नवलपरासी – बाढीका कारण पुलमा क्षति पुगेको सात महिना बित्दासमेत अझै मर्मतको काम हुन सकेको छैन । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोती नगरपालिका ४ र ५ जोड्ने केरुङे खोलामा निर्माण भएको पुल बाढीले क्षति पुर्याएकाे सात महिना बितेको छ । तर पुल मर्मतमा निर्माण कम्पनी, सडक डिभिजन कार्यालय कसैले चासो देखाएका छैनन् । पुलको उत्तरतर्फको भागमा गएको असार महिनामा आएको बाढीले क्षति पुर्याएकाे छ । पुल भत्किँदा गाडी आउजाउमा समस्या भएको छ । पुल भत्किँदा दुईतर्फी गाडी चल्न समस्या भएको हो । भत्किएको...