साताको पहिलो कारोबार दिन १.३८ % बढ्यो नेप्से, अपर तामाकोशीको शेयर मूल्य सर्वाधिक घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १ दशमलव ३८ प्रतिशत बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक २८ दशमलव ३८ अंक बढेर २ हजार ७७ दशमलव ७६ विन्दुमा पुगेको हो । अघिल्लो कारोबार दिन भने नेप्से परिसूचक स्थिर बनेको थियो । आइतवार २ हजार ५० दशमलव ३६ विन्दुदेखि खुलेको बजार २ हजार ८५ दशमलव २३ विन्दुसम्म पुगेको हो भने २ हजार ४९ दशमलव ६९ विन्दुसम्म झरेको हो ।  यो दिन रू. ३ अर्ब ४ करोड २५ लाख बराबरको ८३ लाख ५२ हजार ५७६ कित्ता धितोपत्र कारोबार भएको छ । कुल कारोबारमा सर्वाधिक हिस्सा हिमालयन लाइफ इन्स्योरेन्सले ओगटेको छ । हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक रू. १८ करोड ६० लाखभन्दा बढीको धितोपत्र कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको दिन कम्पनीको शेयर मूल्य भने प्रतिकित्ता रू. १ ले बढेर अन्तिम मूल्य रू. ४९८ कायम भएको छ ।  बढेको बजारमा अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ६ दशमलव ६५ प्रतिशत घटेको छ । शतप्रतिशत हकप्रद शेयर विक्री गर्न असार २२ गते शुक्रवार अनुमति पाएको कम्पनीको आइतवार भने शेयर विक्री चाप बढी देखिएको हो । अपर तामाकोशीको शेयर मूल्य प्रतिकित्ता रू. ३१ दशमलव ५० ले घटेर अन्तिम मूल्य रू. ४४२ दशमलव ५० कायम भएको छ । यस दिन रावा ईनर्जी डेभलपमेन्ट र सिटी होटलको शेयर मूल्य उच्च दरमा बढेको छ । रावा ईनर्जीको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ३० दशमलव १० ले बढेर अन्तिम मूल्य रू. ३३१ दशमलव ७० कायम भएको हो । त्यस्तै सिटी होटलको शेयर मूल्य ९ दशमलव ५१ प्रतिशत वृद्धि भई प्रतिकित्ता रू. ७४१ दशमलव ५० पुगेको हो । यो दिन सिटी होटलको शेयर मूल्य प्रतिकित्ता रू. ६४ दशमलव ४० ले बढेको हो ।  नेप्सेका अनुसार आइतवारको कारोबारमा १६८ कम्पनीको धितोपत्र मूल्यमा वृद्धि भएको छ भने ५० कम्पनीको कम भएको छ । ६ कम्पनीको धितोपत्र मूल्य भने स्थिर रहेको छ । यो दिन सबै समूहगत परिसूचकहरू बढेका छन् । सर्वाधिक परिसूचक होटल तथा पर्यटन समूहको ४ दशमलव ६३ प्रतिशत वृद्धि भएको छ । त्यस्तै व्यापारिकको ४ दशमलव शून्य १ प्रतिशत, अन्यको २ दशमलव ७५ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव ३५ प्रतिशत, लगानीको २ दशमलव १५ प्रतिशत, वित्तको २ दशमलव १० प्रतिशत, जीवन बीमाको १ दशमलव ८० प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव ७९ प्रतिशत, विकास बैंकको १ दशमलव ५९ प्रतिशत, लघुवित्तको १ दशमलव शून्य ५ प्रतिशत, बैंकिङको शून्य दशमलव ६८ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ३८ प्रतिशत परिसूचक बढेको छ । यो दिन जलविद्युत समूहको परिसूचक भने स्थिर बनेको छ ।  आइतवार धितोपत्र दोस्रो बजारका कुल पूँजीकरण रू. ३० खर्ब ५२ अर्ब ६ करोड ८० लाख कायम भएको छ । अघिल्लो कारोबार दिन कुल बजार पूँजीकरण रू. ३० खर्ब ८ अर्ब ७२ करोड १४ लाख थियो । एकै दिन कुल बजार पूँजीकरण रू. ४३ अर्ब ३४ करोडभन्दा बढीले वृद्धि भएको हो ।

सम्बन्धित सामग्री

झिनो अङ्कले बढ्यो नेप्से

काठमाडौं, १८ मंसिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव १६ अंकले बढेर एक हजार नौ सय ६३ दशमलव २२ अङ्कमा पुगेको छ । आजको भएको कारोबारमा दुई सय ४३ कम्पनीका ३६ लाख ९४ हजार ८४ कित्ता सेयर रु एक अर्ब ५६ करोड १७ लाख दुई हजार नौ सय ९२ मा कारोबार भएको छ […]

झिनो अंकले बढ्यो नेप्से

काठमाडौं, १३ मंसिर । साताको कारोबारको तेस्रो दिन आज शेयर बजारमा झिनो अंकको वृद्धि भएको छ । मंगलबार नेप्से परिसुचक २ दशमलव ९९ अंकले बढेर १९५३ दशमलव ३५ अंमा रोकिएको हो । यसैगरी, आज २५ लाख ८९ हजार ९९७ कित्ता शेयर खरिद विक्रि हुँदा नेप्सेमा ९५ करोड ७० लाख ६० हजार रुपैयाँको कारोबार भएको छ […]

सोमबार दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं, २८ असार । नेपाली शेयर बजारमा आज हरियाली छाएको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसुचक ११ दशमलव ६८ अंकले बढेर १९२७ दशमलव २८ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ९ अंकले बृद्धि भएर ३६८ दशमलव ९५ विन्दुमा पुगेको हो । आज २२६ कम्पनीको […]

आज सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं, २६ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसुचक सोमबार १२ दशमलव २७ अंकले बढेर २२ सय ६८ दशमलव ८४ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव १२ अंकले वृद्धि भएर ४३९ दशमलव ४७ विन्दुमा पुगेको हो । आज […]

प्रि ओपनमा सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं, ७ वैशाख । साताको कोरोबारको चौथो दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यस अवधिमा नेप्से ७.२२ प्रतिशतले बढ्दै २३६४.४७ को विन्दुमा पुगेको छ । प्रि ओपन सेसनमा ६ स्टकको ३ लाख ८४ हजार ६०९ रुपैयाँ बराबरको १ हजार ४४२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६ वटै स्टकको मूल्य […]

वर्षको अन्तिम दिन दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं, ३० चैत । यस वर्षको अन्तिम दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से ३०.२४ अंकले बढ्दै २४१५ अंकमा बन्द भएको छ । आज सबै उपसमूह बढेका छन् । बैंकिङ १७, विकास बैंक ६२, फाइनान्स १५, होटल तथा पर्यटन ४८, जलविद्युत २५, जीवन बीमा ९५, उत्पादन ६२, लघुवित्त १०१, निर्जीवन […]

प्रिओपनमा ८.३६ अंकले बढ्यो नेप्से

काठमाडौं, २९ फागुन । साताको कारोबारको पहिलो दिन आइतवार प्रिओपन सेसनमा नेप्से परिसूचक ८ दशलमव ३६ अंकले बढेको छ । यस अवधिमा नेप्से परिसूचक २ हजार ५७५ दशमलव २६ विन्दुमा पुगेको हो । सो अवधिमा कारोबारमा आएका ३३ ओटा कम्पनीको १२ हजार ८०६ कित्ता शेयर रू। ६६ लाख ५९ हजारमा खरीदविक्री भएको हो । प्रिओपन […]

प्रि ओपनमा १.९२ अंकले बढ्यो नेप्से

काठमाडौं, १८ फागुन । साताको कारोबारको चौथो दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १.९२ अंक बढेको छ । ०.०७ प्रतिशतले बढेको नेप्से २६१२.५१ को विन्दुमा पुगेको छ । यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१७ अंक बढेको छ। बुधबार प्रि ओपन सेसनमा ९ कम्पनीको ३ लाख २७ हजार ८०९ रुपैयाँ बराबरको ६१० कित्ता शेयर […]

प्रि ओपनमा बढ्यो नेप्से

काठमाडौं, १० फागुन । साताको कारोबारको तेस्रो दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से सूचक १.३७ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २७१९.८८ विन्दुमा आइपुगेको छ । १७ कम्पनीको भाउ बढेको छ भने ३ वटाको घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । ७ लाख ८९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार […]

आज सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं, १३ माघ । साताको कारोबारको अन्तिम दिन आज शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसुचक बिहीबार ३ दशमलव २० अंकले बढेर २७ सय ७९ दशमलव ९३ बिन्दु कायम भएको छ । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ३८ अंकले बढेर ५१८ दशमलव ७२ विन्दुमा रोकिएको हो । नेप्सेको […]