सम्झौताको लागि रुस आक्रमणपूर्वको अवस्थामा फर्कनु पर्छः राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको कुनै पनि शान्ति सम्झौता रुसी सेना युक्रेनमा आक्रमणअघिको स्थितिमा फर्किने विषयमा निर्भर हुने बताएका छन् । लन्डन थिंक ट्यांकसँगको अन्तवार्तामा राष्ट्रपति जेलेन्स्कीले आफू मिनि युक्रेनको नभई युक्रेनको नेता भएको बताए । तर, उनले सन् २०१४ मा रुसमा बिलय भएको  क्रिमियाबारे भने केही उल्लेख गरेनन् । रुसले पूर्वी बन्दरगाह शहर मारिओपोललाई पूर्ण नियन्त्रणका लागि संघर्ष गरिरहेको छ । त्यहाँको एउटा काराखानामा अझै पनि सर्वसाधारण नागरिक फसेका छन् । का

सम्बन्धित सामग्री

तटस्थ हैसियतबारे छलफल गर्न युक्रेन तयारः राष्ट्रपति जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन शान्ति सम्झौताको एउटा अंशको रूपमा तटस्थ हैसियत कायम गर्ने विषयमा छलफल गर्न तयार रहेको बताएका छन् ।तर, त्यसका लागि जनमत संग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षबाट हुनुपर्ने उनको भनाई छ । स्वतन्त्र रुसी पत्रकारहरुसँगको अन्तवार्तामा उनले सो भनाई राखेका हुन् । अन्तवार्ताको समयमा उनले रुसी भाषामा सम्बोधन गरेका थिए । युक्रेन र रुसबीचको अर्को चरणको वार्ता यसै साता टर्कीमा हुने भएको छ । यसअघि रुस र युक्रेनबीच विभिन्न चरणमा भएका वार्ता ब