काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९ दशमलव ३४ अंकले उकालो लागेर २ हजार १ दशमलव ६४ मा पुगेको छ।ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ११ अंकले उकालो लागेर ३५७ दशमलव शून्य ९ मा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये ६ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ७ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ।कूल ५२ लाख ३९ हजार ४१६ कित्ता शेयर १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५२६ रुपैयाँ मूल्यमा खरिद