सिटिजन्स बैंकको १५ औं वार्षिकोत्सव अवसरमा छुटैछुट योजना

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो १५ औं वार्षिकोत्सव उपलक्ष्यमा विभिन्न योजनाहरू सार्वजनिक गरेको छ । वैशाख ७ गते पर्ने ५औं वार्षिकोत्सवलाई ध्यानमा राखेर चैत ७ गतेदेखि वैशाख ७ गते (एक महिना) सम्म लागू हुनेगरी विभिन्न सेवासुविधामा भारी छुट र क्यासब्याक लगायतका योजनाहरू बैंकले सार्वजनिक गरेको हो ।योजनाअन्तर्गत डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरूले  पस (पीओएस) मेसिन र अनलाइनमार्फत १ हजार रुपैयाँ वा सो भन्दा बढी कारोबार गर्दा एकमुष्ट २०० रुपैयाँ क्यासब्या

सम्बन्धित सामग्री

सिटिजन्स बैंक १६ औं वर्षमा प्रवेश, डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकता

वैशाख ७, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड बुधवारदेखि १६ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीको १५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले संस्थाले जहिले पनि संस्थागत सुशासनको उच्चतम मापदण्डहरू कायम राख्दै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए ।  सो अवसरमा कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कुल निक्षेप करीब १ खर्व ४६ अर्ब ६१ करोड रुपैयाँ रहेकोमा कर्जातर्फ १ खर्ब  ३६ अर्व ७२ करोड रुपैयाँ रहेको र उक्त अवधिमा करीब  १ अर्ब ५८ करोड ९६ लाख खुद मुनाफा गरेको जानकारी दिइयो । कम्पनीले उक्त अवसरमा सात ओटै प्रदेशमा प्रभातफेरी कार्यक्रम तथा नेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा करीब ४००जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम आयोजना गरिएको बताएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकले आफ्नो प्रक्रिया र प्रणालीलाई डिजिटल रूपान्तरण गर्ने आधार तयार गरिसकेको र डिजिटल रूपान्तरण रणनीतिलाई निर्दिष्ट समयसीमा सहित डिजिटल रूपान्तरणका लागि २२ सम्भावित क्षेत्रहरू स्पष्ट रूपमा राखेको बताए । विसं २०६४ वैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको उक्त कम्पनीले सात ओटै प्रदेशका १७४ ओटा शाखामार्फत बैंकिङ्ग सेवा दिंदै आएको छ ।

अब सिटिजन्स बैंकको खाता नागरिक एपमार्फतनै खोल्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनलले नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने सुबिधा ल्याएको छ । बैंकले आफ्नो १५ औं वार्षिकोत्सवका अवसरमा यो सुविधा थपेको हो । वैशाख ७ गते बैंकले आफ्नो वार्षिकोत्सव मनाउँदैछ ।  नागरिक  एपमार्फत खाता  खोल्न ग्राहकहरुले बैंकको वेबसाइटमा गएर नागरिक एप मार्फत अनलाइन खाता खोल्ने सेवा छनोट गर्नुपर्ने छ ।  त्यसपछि स्क्रिनमा देखिएको क्यू.आर कोडलाई...

नागरिक एपमार्फत सिटिजन्स बैंकको खाता खोल्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनलले नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने सुबिधा ल्याएको छ । बैंकले आफ्नो १५ औं वार्षिकोत्सवका अवसरमा यो सुविधा थपेको हो । वैशाख ७ गते बैंकले आफ्नो वार्षिकोत्सव मनाउँदैछ । नागरिक  एपमार्फत खाता  खोल्न ग्राहकहरुले बैंकको वेबसाइटमा गएर नागरिक एप मार्फत अनलाइन खाता खोल्ने सेवा छनोट गर्नुपर्ने छ ।  त्यसपछि स्क्रिनमा देखिएको क्यू.आर कोडलाई नागरिक एप बाट स्क्यान गर्नु पर्ने हुन्छ।  सो प्रक्रिया पूरा गरिसकेपछि सो एपमा भएको व्यक्तिगत विवरणहरू आफै अनलाइन

सिटिजन्स बैंकमा नागरिक एपमार्फत खाता खोल्न सकिने

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनलले नागरिक एपमार्फत अनलाइन खाता खोल्न सकिने सुविधा ल्याएको छ । बैंकले १५औं वार्षिकोत्सवको अवसरमा उक्त सुविधा ल्याएको हो । बुधवार बैंकले आफ्नो १५औं वार्षिकोत्सव मनाउँदै छ । बैंकको वेबसाइटमा गएर नागरिक एपमार्फत अनलाइन खाता खोल्ने सेवा छनोट गरी नागरिक एपमार्फत खाता खोल्न सकिने बैंकले जानकारी दिएको छ । बैंकले देशभर १७४ शाखा, १२५  ओटा एटीएम र ९३ शाखारहित बैंकिङबाट सेवा दिँदै आएको छ ।

सिटिजन्स बैंकद्वारा बेबीलाइफ होमलाई २ लाखको चेक हस्तान्तरण

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दशकदेखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्योपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको बेबीलाइफ होमलाई आर्थिक सहयोगस्वरुपस् दुई लाखको चेक हस्तान्तरण गरेको छ। बैंकले आफ्नो पन्ध्रौँ वार्षिकोत्सव वैशाख ७ गते मनाउँदै छ। सोही उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको बैंकले जनाएको छ। एक समारोहबीच बैंकले दुई लाखको चेक संस्थाका […]

कर्णाली प्रदेशका विद्यालय, वृद्धाश्रम र  अस्पतालमा सिटिजन्स बैंकको आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले १५औँ वार्षिकोत्सवको अवसर पारेर कर्णाली प्रदेशका विभिन्न जिल्लाका विद्यालय, वृद्धाश्रम केन्द्र तथा अस्पताललाई आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत बैंककले नौ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । बैंकले आउँदो वैशाख ७ गते १५औँ वार्षिकोत्सव मनाउने जनाएको छ । यसअन्तर्गत बैंकले जाजरकोटको...

सिटिजन्स बैंकले मनायो तेह्रौँ वार्षिकोत्सव

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड तेह्र वर्ष पूरा गरी चौध वर्षमा प्रवेश गरेको छ । कोरोना भाइरसले विश्व आक्रान्त बनेको बेला अत्याधुनिक प्रविधिलाई अपनाउँदै उच्चस्तरिय बैंकिङ सेवा प्रवाह गर्दै आएको बैंकले यो वर्षको वार्षिकोत्सव भर्चुअल्ली मनाएको छ । विगतमा विभिन्न समारोहको आयोजना गरी मनाउँदै आएको वार्षिकोत्सव कार्यक्रम यस वर्ष बैंकले कोरोना भाइरसको जोखिम र लकडाउनका कारण भर्चुृअल्ली मनाएको हो ।