्वाधिक २ प्रतिशतले घटबढ हुन सक्ने ब्यबस्था छ ।

५२.३१ अंकले बढ्यो नेप्से, अपि पावर र टेलिकमको कारोबार उच्च

आज बिहिबार शेयर बजार परिसूचक नेप्से ५२.३१ अंकले बढेको छ। आज कारोबारमा आएका २२६ कम्पनीका ५६ लाख १० हजार ६ सय ३१ कित्ता शेयर खरीद बिक्रिबाट २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९ सय ७० रुपैयाँको कारोबार भएको छ । जस मध्ये अपि पावरको सबै भन्दा धेरै १६ करोड ६५ लाखको कारोबार भएको छ भने नेपाल टेलिकमको १३ करोड १२ लाख, र एनआईसी एसिया बैंकको १२ करोड ४६ लाखको कारोबार भएको छ । आज इमर्जिंग नेपाल लिमिटेडको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ भने कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्य ८.८९ प्रतिशत तथा नेपाल हाइड्रो डेभलपर्सको शेयर मूल्य ८.६५ प्रतिशतले बढेको छ। आज माउन्टेन इनर्जीको शेयर मूल्य सर्वाधिक ३.०८ प्रतिशतले घटेको छ भने नेपाल टेलिकमको शेयर २.०२ प्रतिशतले घटेको छ । आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन्। जस मध्ये फाइनान्स समुह सबैभन्दा धेरै ५.०६ प्रतिशतले बढेको छ भने विकास बैंक समुह ४.७९ प्रतिशत, तथा हाइड्रोपावर समुह ४.१५ प्रतिशतले बढेको छ । इन्भेष्टमेन्ट समुह भने ४.२ प्रतिशतले बढेको छ ।

३२ अंकले बढ्यो नेप्से

सोमवार शेयर बजारमा ३२ अंकको वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक ३२.०३ अंकले बढ्दै सोमवार २६१६.९४ विन्दुमा पुगेको छ । यस दिन ठूला कम्पनीको मापक सेन्सेटिभ परिसूचक ५.८६ अंकले बढ्दै ४८७.८७ विन्दुमा पुगेको छ ।  यस दिन २ सय ३० कम्पनीको ८२ लाख ५ हजार ५२ कित्ता शेयर ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७८ रुपैयाँ बराबरमा किनबेच भएको छ । यस दिन १४९ कम्पनीको शेयर मूल्य बढ्दा ४१ कम्पनीको घटेको छ । सोमवारको कारोबारमा मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढ्दै सर्किट लागेको छ ...

साताको पहिलो दिन २.३९ प्रतिशतले बढ्यो नेप्से

काठमाडौँ- शेयर बजार परिसूचक – नेप्से साताको पहिलो दिन आइतबार २.३९ प्रतिशतले बढेर २ हजार ५ सय ८४.९१ विन्दुमा पुगेको छ। कारोबार समयको अन्त्यमा नेप्से ६०.४१ अंकले बढेको हो। हिमालयन डिस्टिलरी र मध्य भोटेकोशीको शेयरको अन्तिम कारोबार पोजेटिभ सर्किट लेभलमा भएको छ। मूल्य समायोजनपछि भएको कारोबारमा हिमालयन डिस्टिलरीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको हो। […]