बागमती प्रदेशमा आत्महत्याका घटनामा वृद्धि आएको छ । बागमती प्रदेशका १३ जिल्लामा विगतको आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ०७७/०७८ मा आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गत आर्थिक वर्ष ०७७/०७८ मा आत्महत्याका घटनामा १०.८० प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा बागमती प्रदेशमा कूल ९ सय ३५ जनाले आत्महत्या गरेका थिए भने आर्थिक