सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड तेह्र वर्ष पूरा गरी चौध वर्षमा प्रवेश गरेको छ । कोरोना भाइरसले विश्व आक्रान्त बनेको बेला अत्याधुनिक प्रविधिलाई अपनाउँदै उच्चस्तरिय बैंकिङ सेवा प्रवाह गर्दै आएको बैंकले यो वर्षको वार्षिकोत्सव भर्चुअल्ली मनाएको छ ।
विगतमा विभिन्न समारोहको आयोजना गरी मनाउँदै आएको वार्षिकोत्सव कार्यक्रम यस वर्ष बैंकले कोरोना भाइरसको जोखिम र लकडाउनका कारण भर्चुृअल्ली मनाएको हो ।