मकवानपुर । बागमती प्रदेशमा जवरजस्ती करणीका घटनाहरु वृद्धि भएको छ । विगतका आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ मा प्रदेशका १० जिल्लामा बलात्कारका घटनाहरु बढेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा मकवानपुरले जनाएको छ । बागमती प्रदेशमा गत आर्थिक वर्ष २०७७/०७८ मा जवरजस्ती करणीका ३ सय ७ वटा घटनाहरु भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । प्रदेशको काठमाडौं उपत्यकाका ३ जिल्ला बाहेक अन्य १० जिल्लामा आर्थिक वर्ष २०७५/०७६ मा जवरजस्ती करणीका २ सय २८ वटा घटना भएका थिए