क्यानडाको पासपोर्ट प्रकृयामा भएको ढिलाइको सम्बोधन, ५ महिनामा साढे ८ लाख पासपोर्ट जारी

धेरै क्यानाडालीहरूले दुई वर्ष भन्दा लामो समयको महामारी प्रतिबन्ध पछि यात्रा योजनाहरू बनाइरहेका छन् तर पासपोर्ट आवेदनहरूको प्रकृयामा भने ढिलो भइरहेको छ । तर स्थिति सुधार हुन सक्ने देखिएको छ । सोमबार परिवार, बालबालिका र सामाजिक विकास मन्त्री करिना गोल्डले पासपोर्ट ढिलाईमा भएको चुनौतीपूर्ण अवस्थाको सामना गर्न महत्त्वपूर्ण उपायहरूको घोषणा गरिन् । जसमा पासपोर्ट सेवा, […]

सम्बन्धित सामग्री

रोमानियाको रोजगारी : साउदी, कतार र मलेशियाकै विकसित रुप !

काडमाडौं । पछिल्लो समय नेपालीहरुका लागि वैदेशिक रोजगारीको नयाँ गन्तव्य हो रोमानिया । यूरोपियन महादीप भित्र परेपनि यूरोपियन यूनियनभन्दा बाहिरै रहेको मुलुक हो रोमानिया । तर पछिल्लो एक डेढ वर्षको अवधिमा भने पढेलेखेका नेपाली कामदारको रोजाइ यूरोपेली मुलुक बनेको देखिन्छ । रोमानियामा पछिल्लो ५ बर्षमा मात्रै करिब ८ हजार नेपाली वैदेशिक रोजगारीमा गएको तथ्याङ्क छ । चालू आर्थिक वर्षको ६ महीनामा मात्रै २ हजार बढी नेपाली रोमानिया गएका छन । यो मध्ये पुसमा मात्रै ६ सय बढी नेपाली वैदेशिक रोजगारीको लागि रोमानिया गएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ । कति हुन्छ कमाई ? यूरोपेली मुलुक भन्ने वित्तिकै यता उता कुरै नसुनी हाम फाल्ने नेपालीहरुले रोमानियालाई आकर्षक श्रम गन्तव्य मान्दै आएका छन् ।  तर यूरोपियन महादिपमा पर्ने भएपनि युरोपेली यूनियन (इयू) भन्दा बाहिर बसेको रोमानिया नेपाली कामदारका लागि यूरोप जस्तो नभइ खाडी मुलुककै विकसित रुप भएको रोमानियामा कार्यरत नेपालीहरुले बताउने गरेका छन् । रोमानियामा नेपालीले सहजै पाउने काम भनेको होटल क्षेत्रमा हो । केहि नापली कामदारहरु रोमानियाका ग्रामिण क्षेत्रमा कृषि कामदारको रुपमा पनि कार्यरत रहेको पाइन्छ । मेनपावरलाई मोटो रकम बुझाएर रोमानिया गएका नेपालीले मुस्किलले औषत ५०० सय यूरो सम्म मात्रै कमाउने गरेका छन् । तर अधिकांश नेपालीले बचाउने भनेको त ४०० यूरो सम्म मात्रै रहेको रोमानियामा कार्यरत कामदारहरु बताउँछन् । त्यो भनेको नेपाली ५० देखि ५५ हजार रुपैयाँ सम्म मात्रै हो । अहिले खाडी मुलुकमा काम गर्ने कामदारहरुले पनि त्यती रुपैयाँ कमाउन सक्ने उनीहरुको भनाई छ । न्युनतम तलव कति? रोमानियाको श्रम कानूनअनुसार दिनमा ८ घण्टा र हप्तामा ६ दिन काम गर्ने कामदारलाई मासिक २ हजार ५५० ‘रोमानियन लेऊ’ तलव दिनुपर्छ । जुन ५१५ यूरो बराबर हो । नेपाली मेनपावरहरुले पनि ५०० देखि ६०० यूरोसम्म तलव पाउने श्रम सम्झौता गरेर पठाउँछन् । ५०० यूरो तलव बुझेपनि नेपाली कामदारले ४०० यूरोभन्दा बढी बचाउन नसक्ने त्याहाँ कार्यरत नेपालीहरुको अनुभव छ ।  मलेशियामा सेक्युरिटी गार्डको काम गर्ने हो भने ५०-६० हजार रुपैयाँ लागतमा मलेशिया गएर मासिक ५०-६० हजार रुपैयाँ नै कमाउन सकिन्छ । त्यतिनै रुपैयाँ कमाउन रोमानियामा भने ५ देखि ८ लाख रुपैयाँ सम्म खर्च गरिरहेका छन् ।  यूरोप भन्दै ठगी धन्दा रोमानिया जानको लागि सरकारले तोकेको लागत प्रति व्याक्ति ३५ देखि ४० हजार रुपैयाँ मात्रै छ । तर मेनपावर व्यवसायीहरुले भने यूरोपियन देश भएको र कमाई पनि राम्रो हुने भन्दैप प्रति व्याक्ति ५ देखि ८ लाख रुपैयाँ सम्म लिने गरेको पाइएको छ ।  शुरु शुरुमा रोमानिया जाने नेपालीहरु ३/४ लाख रुपैयाँमा पनि नगएका होइनन् । तर जसै रोमानियाको रोजगारीमा आकर्षण बढ्यो त्यसको लागत भने दोब्बर भन्दा बढी सम्म पुगेको छ । तर रोमानियामा पाउने सेवा सुविधा भने बढेका छैनन् । नेपालीहरुले यूरोपियन देश भनेपछि अन्यकुरा नहेरी रकम तिर्ने गरेको र समस्यामा परेपछि मात्रै गुहार माग्न आउने गरेको वैदेशिक रोजगार विभागका सूचना अधिकृत कृष्ण प्रसाद भुसाल बताउँछन् ।  नेपाल सरकारले श्रम स्विकृती दिएको देश हो । तर मेनपावर कम्पनीहरुले यतिनै लागत लाग्छ भनेर भन्दैनन् । वैदेशिक रोजगारीमा जान चाहाने युवालाई अनतर्वार्ता दिनु पर्ने र त्यसपछिमात्रै लागत तथा पारिश्रमिकको वारेमा विस्तृत जानकारी दिने भन्दै चेपुवामा पार्ने गरेका छन् ।  कुन मेनपावर कम्पनीले कति रुपैयाँ लिएको छ भन्ने विभागलाई थाहा नहुने तर कसैले आफू ठगिएको उजूरी दिए विभागले कारबाही गर्ने विभागका महानिर्देशक दिपक काफ्लेको भनाई छ । यूरोपेली मुलुक भनेर रोमानिया गएका बागलुङका राम बहादुर रोकाया रोजगारीको लागि यूरोप जादैछु भन्ने सोचेर रोमानिया नआउन आग्रह गर्छन् । खाडी देशकै विकसित रुप गत वर्ष मात्रै ६ लाख रुपैयाँ बुझाएर रोमानिया पुगेका बागलुङका रोकाया उस्तै ठाउँ उस्तै कमाई हुने भएपछि लाखौ‌ रुपैयाँ खर्चेर रोमानिया आउनुभन्दा खाडी मुलुक जानु नै ठिक रहेको बताउँछन् ।  ‘म त पहिले दुवई, कतार पनि बसेको हुँ, अहिले यूरोप भनेर ६ लाख रुपैयाँ तिरेर यता आएँ । तर कमाई र सुविधा भने कतार र दुवईको भन्दा बढी छैन । खर्च मात्रै बढि लाग्यो ।’ उनले भने । शुरुशुरुमा कम्पनी मन नपरेको खण्डमा सजिलै अर्को कम्पनी खोजेर जान पाइन्थ्यो । अहिले भने नेपालीहरुले छिटो छिटो कम्पनी परिवर्तन गर्न थालेपछि रोजगारदाता कम्पनीले कामदारको पासपोर्ट राख्ने गरेको रोकायाले बताए । साउदी कतारमा कम्पनी मन नपरेपनि काम गरिरहनु पर्ने हुन्थ्यो । अहिले त ती देशले पनि कम्पनी परिवर्तन गर्न पाउने नियम ल्याइरहेका छन् । तर यूरोपेली मुलुक भनेर रोमानिया पुगेका नेपालीको पनि रोजगारदाताले नै पासपोर्ट राखेपछि कतार र रोमानियामा के फरक भयो र ?

विदेश पठाइदिने नाममा रकम ठगी गरेको भन्दै पीडितहरू घर खोज्दै विराटनगरमा

विराटनगर-१२ का विजयकुमार यादवले वैदेशिक रोजगारीमा पठाई दिने भन्दै पासपोर्ट र पैसा लिएर फरार भएको भन्दै सिराहाको मिर्चैयाबाट पीडितहरू विराटनगर आएका छन् ।  १९२ जनाबाट नगद, पासपोर्ट तथा जिन्सी लिएर फरार भएको भन्दै उनीहरू विराटनगरमा आएका हुन् । उनले १५ हजारदेखि ८ लाख भन्दा बढी पैसा असुलेको आरोप लगाइएको छ ।  कुवेत, क्यानडालगायतका मुलुकमा पठाइदिने भनेर पैसा असुली दुई महिनादेखि यादव फरार रहेको पीडितहरूको गुनासो छ ।  ऋण खोजेर पैसा बुझाएकाले अहिले ऋण तिर्न समस्या भएको पीडितहरूले बताउँदै आएक...