माथिल्लो चाकु ए जलविद्युत् आयोजनाले शुरु गर्‍यो व्यवसायिक उत्पादन

वैशाख ९,सिन्धुपाल्चोक । शिवश्री हाइड्रोपावर कम्पनीले निर्माण गरेको माथिल्लो चाकु ए जलविद्युत् आयोजनाको व्यवसायिक उत्पादन शुरु भएको छ ।  बिहीवार एक कार्यक्रम गरेर कम्पनीले सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकामा निर्माण सम्पन्न भएको सो आयोजनाको व्यवसायिक उत्पादन शुरु गरेको हो । निजी क्षेत्रको अगुवाइमा निर्मित २२ दशमलव २ मेगावाट क्षमताको माथिल्लो चाकु–ए जलविद्युत् आयोजनाले गत वैशाख २ गते आफ्नो उत्पादन केन्द्रीय प्रशारण लाइनमा जोडेको थियो । सम्पूर्ण परीक्षणका प्रक्रिया सकेर आयोजनाले व्यवसायिक उत्पादन गर्न थालेको हो । आयोजना रहेको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले आयोजनाको व्यवसायिक उत्पादनको सुभारम्भ गरेका हुन् । नेपाल–चीन सीमावर्ती भोटेकाशी गाउँपालिका– ४ फूल्पिङकट्टीमा निर्मित आयोजनाको उत्पादन २२ किलोमिटर दुरीमा लामोसाँघुमा रहेको विद्युत् प्राधिकरण स्वामित्वको सुनकोशी जलविद्युत् केन्द्रको सव–स्टेसनमार्फत केन्द्रीय प्रशारण लाइनमा जोडिएको  कम्पनीका  अध्यक्ष बच्चु पौडेलले बताए । हिउँदको सुक्खा मौसम भएकाले आयोजनाबाट तत्काल साँढे तीन मेगावाट विद्युत् उत्पादन भइरहेको उनले बताए ।  ‘आगामी असारदेखि मात्र पूर्णक्षमतामा उत्पादन हुन्छ,’ अध्यक्ष पौडेलले भने, ‘प्राधिकरणले हिउँदमा सात रुपैयाँ र बर्खामा चार रुपैयाँ तिरेर प्रतियुनिट विद्युत् खरीद गर्ने छ ।’  अध्यक्ष पौडेलका अनुसार उत्पादित विद्युत् विक्रीबाट महशुलवापत वार्षिक ५० देखि ६० करोड रुपैयाँ आयोजनाले आम्दानी गर्ने छ । फूल्पिङकट्टीको चन्द्राकुमा रहेको बाँधबाट २ हजार ५०० मिटर लामो भूमिगत सुरुङमार्फत चाकु खोलो छिराइ चाङ्लेकट्टीस्थित उत्पादन गृहमा पुर्‍याइएको आयोजना निर्धारित समयभन्दा चार वर्ष ढिलो गरी निर्माण सम्पन्न भएको हो ।  विसं २०७३ भित्र सक्ने गरी विस २०६९ साउन ३० गतेबाट आयोजना निर्माण थालिएको थियो । विसं २०७१ साउनको जुरे पहिरो, विसं २०७२ वैशाख १२ को भोटेकोशी बाढी र लगातारको बर्खे बाढीपहिरोले क्षति पुर्‍याउँदा आयोजना सम्पन्न हुन ढिलाइ भएको कम्पनीका संस्थापक कार्यकारी अध्यक्ष तथा सल्लाहकार उमेश कसजूले बताए । निर्माण सम्पन्न हुँदा प्रतिमेगावट लागत २३ करोड रुपैयाँ पुगेको उनले जानकारी दिए ।  ‘निर्माण अवधि लम्बिँदा आयोजना केही महंगो पर्न गएको छ,’ उनले भने । उनका अनुसार भूकम्पले निर्माणाधीन आयोजनालाई धेरै क्षति पुर्‍याएको थियो । शिवश्रीका अनुसार सिटिजन बैंक लिमिटेडको अगुवाइमा विभिन्न १२  ओटा बैंक तथा वित्तीय संस्थाले आयोजनामा ३ अर्व रुपैयाँ ऋण लगानी गरेका छन् । स्थानीयसहित सर्वसाधरणलाई २० प्रतिशत शेयर वितरण गरिसकेको आयोजनामा निजी क्षेत्र (संस्थापक) को १ अर्व ४७ करोड रुपैयाँ लगानी रहेको शिवश्रीका कार्यकारी अध्यक्ष बच्चु पौडेलले बताए । शिवश्री र विद्युत् प्राधिकरण बीच विसं २०६७ मा विद्युत खरीद सम्झौता( पीपीए) भएको थियो । कम्पनीले विसं २०७५ पुसमा आयोजना प्रभावित स्थानीयको लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर जारी गरेको थियो भने आयोजनाको कर्मचारी र सर्वसाधारणको लागि २० लाख २३ हजार कित्ता शेयर निष्कासन गरेको थियो । विसं २०६७ सालमा नेपाल विद्युत् प्राधिकरणसँग पीपीए गरेको आयोजनाको प्रतिमेगावाट लागत २० करोड रुपैयाँ रहेको छ । कम्पनीले आयोजना पुरा गर्न सर्वसाधारणहरुको लागि प्राथमिक शेयरसमेत जारी गरिसकेको छ । अहिले आयोजनाको १ करोड ४१ लाख कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत रहेको छ ।

सम्बन्धित सामग्री

हाइड्रोपावरका संस्थापकले व्यावसायिक उत्पादन नभएसम्म सेयर बेच्न नपाउने

९ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले हाइड्रोपावर कम्पनीका संस्थापक सेयरधनीलाई कस्ने नीति लिएको छ । बोर्डले आईपीओ निष्कासनदेखि हकप्रद निष्कासन र संस्थापक सेयरधनीलाई ‘लकइन’ खुलेपछि पनि व्यवसायिक उत्पादन नगर्दासमम सेयर बिक्री गर्न नपाउने गरी कसिलो नीति लिने भएको हो । धितोपत्र बोर्डले जलविद्युत् कम्पनीका संस्थापक सेयरधनीले ‘लकइन’ अवधि सकिएपनि व्यावसायिक उत्पादन सुरु नगरी सेयर […]

५४ मेगावाटको सुपरदोर्दी ‘ख’ को ९६ प्रतिशत निर्माणकार्य सम्पन्न

लमजुङ– आउँदो असारभित्र ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन हुने भएको छ । आयोजना निर्माणका अधिकांश काम सम्पन्न भएको र आउँदो असारभित्र नै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु हुने जनाइएको छ । लमजुङमा निर्माणधीन उक्त जलविद्युत् आयोजनाको हालसम्म ९६ प्रतिशत काम पूरा भएको आयोजना निर्देशक अर्जुन गौतमले जानकारी दिए । पिपुल्स […]

निजी क्षेत्रको सबैभन्दा ठुलो ‘सोलुखोला दुधकोशी जलविद्युत आयोजना’ सञ्चालनमा

८६ मेगावाटको सोलुखोला दुधकोशी जलविद्युत आयोजनाबाट व्यवसायीक रुपमा विद्युत उत्पादन सुरु भएको छ । गत २७ माघबाट परिक्षण उत्पादन सुरु गरेको आयोजनाले १७ फागुनबाट व्यवसायीक उत्पादन सुरु गरेको हो । सोही...

न्यादीको विजुली राष्ट्रिय प्रणालीमा जोडियो, व्यवसायिक विद्युत उत्पादन सुरु

लमजुङ – लमजुङको ङादीखोलामा निर्माण सम्पन्न ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन सुरु भएको छ। गत वैशाखदेखि परीक्षण उत्पादन सुरु गरेको सो आयोजनाले २७ वैशाखदेखि उत्पादित विद्युत शुल्क पाउने गरी मंगलबार सम्झौता गरेको छ। प्राविधिक व्यवस्थापनका कारण सम्झौता गर्न ढिलाई भएपनि प्राधिकरणले साविक मितिबाट नै उत्पादित विद्युतको शुल्क तिर्ने गरी सम्झौता भएको न्यादी […]

म्रिस्तीखोलाबाट व्यावसायिक विद्युत् उत्पादन

म्याग्दी : म्रिस्तीखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन थालिएको छ। अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित सो आयोजनाबाट व्यवसायिक विद्युत् उत्पादन थालिएको हो।माउन्टेन इनर्जी नेपालले बनाएको म्रिस्तीखोला जलविद्युत् आयोजना मुलुककै स्वदेशी लगानीमा निर्माण भएको सबैभन्दा ठूलो र लागतको हिसाबले सस्तो आयोजना हो। ४२ मेगावाट क्षमताको म्रिस्तीखोलाले २०७८ जेठ १ गतेदेखि परीक्षण उत्पादन सुरु गरेको थियो।परीक्षण अवधि पूरा गरेर नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् बिक्री गर्न थालेको आयोजनाको साइट अफिसका