७.२ म्याग्नेच्युड क्षमताको भूकम्पले हाइटीमा हेर्नुस् यस्तो गरायो

आइतवारको भूकम्पमा परी हाइटीमा मृत्यु हुनेको संख्या १ हजार २ सय ९७ पुगेको छ। ७ दशमलब २ म्याग्नेच्युड क्षमताको भूकम्पले हजारौं घर ध्वस्त पारेको छ। ११ वर्षअघि पनि भूकम्पको चपेटामा परेको थियो यो मुलुक। अहिलेसम्म ५ हजार ७ सय जना गम्भीर घाइते भएको र मृत्यु हुनेको संख्या १३ सय नजिकै…

सम्बन्धित सामग्री

कारागारको नयाँ भवन रित्तै, जीर्णमा कैदीको भीड

२३ मङ्सिर, ओखलढुङ्गा । ओखलढुङ्गामा नवनिर्मित कारागार भवन प्रयोगमा नआउँदा कैदीबन्दी राख्न समस्या भएको छ । सुरक्षा पर्खाल नबन्दा जिल्ला कारागारको नयाँ पक्की भवनमा कैदीबन्दी सार्न समस्या भएको हो । तीस जनाको क्षमताको पुरानो कारागार भवनमा अहिले ८४ जना बन्दी छन् । पुरानो कारागार जीर्ण छ । विसं २०७२ को भूकम्पले चर्किएको र संरचना नै […]

प्रबल बन्यो सिंहदरबार

भूकम्पले क्षतिग्रस्त सिंहदरबारको अग्रभाग (पश्चिमी मोहडा) प्रबलीकरणको काम पूरा भएको छ । यो प्रबलीकरणसँगै उक्त भवन आठ रेक्टरसम्मको भूकम्प थेग्ने क्षमताको भएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास)का आयोजना उपनिर्देशक झप्परसिंह विश्वकर्माले सिंहदरबारको मुख्य प्रशासनिक भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने भवन)कोे प्रबलीकरण सकिएर ‘फिनिसिङ’ कार्य भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार चैतभित्र भवनको सबै काम सम्पन्न हुने तथा त्यसपछि उद्घाटन गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरिने कार्यक्रम तय भएको छ । ११९ वर्ष पुरानो सिंहदरबारको मुख्य भवनको प्रबलीकर

धरहराको झल्को दिने कोहलपुर भ्यूटावरको निर्माण अन्तिम चरणमा

माघ १३, बाँके । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।  कोहलपुरको मौलिक पहिचान झल्कने गरी घण्टाघरसहितको १० तल्ले सुविधा सम्पन्न सो भ्यूटावरको निर्माण अन्तिम चरणमा पुगेको हो । लिफ्टसहितको सुविधासम्पन्न सो भ्यूटावर कोहलपुर नगरपालिकाले गौरवको योजनाभित्र पारेर निर्माण गरेको नगरप्रमुख लुटबहादुर रावतले जानकारी दिए ।  उनका अनुसार भ्यूटावरको भौतिक प्रगति ७० प्रतिशतभन्दा बढी भइसकेको छ । अब लिफ्ट जडानसहित रङरोगन र सजावटको काम बाँकी छ ।  नगरप्रमुख रावतले दश तल्लाको उचाइसहित निर्माण भएको भ्यूटावरमा समयको जानकारी गराउने उद्देश्यले घडी राखिने बताउँदै लिफ्टबाट माथि जान सकिने र भ्यूटावरबाट कोहलपुरको चारैतिरको रमणीय दृश्यावलोकन गर्न सकिने जानकारी दिए ।  रू. पाँच करोड ८८ लाखको लागतमा अत्याधुनिक भ्यूटावर निर्माण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताए । भ्यूटावरले कोहलपुर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उनको भनाइ छ ।  भ्यूटावर चढ्न कोहलपुर नगरपालिकाले शुल्क निर्धारण गर्नुका साथै कफीसपको समेत व्यवस्था हुने प्रमुख प्रशासकीय अधिकृत ढकालको भनाइ छ ।  ९ रेक्टर स्केलको भूकम्पले पनि क्षति नपुग्ने गरी भ्यूटावर निर्माण भइरहेको कोहलपुर नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इञ्जीनियर बालकृष्ण महतराले जानकारी दिए । भ्यूटावर पुग्न एकपटक १५ जना जानसक्ने क्षमताको लिफ्ट बन्ने बताउँदै उनले भ्यूटावरमा दृश्यावलोकनका लागि एकपटकमा ५० जना जान सक्ने क्षमता हुने उल्लेख गरे ।  विगतमा कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण यसको निर्माण कार्य केही प्रभावित भए पनि अहिले उत्साहजनकरूपमा काम भइरहेको उनले बताए ।  यही माघ २५ गतेसम्म कार्य सम्पन्न गर्ने गरी निर्माण कम्पनी जय भवानीले सम्झौता गरेकामा कोभिडका कारण थप ६ महिना म्याद थपको माग भएको छ ।  भौतिक पूर्वाधार निर्माण कार्यसम्पन्न भए पनि अन्तिम फिनिसिङ कार्य सम्पन्न गर्नका लागि म्याद थपको अनुरोध गरेको जय भवानी निर्माण सेवाका सञ्चालक अर्जुन पनेरुले बताए । उनले घामपानी केही नभनी निर्माण धमाधम गरे पनि कोभिडका कारण केही प्रभावित भएको उल्लेख गरे ।  निर्माण नसकिँदै भ्यूटावर अवलोकन गर्न सर्वसाधारण पुग्ने गरेका छन् । भ्यूटावरले कोहलपुरमा अन्तरिक पर्यटन प्रवर्द्धन गर्ने नगरकार्यपालिका सदस्य एवम् आर्थिक विकास शाखा संयोजक डिलबहादुर परियारले बताए ।  उनले भने, ‘१० तल्ले सुविधा सम्पन्न सो भ्यूटावर सर्वसाधारणका लागि निक्कै आकर्षक हुने विश्वास लिएका छौं ।’  उनका अनुसार नगरपालिकाले शुरु गरेको ठूला आयोजनाको निर्माण यही आर्थिक वर्षमा सम्पन्न गर्ने गरी धमाधम भइरहेको छ । रासस

७३ करोडमा अनामनगरमा बन्यो ‘अडिट भवन’

अनामनगरमा भव्य ‘अडिट भवन’ बनेको छ । महालेखा परीक्षकको कार्यालयको नवनिर्मित उक्त अडिट भवन राष्‍ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिसकेकी छिन् ।७३ करोड ९ लाख खर्च गरेर बनाईएको यो भवनको अनुमानित लागत ८३ करोड १८ लाख रहेको थियो । तर, अनुमान गरिएभन्दा कम लागतमै भवन निर्माणको काम सकिएको हो ।परम्परागत र आधुनिक शैलीको मिश्रण गरेर बनाईएको यो भवन लुम्बिनी/गौरी पार्वती/शान्ति जेभीले बनाएको हो । यसको ९ तलामध्ये २ तलामा अन्डरग्राउन्ड पार्किङ रहेको छ । भूइँ तलामा रिसेप्सन, भण्डार कक्ष, पुस्तकालय, चमेना गृह तथा अभिलेख व्यवस्थापन कक्ष छ भने पहिलो तलादेखि छैठौं तलासम्म ५ सय कर्मचारीका लागि कार्यालय राखिएको छ । सातौं तलामा २ सय जना क्षमताको सभाकक्ष बनाइएको छ । २०१६ सालमा स्थापना भएको महालेखा परीक्षकको कार्यालय स्थापनकालदेखि बबरमहलमा सञ्‍चालन हुँदै आएको थियो । तर, बबरमहलको भवनमा २०७२ सालको भूकम्पले क्षति गरेपछि कार्यालय सञ्‍चालन हुन सकेको थिएन । राष्‍ट्रपतिले २०७४ मंसिर १८ गते शिलान्यास गरेको महालेखाको नयाँ भवन २०७८ कात्तिकमा निर्माण सकेर राष्ट्रपतिले उद्घाटन गरेकी हुन् । महालेखाको नयाँ भवन नै ‘अडिट भवन’ हो ।

म्याग्दीका ८८ ओटा विद्यालय भवन पुनर्निर्माण

असोज ७, म्याग्दी । भूकम्पले क्षति पुगेका म्याग्दीका ८८ ओटा विद्यालयका भवन पुनर्निर्माण भएको छ ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विसं २०७२ को भूकम्पले भत्किएका र जीर्ण बनेका विद्यालय भवन पुनर्निर्माण गरेको हो । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) म्याग्दीका इञ्जिनीयर विष्णु रिजालले २०७८ असार मसान्तसम्म ८८ ओटा विद्यालयमा २८२ ओटा कक्षा कोठा भवन पुनर्निर्माण भएको जानकारी दिए ।  ‘१०५ ओटा विद्यालयका ३४४ कक्षा कोठा, ५० शौचालय र २७ ओटा खानेपानी आयोजना पुनर्निर्माण गर्ने लक्ष्य रहेको थियो’, उनले भने, ‘८८ विद्यालयका २८२ कक्षा कोठा, ४५ शौचालय र २५ ओटा खानेपानी पुनर्निर्माण सकिएको छ ।’ ३० ओटा दुई कोठे, १० ओटा तीन कोठे, ४८ ओटा चार कोठे भवन पुनर्निर्माण भएको छ ।  ३५ ओटा भवन गत आर्थिक वर्ष २०७७/७८ मा निर्माण सकिएका हुन् । गत वर्ष ३७ ओटा चार कोठे, तीन ओटा तीन कोठे, १० ओटा दुई कोठे भवन पुनर्निर्माणका लागि विद्यालय व्यवस्थापन समितिसँग सम्झौता भएको थियो ।  गत आवमा २४ ओटा चार कोठे, एउटा तीन कोठे र १० ओटा दुई कोठे भवन निर्माण सकिएका छन् । ३५ शौचालय र २५ ओटा खानेपानीका योजना निर्माण भएको छ । गत वर्ष सम्झौता भएका १७ ओटा भवन, पाँच ओटा शौचालय र दुई ओटा खानेपानी आयोजनाले पूर्णता पाउन बाँकी छ । १३ ओटा चार कोठे, दुई ओटा तीन कोठे र दुई ओटा दुई कोठे भवन निर्माणाधीन अवस्थामा छन् ।  एउटा चार कोठे भवनको दोस्रो तला ढलान बाँकी छ भने अरु सबै रङरोगन गर्ने अवस्थामा रहेका एकाइका इञ्जिनीयर रिजालले बताए । आव २०७७/७८ मा ३० शौचालय र २७ ओटा खानेपानीका योजना निर्माणका लागि सम्झौता भएको थियो । पाँच शौचालय र दुई खानेपानीका योजना निर्माणाधीन अवस्थामा छन् ।  आव २०७३/७४ देखि जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) मार्फत विद्यालय भवन पुनर्निर्माण कार्यको थालनी भएको थियो । विसं २०७६ साउन १ मा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) स्थापना भएपछि म्याग्दीमा विद्यालय भवन, शौचालय र खानेपानी पुनर्निर्माणले थप तीव्रता पाएको हो ।  कोरोनाको जोखिम, वैशाख तेस्रो सातादेखि गरिएको निषेधाज्ञा र जेठको अन्तिम सातादेखि शुरु भएको बर्षातले ग्रामीण सडक अवरुद्ध भएर निर्माण सामग्री ढुवानी गर्न नसक्दा विद्यालय भवन पुनर्निर्माणको योजना प्रभावित बनेका हुन् । कतिपय विद्यालयमा दोस्रो चरणमा भवन निर्माण भइरहेको छ ।  सुविधा सम्पन्न भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माण भएपछि पठनपाठन सहज र विद्यार्थीले सुरक्षित महसुस गरेका हिमाञ्जल मावि नागीका प्रअ रमन पुनले बताउनुभयो । जीर्ण भवनमा जोखिम मोलेर त्रासपूर्ण वातावरणमा पठनपाठन गर्नु÷गराउनुपर्ने विद्यार्थी र शिक्षकको बाध्यता हटेको उनको भनाइ छ ।  भूकम्प प्रतिरोधी क्षमताका विद्यालय भवन अपाङ्गमैत्री छन् । खानेपानी आयोजनाका संरचनालाई बालमैत्री बनाइएको छ । शौचालयका योजना छात्रामैत्री छन् । विद्यालय भवन पुनर्निर्माणका लागि म्याग्दीमा हालसम्म करीब रू. ६० करोड खर्च भएको छ । आव २०७७÷७८ मा पूँजीगत शीर्षकमारू. २६ करोड १९ लख ५१ हजार बजेट विनियोजन भएकोमा रू. २४ करोड ९९ लाख खर्च भएको एकाइले जानकारी दिएको छ ।  भौगोलिक विकटता, वैदेशिक सहायता शीर्षकबाट दाताले प्रतिबद्धता जनाएको बजेट समयमा नआउने र स्थानीयस्तरमा पर्याप्त मात्रामा दक्ष मजदूरको अभाव विद्यालय भवन पुनर्निर्माणका क्रममा म्याग्दीमा देखिएका चुनौती हुन् । रासस

माथिल्लो चाकु ए जलविद्युत् आयोजनाले शुरु गर्‍यो व्यवसायिक उत्पादन

वैशाख ९,सिन्धुपाल्चोक । शिवश्री हाइड्रोपावर कम्पनीले निर्माण गरेको माथिल्लो चाकु ए जलविद्युत् आयोजनाको व्यवसायिक उत्पादन शुरु भएको छ ।  बिहीवार एक कार्यक्रम गरेर कम्पनीले सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकामा निर्माण सम्पन्न भएको सो आयोजनाको व्यवसायिक उत्पादन शुरु गरेको हो । निजी क्षेत्रको अगुवाइमा निर्मित २२ दशमलव २ मेगावाट क्षमताको माथिल्लो चाकु–ए जलविद्युत् आयोजनाले गत वैशाख २ गते आफ्नो उत्पादन केन्द्रीय प्रशारण लाइनमा जोडेको थियो । सम्पूर्ण परीक्षणका प्रक्रिया सकेर आयोजनाले व्यवसायिक उत्पादन गर्न थालेको हो । आयोजना रहेको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले आयोजनाको व्यवसायिक उत्पादनको सुभारम्भ गरेका हुन् । नेपाल–चीन सीमावर्ती भोटेकाशी गाउँपालिका– ४ फूल्पिङकट्टीमा निर्मित आयोजनाको उत्पादन २२ किलोमिटर दुरीमा लामोसाँघुमा रहेको विद्युत् प्राधिकरण स्वामित्वको सुनकोशी जलविद्युत् केन्द्रको सव–स्टेसनमार्फत केन्द्रीय प्रशारण लाइनमा जोडिएको  कम्पनीका  अध्यक्ष बच्चु पौडेलले बताए । हिउँदको सुक्खा मौसम भएकाले आयोजनाबाट तत्काल साँढे तीन मेगावाट विद्युत् उत्पादन भइरहेको उनले बताए ।  ‘आगामी असारदेखि मात्र पूर्णक्षमतामा उत्पादन हुन्छ,’ अध्यक्ष पौडेलले भने, ‘प्राधिकरणले हिउँदमा सात रुपैयाँ र बर्खामा चार रुपैयाँ तिरेर प्रतियुनिट विद्युत् खरीद गर्ने छ ।’  अध्यक्ष पौडेलका अनुसार उत्पादित विद्युत् विक्रीबाट महशुलवापत वार्षिक ५० देखि ६० करोड रुपैयाँ आयोजनाले आम्दानी गर्ने छ । फूल्पिङकट्टीको चन्द्राकुमा रहेको बाँधबाट २ हजार ५०० मिटर लामो भूमिगत सुरुङमार्फत चाकु खोलो छिराइ चाङ्लेकट्टीस्थित उत्पादन गृहमा पुर्‍याइएको आयोजना निर्धारित समयभन्दा चार वर्ष ढिलो गरी निर्माण सम्पन्न भएको हो ।  विसं २०७३ भित्र सक्ने गरी विस २०६९ साउन ३० गतेबाट आयोजना निर्माण थालिएको थियो । विसं २०७१ साउनको जुरे पहिरो, विसं २०७२ वैशाख १२ को भोटेकोशी बाढी र लगातारको बर्खे बाढीपहिरोले क्षति पुर्‍याउँदा आयोजना सम्पन्न हुन ढिलाइ भएको कम्पनीका संस्थापक कार्यकारी अध्यक्ष तथा सल्लाहकार उमेश कसजूले बताए । निर्माण सम्पन्न हुँदा प्रतिमेगावट लागत २३ करोड रुपैयाँ पुगेको उनले जानकारी दिए ।  ‘निर्माण अवधि लम्बिँदा आयोजना केही महंगो पर्न गएको छ,’ उनले भने । उनका अनुसार भूकम्पले निर्माणाधीन आयोजनालाई धेरै क्षति पुर्‍याएको थियो । शिवश्रीका अनुसार सिटिजन बैंक लिमिटेडको अगुवाइमा विभिन्न १२  ओटा बैंक तथा वित्तीय संस्थाले आयोजनामा ३ अर्व रुपैयाँ ऋण लगानी गरेका छन् । स्थानीयसहित सर्वसाधरणलाई २० प्रतिशत शेयर वितरण गरिसकेको आयोजनामा निजी क्षेत्र (संस्थापक) को १ अर्व ४७ करोड रुपैयाँ लगानी रहेको शिवश्रीका कार्यकारी अध्यक्ष बच्चु पौडेलले बताए । शिवश्री र विद्युत् प्राधिकरण बीच विसं २०६७ मा विद्युत खरीद सम्झौता( पीपीए) भएको थियो । कम्पनीले विसं २०७५ पुसमा आयोजना प्रभावित स्थानीयको लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर जारी गरेको थियो भने आयोजनाको कर्मचारी र सर्वसाधारणको लागि २० लाख २३ हजार कित्ता शेयर निष्कासन गरेको थियो । विसं २०६७ सालमा नेपाल विद्युत् प्राधिकरणसँग पीपीए गरेको आयोजनाको प्रतिमेगावाट लागत २० करोड रुपैयाँ रहेको छ । कम्पनीले आयोजना पुरा गर्न सर्वसाधारणहरुको लागि प्राथमिक शेयरसमेत जारी गरिसकेको छ । अहिले आयोजनाको १ करोड ४१ लाख कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत रहेको छ ।

जीर्ण कारागारमा ज्यानकै जोखिम - Naya Patrika

भूकम्पले जीर्ण बनाएको कारागार भवनमा क्षमताभन्दा ६ गुणा बढी कैदीबन्दी राखिँदा जोखिम बढेको छ । २५ कैदीबन्दी राख्ने क्षमताको कारागारमा एक सय ४२ जना राखिएको छ । ०६८ र ०७२ सालमा गएको...पूरा पढ्नुहोस् »