कञ्चनपुरमा सीमास्तम्भ मर्मत सम्भार हुँदै

कञ्चनपुर : कञ्चनपुरमा नेपाल–भारत जीर्ण सीमा स्तम्भ मर्मत अघि बढाइएको छ। भारतीय सीमा सुरक्षाबल (एसएसबी) को ५७ औं बटालियनले सशस्त्र प्रहरी बल नेपालको समन्वयमा जीर्ण रहेका सीमा स्तम्भ मर्मत सम्भार अघि बढाएको हो। भारतीय पक्षले जोर नम्बरका २४ वटा जीर्ण सीमास्तम्भ मर्मत गरिरहेको छ।नेपाल–भारत संयुक्त सीमा बैठकको निर्णयअनुसार नेपालले बिजोर र भारतीयले जोर नम्बरका सीमास्तम्भ मर्मत गर्ने निर्णय गरिएबमोजिम एक सातादेखि सीमा स्तम्भ मर्मत भइरहेको छ।सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका सश

सम्बन्धित सामग्री

नेपाल–भारत सीमास्तम्भ मर्मत सम्भार सुरु

लुम्बिनी प्रदेशको कपिलवस्तुबाट नेपाल–भारत सीमास्तम्भहरुको मर्मत सम्भार सुरु गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीको अगुवाइ तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हेडक्वाटर कपिलवस्तुको आयोजनामा सीमा स्तम्भका मर्मत सम्भारको काम शुभारम्भ गरिएको हो ।

मधेश प्रदेशका दशगजा क्षेत्रका सीमास्तम्भ मर्मत शुरू

जनकपुरधाम। सशस्त्र प्रहरी बल नेपालले मधेश प्रदेशका आठओटै जिल्लास्थित नेपाल–भारत दशगजा क्षेत्रमा रहेका सीमास्तम्भको पुनर्निर्माण, मर्मत सम्भार र पुन:स्थापना शुरू गरेको छ । बिहीवार धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका–६ जटही नाका नजिक रहेको सीमास्तम्भ नं २८५/४ बाट मर्मतसम्भार शुरू गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासका प्रमुख, सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहले जानकारी दिए । प्रदेशका आठ जिल्लामा रहेका चार हजारभन्दा बढी स्तम्भमध्ये पहिलो चरणमा नेपाल पक्षबाट बिजोर नम्बरका एक हजारभन्दा बढी सीमास्तम्भको आवश्यकतानुसार पुनर्निर्माण, मर्मतसम्भार र पुन: स्थापनाको काम गरिने शाहको भनाइ छ । विसं २०७७ साउन १९ को नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार बनाइएको ‘सीमा क्षेत्रमा रहेका सीमास्तम्भको निर्माण, मर्मतसम्भार र पुन:स्थापनासम्बन्धी मापदण्ड २०८०’ बमोजिम सीमास्तम्भको पुनर्निर्माण, मर्मत सम्भार र पुन:स्थापनाको काम शुरू गरिइएको उनको भनाइ छ । शाहले भने, ‘यस कार्यले सीमाको संरक्षण हुनुका साथै सीमा क्षेत्रमा हुने विवाद, सुरक्षा चुनौती र नेपाल—भारत द्विपक्षीय हितका विषयमा पनि सूक्ष्म रूपमा अध्ययन गर्न सघाउ पुग्नेछ । यस कार्यमा स्थानीय जनप्रतिनिधिको महत्त्वपूर्ण सहयोग रहने छ भन्ने विश्वास लिएका छौं ।’ त्यसैगरी भारतीय सीमा सुरक्षा बल नं ४८ बटालियनका डेपुटी कमान्डर सन्तोषकुमार निमोरियाले दुई देशका सरकारले गरेका निर्णय र समझदारीअनुसार आफूहरू सीमा सुरक्षाको संवेदनशीलताबारे गम्भीर रहेको बताए । नेपालले बिजोर र भारतले जोर सीमास्तम्भको मर्मतसम्भार गर्ने सहमतिअनुसार भारतले पनि आवश्यक कार्य अगाडि बढाउने उनको भनाइ छ । यसबाट सीमास्तम्भको मात्र नभई दुई देशको सुरक्षा, सद्भाव र सीमासम्बन्धी प्राविधिक जटिलता समाधानका लागि पनि सहयोग पुग्ने उनले बताए ।