बागमती प्रदेशमा कार्यरत ३४ कर्मचारी पुरस्कृत

हेटौँडा । बागमती प्रदेशमा कार्यरत ३४ कर्मचारी पुरस्कृत गरिएका छन् । गणतन्त्र दिवसका अवसरमा बागमती प्रदेश सरकारले उत्कृष्ट काम गर्ने कार्यालय सहयोगीदेखि अधिकृत(दसौँ) सम्मका कर्मचारीलाई सम्मान गरेको प्रदेश प्रमुख सचिव मुकुन्द निरौलाले जनाएका छन् ।