बैतडी : स्थानीय तहमा पहिलोपटक सडक मर्मत स्वयंसेवक नियुक्त गरिएको छ।जिल्लाको दोगडाकेदार गाउँपालिकाले ४० जना सडक मर्मत स्वयंसेवक नियुक्त गरेको हो।पालिकाले निर्माण गरेको सडक सरसफाइ, मर्मतसम्भार तथा रेखदेखका लागि स्वयं सेवकलाई करार सेवामा नियुक्त गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले आफ्नै लगानीमा निर्माण गरेका सडकहरू सुचारु, मर्मत र नियमित सञ्चालन गर्न सडक मर्मत स्वयंसेवक नियुक्त गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र धामीले जानकारी दिए।‘प्रत्येक स