नेपालमा कहाँकहाँ वर्षा र हिमपात हुन सक्छ, कहिलेदेखि सुधार हुन्छ मौसम ?

अहिले देशका अधिकांश भूभागमा बदली भई कतिपय स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा ठूलो वर्षा समेत भइरहेको छ।बङ्गालको खाडी र मध्य भारतमा रहेका न्यून चापीय एवम्‌ पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव अहिले नेपालमा देखिएको महाशाखास्थित मौसमविद्‌ मञ्जु बासीले बताइन्। यो क्रम तीन दिन अर्थात्‌ बुधवारसम्म जारी रहन सक्ने महाशाखाको पूर्वानुमान छ।कहाँका लागि कस्तो पूर्वानुमान?सोमवार सुदूरपश्चिम प्रदेश, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा प्रदेश नं १, २ र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।महाशाखाका अनुसार पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ।सोमवार प्रदेश नं १, २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा ठूलो वर्षा हुने समेत सम्भावना रहेको मौसमविद्‌ बासीले बताइन्।मङ्गलवार पनि देशभरि सोमवारको जस्तै महाशाखाको पूर्वानुमान छ।बुधवार भने प्रदेश नं १, २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।महाशाखाका अनुसार प्रदेश नं १, २, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा ठूलो वर्षाको समेत सम्भावना रहेको छ।'यो प्रवृत्ति बुधवारसम्म रहन्छ र बिहीवारबाट मौसममा क्रमिक रूपमा सुधार हुँदै जाने देखिन्छ,' मौसमविद्‌ बासीले बीबीसी नेपालीसँग भनिन्।अहिले वर्षा हुनु सामान्य हो?मौसमविद्‌ मञ्जु बासीका अनुसार यो वर्ष पूर्वानुमानभन्दा केही दिन ढिलो गरी अक्टोबर ८ तारिखमा नेपालबाट मनसुन बाहिरिएको छ।'अक्टोबर र नोभेम्बरलाई हामी पोस्ट-मनसुन भन्छौँ। यो बेला बङ्गालको खाडीमा न्यून चापीय क्षेत्र बन्दा त्यहाँबाट जलवाष्पयुक्त हावा नेपालमा छिर्दा वर्षा हुने गर्छ,' उनले थपिन्।सात वर्षअघि अर्थात्‌ सन् २०१४ को अक्टोबर महिनामै अन्नपूर्ण क्षेत्रको थोराङ्ला भन्ज्याङ क्षेत्रमा हिमपातका कारण ४० जनाभन्दा बढी पर्यटक र नेपाली सहयोगीको ज्यान गएको थियो।मौसमविद्‌हरूका अनुसार त्यस बेला अन्डमान सागरबाट सुरु भएको हुदहुद आँधीले नेपालका हिमाली क्षेत्रमा हिमपात गराएको थियो।डढेलधुरा, डोटी र छेउछाउका क्षेत्रमा विगत १२ घण्टामा ठूलो वर्षा भएको तथा थप हुने पूर्वानुमान रहेकोले रङ्गुन नदी तथा सो क्षेत्रका अन्य ससाना नदीमा बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अपील गरेको छ।त्यसैगरी बिदाको मौका पारेर अहिले धेरैले घुमफिर गर्ने भएको हुँदा सुरक्षा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ।खेतीपातीमा कस्तो असर?खासगरी पाकिसकेर काट्न तयार भएका धानलाई अहिलेको पानी असर पार्न सक्ने भन्दै किसानहरूले चिन्ता व्यक्त गरिरहेका छन्।कृषि विभागस्थित वरिष्ठ कृषि अर्थविद्‌ महादेवप्रसाद पौडेल पनि पाकेको धानलाई अहिलेको पानीले केही हदसम्म हानि पुर्‍याउन सक्ने बताउँछन्।'हामीकहाँ धान काटिसकेपछि त्यसलाई सुकाउने प्रचलन रहेको हुँदा पानीले भिज्यो भने चामलको गुणस्तरमा असर पर्न सक्छ,' उनले बीबीसी नेपालीसँग भने।'अर्को कुरा अलि लामो समय भयो भने बोटमै अथवा काटेकै ठाउँमा धान उम्रिन सक्छ।'किसानका लागि महत्त्वपूर्ण वस्तु रहेको पराल पनि वर्षाका कारण बिग्रिन सम्भावना पनि उत्तिकै रहने कृषि अर्थविद्‌ पौडेल औँल्याउँछन्। -बिबिसीनेपालीबाट 

सम्बन्धित सामग्री

वर्षा र हिमपात कम भएपछि डढेलोको जोखिम बढ्दै

नेपालमा डढेलोको जोखिम सामान्यतया फागुनको मध्यदेखि सुरु हुन्छ । तर यस वर्ष गएको पुषको मध्यदेखि अहिलेसम्म देशभरमा तीन सय ५० भन्दा धेरै ठाउँमा डढेलो लागिसकेको छ । रामेछाप लगायतका कतिपय ठाउँमा ठूलो क्षेत्रको जङ्गल जलेर नष्ट भएको छ । यसपालिको हिउँमा वर्षा र हिमपात निकै कम भएको छ । पश्चिमी क्षेत्रमा केही वर्षा र हिमपात भए पनि मध्य र पूर्वी क्षेत्रमा हिउँदे वर्षा भएकै छैन । यसपालि हिउँदमा पछिल्लो ३० वर्ष यताकै कम पानी परेको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क छ । हिउँदयामको बाँकी समयमा पनि औसतमा कम पानी पर्ने सम्भावना रहेक...

बेइजिङमा वर्षा र हिमपात

चीनको संघीय राजधानी बेइजिङमा वर्षा र हिमपात भएको छ । वर्षा र हिमपातका कारण तापक्रम पनि घटेर १३ डिग्री सेल्सियसमा झरेको अधिकारीहरूले जानकारी दिएका हुन् । हिमपात विषेश गरेर पहाडी क्षेत्रमा धेरै परेको छ । राजधानीको उत्तरी क्षेत्रबाट चियो वायु चलेको पनि मौसम विज्ञान विभागका अधिकारीहरूले जनाएका छन् । बुधबार राती पनि वर्षा हुने र बिहीबार र शुक्रबारदेखि तापक्रम विस्तारै फेरि बढ्दै जाने उनीहरूले अनुमान गरेका छन् ।

कतै वर्षा कतै हिमपात

काठमाडौं, २१ माघ । देशभर आज वर्षा र हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई र पहाडी जिल्लामा वर्षा भएको छ । हिमाली र उच्च पहाडी भेगमा हिमपात भएको छ । आज काठमाडौं उपत्यकाको आसपासका डाँडाहरुमा पनि हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले गर्दा २४ घन्टामा […]

पश्चिम नेपालमा वर्षा र हिमपात, भोलि देशभर पानी पर्ने

२० माघ, काठमाडौं। पश्चिमी वायुको प्रभावका कारण देशको पश्चिमी क्षेत्रमा वर्षा र हिमपात भएको छ । बुधबार राति नेपाल प्रवेश गरेको मौसम प्रणालीका कारण सुदूरपश्चिम हुँदै कर्णाली र लुम्बिनी प्रदेशका जिल्लाहरुमा मौसम बदली, मेघ गर्जन, चट्याङसहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । […]

तीन दिनको मौसम पूर्वानुमान : कतै वर्षा, कतै हिमपात

काठमाडौं – मौसम पूर्ण रुपमा खुल्न अझै केही दिन लाग्ने भएको छ । देशभरी बदली गराई वर्षा र हिमपात गराएको प्रणाली कमजोर भए पनि फेरि अर्को प्रणाली आउनेक्रम चलिरहेकाले देशभरी कै मौसम पूर्ण रुपमा खुल्न अझै केही समय लाग्ने देखिएको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव […]

पश्चिम नेपालमा वर्षा र हिमपात

काठमाडौं । देशका पश्चिमी भेगमा आज बिहानदेखि वर्षा र हिमपात हुने क्रम सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात सुरु भएको जनाइएको छ । बाग्मती प्रदेशमा पनि सामान्य बदली रहेको र बाँकी भागमा […]

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपात

काठमाडौं : पश्चिमी वायुको प्रभावको कारण देशभरको मौसम बदली भई विभिन्न स्थानमा वर्षा र हिमपात भइरहेको छ। कर्णाली, सुदुरपश्चिम, गण्डकी र लुम्बिनीका विभिन्न स्थानमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ।महाशाखाकाअनुसार प्रदेश नम्बर एकको मौसम सफा छ भने प्रदेश नम्बर दुई को पश्चिमी भेगको मौसम पूर्ण बदली भई वर्षा भएको छ। काठमाडौं उपत्यकासहित बागमती प्रदेशका केहि स्थानमा पनि गएरातिदेखि नै पानी परिरहेक

देशभर वर्षा र हिमपात‚ जनजीवन प्रभावित (फोटो फिचर)

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर वर्षा र हिमपात भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनसम्म मौसम बदली भई वर्षा र हिमपातको सम्भावना रहेको छ।हाम्रा पर्वत संवाददाताका अनुसार मुस्ताङमा हिमपात भएको छ। सानातिना खोला र धाराको पानी नै जमेका छन्। हिमपातका कारण बढेको चिसोले जनजीवन पनि कष्टकर बनेको छ।यस्तै‚ हेटौंडा संवाददाताका अनुसार पर्यटकीय क्षेत्र मकवानपुरको थाहा नगरपालिका-४ दामन र सिमभन्ज्याङमा हिमपात भएको छ। बुधबार बिहानदेखि हिमपात भएको हो। यहाँ हरेक वर्ष हि

पश्चिमी वायूको प्रभावले आज वर्षा र हिमपात

काठमाडौं : आजदेखि मौसम थप बदली भई विभिन्न स्थानमा वर्षा र हिमपातको संभावना छ।पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको असरका कारण आज बेलुकादेखि मौसम बदली भई वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका विभिन्न स्थानमा वर्षा र हिमपात हुने मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।उनकाअनुसार सुदूरपश्चिमका केहि स्थानमा भारी हिमपातको समेत संभावना छ। वर्षा र हिमपात सँगै भोलिदेखि ताप