सिटिजन्स बैंकमा नागरिक एपमार्फत खाता खोल्न सकिने

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनलले नागरिक एपमार्फत अनलाइन खाता खोल्न सकिने सुविधा ल्याएको छ । बैंकले १५औं वार्षिकोत्सवको अवसरमा उक्त सुविधा ल्याएको हो । बुधवार बैंकले आफ्नो १५औं वार्षिकोत्सव मनाउँदै छ । बैंकको वेबसाइटमा गएर नागरिक एपमार्फत अनलाइन खाता खोल्ने सेवा छनोट गरी नागरिक एपमार्फत खाता खोल्न सकिने बैंकले जानकारी दिएको छ । बैंकले देशभर १७४ शाखा, १२५  ओटा एटीएम र ९३ शाखारहित बैंकिङबाट सेवा दिँदै आएको छ ।