धरहराको झल्को दिने कोहलपुर भ्यूटावरको निर्माण अन्तिम चरणमा

माघ १३, बाँके । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।  कोहलपुरको मौलिक पहिचान झल्कने गरी घण्टाघरसहितको १० तल्ले सुविधा सम्पन्न सो भ्यूटावरको निर्माण अन्तिम चरणमा पुगेको हो । लिफ्टसहितको सुविधासम्पन्न सो भ्यूटावर कोहलपुर नगरपालिकाले गौरवको योजनाभित्र पारेर निर्माण गरेको नगरप्रमुख लुटबहादुर रावतले जानकारी दिए ।  उनका अनुसार भ्यूटावरको भौतिक प्रगति ७० प्रतिशतभन्दा बढी भइसकेको छ । अब लिफ्ट जडानसहित रङरोगन र सजावटको काम बाँकी छ ।  नगरप्रमुख रावतले दश तल्लाको उचाइसहित निर्माण भएको भ्यूटावरमा समयको जानकारी गराउने उद्देश्यले घडी राखिने बताउँदै लिफ्टबाट माथि जान सकिने र भ्यूटावरबाट कोहलपुरको चारैतिरको रमणीय दृश्यावलोकन गर्न सकिने जानकारी दिए ।  रू. पाँच करोड ८८ लाखको लागतमा अत्याधुनिक भ्यूटावर निर्माण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताए । भ्यूटावरले कोहलपुर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उनको भनाइ छ ।  भ्यूटावर चढ्न कोहलपुर नगरपालिकाले शुल्क निर्धारण गर्नुका साथै कफीसपको समेत व्यवस्था हुने प्रमुख प्रशासकीय अधिकृत ढकालको भनाइ छ ।  ९ रेक्टर स्केलको भूकम्पले पनि क्षति नपुग्ने गरी भ्यूटावर निर्माण भइरहेको कोहलपुर नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इञ्जीनियर बालकृष्ण महतराले जानकारी दिए । भ्यूटावर पुग्न एकपटक १५ जना जानसक्ने क्षमताको लिफ्ट बन्ने बताउँदै उनले भ्यूटावरमा दृश्यावलोकनका लागि एकपटकमा ५० जना जान सक्ने क्षमता हुने उल्लेख गरे ।  विगतमा कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण यसको निर्माण कार्य केही प्रभावित भए पनि अहिले उत्साहजनकरूपमा काम भइरहेको उनले बताए ।  यही माघ २५ गतेसम्म कार्य सम्पन्न गर्ने गरी निर्माण कम्पनी जय भवानीले सम्झौता गरेकामा कोभिडका कारण थप ६ महिना म्याद थपको माग भएको छ ।  भौतिक पूर्वाधार निर्माण कार्यसम्पन्न भए पनि अन्तिम फिनिसिङ कार्य सम्पन्न गर्नका लागि म्याद थपको अनुरोध गरेको जय भवानी निर्माण सेवाका सञ्चालक अर्जुन पनेरुले बताए । उनले घामपानी केही नभनी निर्माण धमाधम गरे पनि कोभिडका कारण केही प्रभावित भएको उल्लेख गरे ।  निर्माण नसकिँदै भ्यूटावर अवलोकन गर्न सर्वसाधारण पुग्ने गरेका छन् । भ्यूटावरले कोहलपुरमा अन्तरिक पर्यटन प्रवर्द्धन गर्ने नगरकार्यपालिका सदस्य एवम् आर्थिक विकास शाखा संयोजक डिलबहादुर परियारले बताए ।  उनले भने, ‘१० तल्ले सुविधा सम्पन्न सो भ्यूटावर सर्वसाधारणका लागि निक्कै आकर्षक हुने विश्वास लिएका छौं ।’  उनका अनुसार नगरपालिकाले शुरु गरेको ठूला आयोजनाको निर्माण यही आर्थिक वर्षमा सम्पन्न गर्ने गरी धमाधम भइरहेको छ । रासस

सम्बन्धित सामग्री

सलीसल्लामा बेलिब्रिज निर्माण अन्तिम चरणमा

सिमकोट – कर्णाली करिडोरअन्तर्गत सर्केगार्ड गाउँपालिका र चंखेली गाउँपालिकाको सिमाना सलीसल्लामा निर्माणाधीन बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ। कर्णाली नदीको दुबै किनारमा पुलका लागि पिलर निर्माण अन्तिम चरणमा पुगेको र अब स्टिलपार्ट जडान कार्य असोज तेस्रो हप्ताभित्र सक्नेगरी काम भइरहेको हो। बेलिब्रिज निर्माण कम्पनी कङ्ग्री निर्माण सेवाका प्रतिनिधि सोनामबहादुर लामाले असोज तेस्रो हप्ताभित्र सलीसल्लामा पुल […]

फुकोट कर्णालीको सुरुङ निर्माण अन्तिम चरणमा

फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ।

गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

सिमकोट – ताँजाकोट गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुुगेको छ। काम सम्पन्न गर्ने निर्धारित मितिभन्दा अगाडि नै भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसाथ कामलाई तीव्रता दिइएको हो। गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालका अनुुसार नयाँ बन्न लागेको भवन निर्माण अन्तिम चरणमा पुुगेको छ। गाउँपालिकाको प्रशासनिक भवनको नयाँ मापदण्डअनुुसार आरसिसी भवन बन्न लागेको हो। आफ्नो […]

जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा

२९ कात्तिक, जाजरकोट । भेरी नगरपालिका-१ को धल्दामा जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । २०७८ जेठ ११ गते तत्कालीन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेको उक्त भवनको काम अन्तिम चरणमा पुगेको हो । भेरी करिडोरको बीचमा पर्ने भेरी नगरपालिका-१ कालेगाउँ धल्दामा निर्माण भइहेको प्रशोधन केन्द्रले यहाँका सर्वसाधारणलाई लाभान्वित बनाएको बारेकोट गाउँपालिका-२ […]

जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा

भेरी नगरपालिका–१ को धल्दामा जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । २०७८ जेठ ११ गते तत्कालीन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेको उक्त भवनको काम अन्तिम चरणमा पुगेको हो ।भेरी करिडोरको बीचमा पर्ने भेरी नगरपालिका-१ कालेगाउँ धल्दामा निर्माण भइहेको प्रशोधन केन्द्रले यहाँका सर्वसाधारणलाई लाभान्वित बनाएको बारेकोट गाउँपालिका–२ का कालीबहादुर नेपालीले बताए । सरकारी स्वमित्वको यो प्रशोधन केन्द्रले यहाँका धेरै सर्वसाधारणलाई रोजगारी दिनुका साथै भेरी करिड

धुलो दुध कारखाना निर्माण अन्तिम चरणमा

हेटौँडा : बागमती प्रदेश सरकारले महत्व दिएको दुध पाउडर उत्पादन गर्ने प्लान्टको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।प्रदेश सरकारले प्राथमिकताका साथ गौरवको योजनामा राखेको धुलो दुध निर्माण कार्य अन्तिम चरणमा पुगेको हो।सरकारको ४१ करोड २२ लाख ७१ हजार रुपैयाँ लगानीमा हेटौँडा उपमहानगरपालिका–१० सिसौघारीको दुई बिगाहा क्षेत्रफलमा पाउडर प्लान्ट निर्माण भइरहेको छ।हाल निर्माण क्षेत्रमा मेसिनहरु जडान गर्ने काम अन्तिम चरणमा पुगिसकेको प्रदेश सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ। दुग्ध

बागलुङमा आधुनिक बसपार्क निर्माण अन्तिम चरणमा

बागलुङ । बागलुङमा बसपार्क निर्माण अन्तिम चरणमा पुगेको छ । लामो समय सरकारी उदासिनताका कारण अलपत्र परेको बसपार्क निर्माण बागलुङ नगरपालिकाको पहलमा निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । साढे दुई वर्ष पछि बसपार्क निर्माणले अन्तिम रुप लिएको बागलुङ नगरपालिकाले जनाएको छ । बागलुङमा व्यवस्थित बसपार्क बनाउन १९ वर्ष अघि स्थानीयले निःशुल्क जग्गा दिए पनि […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अन्तिम चरणमा

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा रहेको छ।...

बजेट निर्माण अन्तिम चरणमा

काठमाडौं। अर्थमन्त्रालयले बजेट निर्माण अन्तिम चरणमा पुगेको बताएको छ। यही जेठ १५ गते प्रतिनिधिसभामा बजेट पेस गर्नुपर्ने हुन्छ। यस अवस्थामा अब बजेट प्रस्तुत गर्न जम्मा १५ दिन बाँकी छ। यस्तो अवस्था बजेट निर्माणको अधिकांश काम अन्तिम चरणमा पुगेको अर्थमन्त्री विष्णु पौडेलले बताए।

बजेट निर्माण अन्तिम चरणमा

काठमाडौं। अर्थमन्त्रालयले बजेट निर्माण अन्तिम चरणमा पुगेको बताएको छ। यही जेठ १५ गते प्रतिनिधिसभामा बजेट पेस गर्नुपर्ने हुन्छ। यस अवस्थामा अब बजेट प्रस्तुत गर्न जम्मा १५ दिन बाँकी छ। यस्तो अवस्था बजेट निर्माणको अधिकांश काम अन्तिम चरणमा पुगेको अर्थमन्त्री विष्णु पौडेलले बताए।