बजारको सुधार र सुदृढीकरणका लागि नयाँ स्टक एक्सचेञ्ज आउनैपर्छ

विगत १६ वर्षदेखि शेयर बजारमा लगानी गर्दै आएका ताराप्रसाद फुल्लेलसँग आर्थिक अभियानकी लक्ष्मी शर्माले शेयर बजारको पछिल्लो अवस्थाबारे गरेको कुराकानीको सार : नेपाल राष्ट्र बैंकले हालै शेयर धितो कर्जाको सीमा बढायो । त्यसले बजार उकास्छ भन्ने अपेक्षा थियो । तर बजार बढ्नुको साटो अधिकांश दिन घटेको छ । कारण के हो ? यसअघि मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा जुन १२ करोड रुपैयाँसम्म थियो । त्यसलाई व्यक्तिगततर्फ १५ करोडसम्म र संस्थागततर्फ २० करोड रुपैयाँसम्म पुर्‍याइएको छ । तर लगानीकर्ताको माग राष्ट्र बैंकले यस्तो कर्जामा कुनै पनि सीमा तोक्नुहुँदैन भन्ने हो । अहिलेको खुला बजार अर्थतन्त्रमा राष्ट्र बैंकले यस्तो सीमा राख्नु राम्रो होइन । राष्ट्र बैंक थोरै भए पनि लचक भने भएको छ । यद्यपि लगानीकर्ताको माग यसलाई खुला छाड्नुपर्छ भन्ने थियो ।  राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा परिमार्जन गरे पनि असोज मसान्तमा ब्याज तिर्नुपर्ने र चाडपर्व शुरू हुन थालेकाले पनि बजार प्रभावित भएको हुन सक्छ । राष्ट्र बैंकले १५ दिनअघि यो निर्णय ल्याइदिएको भए बजारमा सकारात्मक प्रभाव पर्न सक्थ्यो । यद्यपि कारोबार रकममा भने केही सुधार देखिएको छ । केही समयअघि १ अर्बभन्दा कमको कारोबार भएकोमा पछिल्ला दिनमा डेढ अर्ब रुपैयाँसम्मको कारोबार भएको छ । विस्तारै बजारमा सकारात्मक प्रभाव पर्ने अनुमान गर्न सकिन्छ ।  नयाँ स्टक एक्सचेन्ज आउने प्रक्रिया अहिले रोकिएको छ । नेपालमा अर्को स्टक एक्सचेन्ज आवश्यक छ कि छैन ? नेपालमा अहिले अर्को नयाँ स्टक एक्सचेन्जको आवश्यकता छ या छैन भन्दा पनि अहिलेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले के के काम गर्‍यो, लगानीकर्तामैत्री कार्यक्रम ल्याउन सक्यो कि सकेन, नयाँ प्रविधि प्रयोग गरेर वित्तीय उपकरण ल्याउन सक्यो कि सकेन भन्ने जस्ता कुरा महत्त्वपूर्ण हुन्छन् । नेपाल सरकारको बहुसंख्यक शेयर भएको संस्था भएकाले नेप्सेलाई कुनै पनि खरीद प्रक्रियामा जान सार्वजनिक खरीद ऐनले पनि अप्ठ्यारो पारेको होला । एउटै मात्र स्टक एक्सचेन्ज भएकाले प्रतिस्पर्धात्मक पनि भएन । यसकारण पनि अहिलेको आवश्यकता नयाँ स्टक एक्सचेन्ज नै हो । नयाँ स्टक एक्सचेन्ज आउनुपर्छ । यो आएपछि नयाँ नयाँ प्रविधि तथा वित्तीय उपकरण भित्रिनेछन् । शेयर कारोबार प्रक्रिया छिटो र सहज हुनेछ । गुणस्तरीय सेवासुविधा पाइनेछ । यसकारण पनि नयाँ स्टक एक्सचेन्ज आउनुपर्छ र प्रतिस्पर्धी भएर काम गर्नुपर्छ । यसले लगानीकर्तालाई फाइदा नै पुग्छ ।  नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया अगाडि बढाएको छ । ढिलो चाँडो आउँछ । त्यसपछि नेप्सेलाई पनि सुधारेर अगाडि लैजानुपर्छ । लगानीका उपकरण बढाउनुपर्छ । प्रतिस्पर्धा भएपछि पक्कै पनि राम्रो सेवासुविधा पाउन सकिन्छ । उदाहरणका लागि नेपाल टेलिकम र एनसेल हेर्न सकिन्छ । नयाँ लगानीकर्ता आफूले दीर्घकालीन, मध्यकालीन या अल्पकालीन कस्तो लगानी गर्ने हो, त्यसबारे स्पष्ट हुनुपर्छ । पछिल्लो समय शेयर लगानीकर्ताको हकहितमा खोलिएका धेरै संगठन छन् । यी सबै संघलाई मिलाएर महासंघ बनाउने कुरा पनि आएको थियो । त्यो काम किन अगाडि बढ्न  सकेको छैन ? शेयर बजार र लगानीकर्ता हकहितका लागि पछिल्लो समय धेरै लगानीकर्ता संघसंगठन जन्मिए । फरक परिवेश र फरक तरीकाले यी संघसंगठन आए । तर सबैको उद्देश्य नेपालको शेयर बजारको विकास, विस्तार र सदृढीकरणका लागि पहल गर्ने हो । नियामक निकायले पनि राम्रो गरोस् र प्रतिस्पर्धी भएर काम गर्न पाइयोस् भनेर संघसंस्था गठित भएका हुन् । आज ६० लाख डिम्याट खातावाहक भएको ठाउँमा दुई–चारओटा लगानीकर्ता संगठन हुनु स्वाभाविक नै हो । तर पनि लगानीकर्ताको माग र नियामकको चासो लगानीकर्ता महासंघ भइदिए राम्रो हुन्छ भन्ने छ । त्यो हाम्रो पनि चाहना हो । हामी संघसंगठन अहिले आआफ्नो ठाउँमा भए पनि एउटा महासंघ भएपछि नियामक निकाय, सरकार र सरोकारवाला अन्य निकायसँग आफ्ना कुरा राख्न र बजारका समस्या समाधानमा पहल गर्न सहज हुन्छ । यो हामीले महसूस गरेका छौं । यसका लागि कसरी अघि बढ्ने भन्ने विषयमा हामी लगानीकर्ता संघसंगठनबीच छलफल भइरहेको छ । निजीक्षेत्रको जलविद्युत् आयोजना विद्युत् विक्री अनुमति पाएको ३० वर्षपछि सरकारी स्वामित्वमा जाने व्यवस्था छ । त्यसपछि सर्वसाधारणको शेयरको अवस्था के हुन्छ ? विद्युत् विक्री अनुमति पाएको ३० वर्षपछि कम्पनीका प्लान्ट (विद्युत् केन्द्र) नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने अहिलेको व्यवस्था छ । यसलाई आयोजनाको प्रकृतिअनुसार ४० देखि ५० वर्षसम्म पुर्‍याउनुपर्छ भनेर अहिले अध्ययन भइरहेको छ । यसको अवधि बढाउनुपर्छ । यो भनेको कम्पनीले विद्युत् केन्द्र हस्तान्तरण गर्ने हो । कम्पनीका सहायक आयोजना चलिरहेका हुन्छन् । उदाहरणका लागि चिलिमेको रसुवागढी, सान्जेन जस्ता आयोजना चालिरहेका छन् । यसले गर्दा लगानीकर्ताले प्रतिफल पाइराख्छन् । सहायक आयोजनाले गर्दा कम्पनीको नाममा सम्पत्ति हुन्छ । त्यही कम्पनीको सम्पत्तिको आधारमा लगानीकर्ताले प्रतिफल पाउने अवस्था भए पनि सरकारको स्पष्ट खाका नआइसकेकाले लगानीकर्तामा केही अन्योल देखिएको हो । नयाँ लगानीकर्ताका लागि शेयर खरीद एवं विक्रीका लागि कस्तो समय उपयुक्त हुन्छ ?  के कस्ता कुरामा ध्यान दिनुपर्छ ? नयाँ लगानीकर्ता आफूले दीर्घकालीन, मध्यकालीन या अल्पकालीन कस्तो लगानी गर्ने हो, त्यसबारे स्पष्ट हुनुपर्छ । त्यसपछि आफ्नो क्षमता अनुसार लगानीको परिमाणबारे पनि स्पष्ट हुन जरुरी छ । ‘यति रकम बराबरको लगानी गर्दा भोलि बजार घटेमा थप यति पूँजी थप्न सक्छु र बजार बढेमा यति प्रतिफल प्राप्त भएपछि विक्री गर्छु’ भनेर स्वयम्ले निर्णय लिन सक्नुपर्छ । अर्को कुरा, आफूले लगानी गर्ने कम्पनीको वित्तीय अवस्था, व्यवस्थापन समूह र प्राविधिक पक्षको पनि अध्ययन गर्नुपर्छ । जोखिम वहन क्षमतामा पनि ध्यान दिनुपर्छ । त्यस्तै कम्पनीको लाभांश बाँड्ने क्षमता कस्तो छ, विगतका वर्षमा कस्तो लाभांश दिएको थियो, वित्तीय विवरणमा नाफाको प्रवृत्ति कस्तो छ भन्ने जस्ता कुराको अध्ययन गरी लगानी गर्नुपर्छ ।

सम्बन्धित सामग्री

अलमलमा नयाँ स्टक एक्सचेञ्ज

काठमाडौं– नयाँ स्टक एक्सचेञ्जको काम अन्तिम चरणमा आएर रोकिएसँगै अन्योल बढेको छ । पछिल्लो समय निकै चर्चाको विषय बनेको नयाँ स्टकको काम प्रधानमन्त्री पुष्पकमल दाहालको ठाडो निर्देशनले रोकिएसँगै अन्योल भएको हो । धितोपत्र बोर्डको महत्वाकांक्षी लक्ष्यको रूपमा अगाडि बढेको नयाँ स्टकको काम चर्को विवादमा परेपछि प्रधानमन्त्री दाहालले तत्कालका लागि रोक्न निर्देशन दिएका थिए । हाल […]

स्टक एक्सचेञ्ज र सेयर ब्रोकर लाइसेन्स वितरण गर्न बाटो खुल्यो

२६ चैत, काठमाडौं । धितोपत्र बजारको नयाँ ब्रोकर, स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स वितरणका लागि नेपाल धितोपत्र बोर्डलाई बाटो खुलेको छ । अधिवक्ता दीपकविक्रम मिश्रले दायर गरेको रिटमाथि आइतबार अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासमा सुनुवाइ भएको थियो । नयाँ ब्रोकर, स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स वितरण नगर्न धितोपत्र बोर्डका नाममा आदेश माग […]

पुँजी बजारलाई प्रतिस्पर्धी बनाउन नयाँ स्टक एक्सचेञ्ज

मुलुकमा दोस्रो स्टक एक्सचेञ्ज खुलाउने धितोपत्र बोर्डको तयारीसँगै यसको पक्ष र विपक्षमा बहस भइरहेको छ । करिब ६ महिनाअघि सर्वोच्च अदालतको आदेशले स्टक एक्सचेञ्ज खुलाउने प्रक्रिया रोकिएको थियो । सेयर बजार विज्ञहरूका अनुसार हालसम्म ४ वटा मुलुकमा मात्रै दुई वटा स्टक एक्सचेञ्ज सञ्चालनमा छन् । बोर्डका अध्यक्ष रमेशकुमार हमालले अहिले भइरहेको नेपाल स्टक एक्सचेञ्जलाई प्रतिस्पर्धी […]

स्टक एक्चेञ्ज र ब्रोकर लाइसेन्स प्रक्रिया रोकिए कडा प्रतिबाद गर्ने चेतावनी

२१ कात्तिक, काठमाडौं । सेयर लगानीकर्ताका नाममा खुलेका ९ वटा संगठनले पूँजीबजार विस्तारका काम रोकिए कडा प्रतिबाद गर्ने चेतावनी दिएका छन् । सर्वोच्च अदालतको आदेशपछि नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्ज र धितोपत्र दालाल व्यवसायीको लाइसेन्स प्रक्रिया रोकेको थियो । केही स्वार्थ समूहबाट पूँजीबजार विस्तारमा बाधा सिर्जना गर्ने र रोक्ने भएमा त्यसलाई प्रतिवाद गर्ने उनीहरुले […]

अर्थ समितिले माग्यो सेयर ब्रोकर र स्टक एक्सचेञ्ज नियमावली संशोधनको विस्तृत विवरण

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) र धितोपत्र बजार (स्टक एक्सचेञ्ज) को नियमावली संशोधनको विषयमा ७ दिन भित्र विस्तृत विवरण पठाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभा बैठकः नयाँ स्टक एक्सचेञ्ज किन

काठमाडौँ,२१ भदौ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा किसानले समयमा मल तथा बिल पाउन नसकेकोमा उनीहरुले सरकारको ध्यानकर्षण गराए । सांसद कृष्णप्रसाद दाहालले हाल सञ्चालनमा रहेका नेपाल स्टक एक्सचेञ्जलाई प्रभावकारी एवं सुदृढ गर्दै आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए । नेपालको पुँजी बजारले नयाँ स्कट एक्सचेञ्ज […]

प्रतिनिधिसभा बैठकः नयाँ स्टक एक्सचेञ्ज किन?

सांसद कृष्णप्रसाद दाहालले हाल सञ्चालनमा रहेकाे नेपाल स्टक एक्सचेञ्जलाई प्रभावकारी एवं सुदृढ गर्दै आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए। नेपालको पुँजी बजारले नयाँ स्कट एक्सचेञ्ज धान्ने अवस्था नभएको तथा कारोबार घटेर एक अर्ब रुपैयाँमा सीमित हुन लागेको उनको भनाइ थ...

नेपाल स्टक एक्सचेञ्ज र सानिमा बैंकबीचको सम्झौता सम्पन्न

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सानिमा बैंक लिमिटेडबीचको सम्झौता सम्पन्न भएको छ । नेपाल स्टोक एक्सचेञ्ज लिमिटेड र सानिमा बैंक लिमिटेडबीच १९.२५ प्रतिशत ब्याजदर र १० वर्ष अवधि भएको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०७९’ को क्रम संख्या १ देखी ५०,००,००० सम्मको अंकित तथा चुक्ता मूल्य १००० कायम भएको कुल ५०,००,००० कित्ता थान ऋणपत्रको सूचिकरण […]

नयाँ स्टक एक्सचेञ्ज : निवेदन लिएको १२ वर्ष नाघ्यो, अनुमति कहिले ?

९ फागुन, काठमाडौं । १२ वर्षअघि नेपाल धितोपत्र बोर्डले सेयर बजारलाई प्रतिस्पर्धी बनाउन भन्दै नयाँ स्टक एक्सचेञ्ज खोल्न सञ्चालन अनुमति दिने निर्णय गर्‍यो । २०६६ सालमा तात्कालीन अध्यक्ष डा. सुरवीर पौडेलले नयाँ स्टक एक्सचेञ्जका लागि इच्छुकबाट आवेदन माग गरेपछि नेपाल सेक्युरिटिज एण्ड डेरिभेटिम एक्सचेञ्ज, काठमाडौं स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज र हिमालयन स्टक एक्सचेञ्जले आवेदन […]

नयाँ स्टक एक्सचेञ्ज खोल्ने तयारीमा : अध्यक्ष ढुंगाना

जेठ २५, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेञ्ज खोल्ने तयारीमा रहेको बताएका छन् ।  मंगलवार वेबीनार मार्फत आयोजित बोर्डको २९ औं वार्षिकोत्सवका अवसरमा बोल्दै अध्यक्ष ढुंगानाले नयाँ स्टक एक्सचेञ्ज खोल्ने तयारी गरेको बताएका हुन् । यो कार्यमा अर्थ मन्त्रालय सकारात्मक रहेको पनि उनले बताए । अर्को स्टक एक्सचेञ्ज स्थापनाका लागि नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिबाट छलफल गरी प्रतिवेदन अध्धयनका लागि अर्थ मन्त्रालयमा पेस गरेको पनि उनले बताए । धितोपत्रको दोस्रो बजारलाई अझ व्यवस्थित र प्रतिस्पर्धी बनाउन निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेञ्ज आवश्यक रहेको धितोपत्र बोर्डको एक अध्ययन प्रतिवेदनले सुझाव दिएको सन्दर्भमा उनको यो भनाइ  आएको हो । प्र्रतिवेदनमा नेप्से परिसूचकसँगै, बजारको आकार, पहुँच र लगानीकर्ताको संख्या बढ्नुका साथै हालको नेपाल स्टक एक्सचेञ्जले राम्रो काम गर्न नसकेकाले निजी क्षेत्रको लगानीमा नयाँ एक्सचेञ्ज कम्पनी आवश्यक रहेको उल्लेख छ।