काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीवार) उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९ दशमलव ८७ अङ्कले बढेर १ हजार ८६० दशमलव २० विन्दुमा पुगेको छ।ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ७६ अङ्कले उकालो लागेर ३५६ दशमलव ९८ मा पुगेको छ।कारोबार भएका कूल १३ उपसमूहमध्ये ३ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ। कूल ४४ लाख २० हजार ५१८ कित्ता शेयर १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४३० रुपैयाँ