रुसी सेनाद्वारा सेभेरोदोनेत्स्कको अन्तिम पुल ध्वस्त, फसे हजारौँ नागरिक

एजेन्सी – रुसी सेनाले सेभेरोदोनेत्स्क सहरको अन्तिम पुल ध्वस्त पारेको छ। सेभेरोदोनेत्स्कमा रुसी र युक्रेनी सेनाबीचको भिडन्त भएको छ। ध्वस्त हुनुअघि उक्त पुल सर्वसाधारण नागरिकहरूको लागि निकासी मार्गको रूपमा काम गर्न सक्ने बताइएको थियो। क्षेत्रीय गभर्नर सर्गेई गैडाईले सहर जाने अन्तिम पुल भत्किएपछि बाँकी नागरिकहरू सहरमा फसेका र अहिले मानवीय सामग्री पुर्‍याउन असम्भव भएको बताए। […]

सम्बन्धित सामग्री

सम्झौताको लागि रुस आक्रमणपूर्वको अवस्थामा फर्कनु पर्छः राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको कुनै पनि शान्ति सम्झौता रुसी सेना युक्रेनमा आक्रमणअघिको स्थितिमा फर्किने विषयमा निर्भर हुने बताएका छन् । लन्डन थिंक ट्यांकसँगको अन्तवार्तामा राष्ट्रपति जेलेन्स्कीले आफू मिनि युक्रेनको नभई युक्रेनको नेता भएको बताए । तर, उनले सन् २०१४ मा रुसमा बिलय भएको  क्रिमियाबारे भने केही उल्लेख गरेनन् । रुसले पूर्वी बन्दरगाह शहर मारिओपोललाई पूर्ण नियन्त्रणका लागि संघर्ष गरिरहेको छ । त्यहाँको एउटा काराखानामा अझै पनि सर्वसाधारण नागरिक फसेका छन् । का

युक्रेनी राष्ट्रपतिको दाबी : युद्धमा ३ हजार युक्रेनी र २० हजार रुसी सेना मारिए

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा २५ सयदेखि ३ हजार युक्रेनी सेना मारिएको बताएका छन् । २४ फेब्रुअरीदेखि सुरु भएको सो युद्धमा १० हजार युक्रेनी सेना घाइते भएको उनले बताएका छन् । ‘युद्धमा नागरिक हताहतको कुनै गणना छैन’, अमेरिकी समाचार संस्था सीएनएनसँगको कुराकानीका क्रममा उनले भने । युद्धमा १९ हजारदेखि २० हजार रुसी सेना मारिएको उनको दाबी छ । मस्कोले गत महिना युद्धमा आफ्ना १३५१ सेना मारिएको र ३ हजार ८२५ जना घाइते भएको जनाएको थियो । युद्धमा मारिने र घाइते

रुसी सेनाले सर्वसाधारणको हत्या गर्न थालेपछि विश्वव्यापी निन्दा

युक्रेनमा रसियाले युद्ध अपराध गरेको भन्दै त्यसको विश्वव्यापी विरोध भएको छ । रुसी सेना किभबाट फर्किन थालेपछि नागरिक हत्या गरेका प्रष्ट प्रमाणहरु फेला परिरहेका बेला विश्व समुदायले त्यसको निन्दा गरेको हो । युक्रेनले आइतबार किभ नजिकैको बुचा सहरको एउटा सडकमा २० सर्वसाधारणको शव फेला परेको जनाएको थियो । जर्मनीले त्यसलाई  ‘भयानक युद्ध अपराध’ भन्दै त्यसको निन्दा गरेको छ । त्यस्तै फ्रान्सका राष्ट्रपति म्याक्रोनले घटनास्थलका तस्बीरलाई  ‘असहनीय’ भनेका छन् । बेलायती प्र

युक्रेनमा हालसम्म १६ बालबालिकासहित ३५२ सर्वसाधारणको मृत्यु

रुसी सेना राजधानी किभबाट मात्र २७ किलोमिटर टाढा एजेन्सी, १७ फागुन । युक्रेन विरुद्ध रुसको आक्रमण छैटौं दिन पनि जारी छ । युक्रेनका कूटनीतिज्ञले संयुक्त राष्ट्र संघको महासभामा रुसी आक्रमणमा हालसम्म १६ बालबालिकासहित ३५२ युक्रेनी नागरिक मारिएको बताए । गोलीबारी अझै जारी रहेकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ । युक्रेनका राष्ट्रपतिले पछिल्लो पाँच […]

सरकारले युक्रेनमा फसेका नेपालीको उद्दारमा किन चासो नदिएको होला ?

युक्रेनमाथि रुसले सैन्य कारबाही सुरु गरेको छ। आक्रमणको दोस्रो दिनमा नै रुसी सेना राजधानी किएभ प्रवेश गरिसकेको छ। भारी गोलावारीका कारण दुईसय बढी युक्रेनीको मृत्यु भइसकेको छ। विभिन्न देशले युक्रेनमा फसेका नागरिकको उद्दार गरिरहेका छन्। युक्रेनमा केही नेपाली नागरिक पनि फसेका र उनीहरुले उद्दारका लागि पहल गरिदिन आग्रह गरेपनि सरकारले भने अझै नेपालीको उद्दारमा चासो दिएको छैन।

युक्रेनको राजधानी किभमा पसे रुसी सेना

एजेन्सी, १३ फागुन। रुसले युक्रेनमाथिको पूर्ण आक्रमण घोषणा गरेको दोस्रो दिन आज (शुक्रबार) राजधानी किभमा रुसी सेनाले प्रवेश गरिरहेको छ । रुसले ३० भन्दा बढी नागरिक रहेको क्षेत्रहरूमा बम बारी गरेको युक्रेनले जनाएको छ । रुसले युक्रेनका विभिन्न शहरहरुमा आक्रमण गरिरहेका बेला १ लाख भन्दा बढी नागरिकले देश छोडेर युरोपेली मुलुकहरूतिर शरण माग्न पुगेको संयुक्त […]

रुसी सेनाद्वारा नागरिक स्थलहरुमा पनि आक्रमण

रुसी सेनाले दर्जनौं नागरिक स्थललाई निशाना बनाएको युक्रेनको आन्तरिक मन्त्रालयका एक अधिकारीले बताएका छन्। तर रुसी सेना भने नागरिक वस्तुहरूमा प्रहार नगरेको बताउँछन्। ‘पछिल्लो २४ घण्टामा ३३ वटा नागरिक स्थलमा आक्रमण भएको छ’, भ्याडिम डेनिसेन्कोले रोयटर्स समाचार एजेन्सीलाई भने। बिहीबार आक्रमण सुरु भएदेखि नै युक्रेनको उत्तर, पूर्व र दक्षिणका धेरै मोर्चाबाट तीव्र गतिमा अगाडि बढ्दै […]

काजकिस्तानमा प्रदर्शन चर्कियो : रुसी सेना तैनाथ

काठमाण्डाै – काजकिस्तानमा सरकार विरोधी प्रदर्शन चर्किएको छ । इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा नागरिकले प्रदर्शन गर्दै आएका छन् । मुख्य शहर अल्माटीमा भएको प्रदर्शनले हिँसात्मक रुप लिएको छ । केही सर्वसाधारण र १८ जना सुरक्षाकर्मीको ज्यान गएको बीबीसीले जनाएको छ । सयौँको संख्यामा नागरिक घाइते भएका छन् । झण्डै २३ सय जना प्रदर्शनकारी सुरक्षाकर्मीको नियन्त्रणमा छन् । प्रदर्शनलाई नियन्त्रण गर्नेक्रममा दुवै पक्षबीच झडप भएको हो । आन्दोलनमा विदेशीको घुसपैठ भएको काजकिस्तानको सरकारी पक्षले दाबी गरेको छ । रुसले नेतृत्व गरेको...