काठमाडौँ , साउन १७ । लगातारको वर्षाका कारण मेलम्ची खानेपानीको पाइप बिछ्याउने कार्य रोकिएको छ। मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का अनुसार एक महिनादेखि पाइप बिछ्याउने काम रोकिएको हो। वितरण सञ्जाल सुधार (डिएनआई)अन्तर्गतको पाइप बिछ्याउने काम अवरुद्ध भएको छ।