सिटिजन्स बैंक १६ औं वर्षमा प्रवेश, डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकता

वैशाख ७, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड बुधवारदेखि १६ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीको १५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले संस्थाले जहिले पनि संस्थागत सुशासनको उच्चतम मापदण्डहरू कायम राख्दै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए ।  सो अवसरमा कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कुल निक्षेप करीब १ खर्व ४६ अर्ब ६१ करोड रुपैयाँ रहेकोमा कर्जातर्फ १ खर्ब  ३६ अर्व ७२ करोड रुपैयाँ रहेको र उक्त अवधिमा करीब  १ अर्ब ५८ करोड ९६ लाख खुद मुनाफा गरेको जानकारी दिइयो । कम्पनीले उक्त अवसरमा सात ओटै प्रदेशमा प्रभातफेरी कार्यक्रम तथा नेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा करीब ४००जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम आयोजना गरिएको बताएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकले आफ्नो प्रक्रिया र प्रणालीलाई डिजिटल रूपान्तरण गर्ने आधार तयार गरिसकेको र डिजिटल रूपान्तरण रणनीतिलाई निर्दिष्ट समयसीमा सहित डिजिटल रूपान्तरणका लागि २२ सम्भावित क्षेत्रहरू स्पष्ट रूपमा राखेको बताए । विसं २०६४ वैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको उक्त कम्पनीले सात ओटै प्रदेशका १७४ ओटा शाखामार्फत बैंकिङ्ग सेवा दिंदै आएको छ ।

सम्बन्धित सामग्री

१७औं वार्षिकोत्सवमा सिटिजन्स बैंकका विविध कार्यक्रम

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल १७औं वर्षमा प्रवेश गरेको छ । १६ वर्षको अवधिमा बैंकले करीब १५ लाख ५५ हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गरेको बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ । सातओटै प्रदेशमा १८२ शाखामार्फत सेवा दिँदै आएको बैंकको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको कुल निक्षेप करीब रू. १ खर्ब ६२ अर्ब रहेको बताइएको छ । बैंकले यो अवधिमा करीब रू. १ अर्ब २४ करोड खुद मुनाफा गरेको बैंकको भनाइ छ । बैंकले १६औं वार्षिकोत्सवको अवसरमा सातओटै प्रदेशमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ, जसबाट वित्तीय ज्ञानको समेत अभिमुखीकरण भएको बैंकको अपेक्षा छ । सो अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सातओटै प्रदेशका २७ स्थानमा करीब ७२६ जना रक्तदाताको सहभागितामा रक्तदान कार्यक्रम गरेको छ । त्यस्तै बैंकका विभिन्न शाखाले निःशुल्क स्वास्थ्य शिविर लगायत सांस्कृतिक, शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन काम गर्ने संघ संस्थालाई आर्थिक सहयोग गरेको बताइएको छ । पछिल्लो समय ग्राहकलाई सेवा पु¥याउन विभिन्न संस्थासँग सहकार्य गर्नुका साथै बैंकिङ कार्यलाई प्रविधिमैत्री बनाउँदै लगिएको बैंकले बताएको छ ।

सिटिजन्स बैंकले मनायो तेह्रौँ वार्षिकोत्सव

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड तेह्र वर्ष पूरा गरी चौध वर्षमा प्रवेश गरेको छ । कोरोना भाइरसले विश्व आक्रान्त बनेको बेला अत्याधुनिक प्रविधिलाई अपनाउँदै उच्चस्तरिय बैंकिङ सेवा प्रवाह गर्दै आएको बैंकले यो वर्षको वार्षिकोत्सव भर्चुअल्ली मनाएको छ । विगतमा विभिन्न समारोहको आयोजना गरी मनाउँदै आएको वार्षिकोत्सव कार्यक्रम यस वर्ष बैंकले कोरोना भाइरसको जोखिम र लकडाउनका कारण भर्चुृअल्ली मनाएको हो ।

सिटिजन्स बैंक इन्टरनेसनल बाहैं वर्षमा प्रवेश

योर पार्टनर फोर प्रोग्रेस’ भन्ने नारालाई शिरोधार्य गरी २० आंै वाणिज्य बैंकको रूपमा स्थापना भई अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पुराउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनलले एघार वर्ष पूरा गरी बाह्रौं वर्षमा प्रवेश गरेको छ ।