रसुवामा एमालेका सबै वडाध्यक्ष निर्विरोध, २७ मध्ये एक महिला (सूचीसहित)

रसुवा । रसुवामा नेकपा एमालेका २७ वटै वडाको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । एकजना महिलासहित सबै वडाध्यक्ष सर्वसम्मत भएको एमाले नेता जनार्दन ढकालले बताए । कालिका गाउँपालिका वडा नम्बर ४ मा अम्बिका पौडेल वडाध्यक्ष चयन भएकी छन् । अम्बिका अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष पनि हुन् । सो गाउँपालिकाको अध्यक्ष एमालेबाटै निर्वाचित […]

सम्बन्धित सामग्री

रौतहटमा महिला वडाध्यक्ष निर्वाचित

रौतहटमा वडाध्यक्ष पदमा  पहिलो पटक महिला उमेदवार विजयी भएकी छन् । देवाही गोनाही  नगरपालिका १ मा नेकपा एमालेका उम्मेदवार सफिना खातुनले २०८ मतको अन्तरले जित हात पारेकी हुन्।उनको निकटतम  प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार शेख दाउदले ५ सय ९ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तनहुँको भानु-१ र आँबुखैरेनी-४ मा महिला वडाध्यक्ष निर्वाचित

१ जेठ, तनहुँ । तनहुँका दुई वडामा महिला वडाध्यक्ष निर्वाचित भएका छन् । भानु नगरपालिका-१ को वडाध्यक्षमा कान्छीमाया तामाङ र आँबुखैरेनी गाउँपालिका-४ मा मिलन भुजेल निर्वाचित भएका हुन् । दुवै जना नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन् । तामाङले ६७२ मत ल्याउँदै नेकपा एमालेका प्रेमबहादुर लामालाई पराजित गरिन् । भुजेलले ४३३ मतका साथ नेकपा माओवादी केन्द्रका […]

कुञ्जमा कुमाइ बनिन् मुगुमा पहिलो महिला वडाध्यक्ष

२ जेठ, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका-११ मा नेकपा एकीकृत समाजवादी पार्टीकी कुञ्जमा कुमाइ निर्वाचित भएकी छन् । उनी जिल्लामै पहिलो महिला वडाध्यक्ष बनेकी छन् । कुञ्जमा १२९ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिद्वन्दी नेकपा एमालेका तजबहादुर बुढाले १२४ मत ल्याए । यस वडामा ४९६ मत खसेको थियो । ५ मत अन्तरले निर्वाचित भएकी कुमाइ […]

कान्छीमाया बनिन् तनहुँको पहिलो महिला वडाध्यक्ष

स्थानीय तहको निर्वाचनमा कान्छीमाया तामाङ तनहुँको पहिलो वडाध्यक्षमा निर्वाचित भएकी छन् । जिल्लाको भानु नगरपालिका–१ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वारी दिएकी ५३ वर्षीया तामाङ २०४ मतान्तरले विजयी भएकी हुन् । तामाङले ६७२ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमबहादुर लामाले ४६८ मत प्राप्त गरे । वडा सदस्यामा पनि तामाङको प्यानल नै निर्वाचित भएको छ । खुला वडा सदस्यमा तुलबहादुर गुरुङ ७४४, विवेक श्रेष्ठ ७७६, खुला महिला सदस्यमा टकमाया गुरुङ ७६५ र दलित महिला सदस्

सुवास नेम्वाङका पूर्वस्वकीय सचिवले जिते वडाध्यक्ष

संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका पूर्वस्वकीय सचिव बुद्धि खनाल इलामको माई नगरपालिका(७ को वडाध्यक्षमा निर्वाचित भएका छन् । पूर्व पत्रकारसमेत रहेका एमाले उम्मेदवार खनालले नेपाली काँग्रेसका उम्मेदवार गंगाराम योक्पादेनलाई पराजित गर्दै वडाध्यक्ष निर्वाचित भएका हुन् ।खनालले ९५० मत प्राप्त गर्दा योक्पादेनले ६०७ मत पाएका थिए । यस्तै महिला सदस्यमा नेकपा एमालेकी तेज कुमारी लिम्बू, दलित महिला सदस्यमा एमालेकै मेनुका विश्वकर्मा, खुला सदस्यमा पनि एमालेकै रामप्रसाद लिम्बु,

मकवानपुरमा पहिलो महिला वडाध्यक्ष

काठमाडौँ- मकवानपुर जिल्लामा स्थानीय निर्वाचन( २०७९ अन्तर्गत पहिलो महिला वडाध्यक्ष विजयी भएका छन्। मकवानपुरको बकैया गाउँपालिका–१० मा कांग्रेसबाट उम्मेदवार रहेकी कमला कुमारी वाइवा वडाध्यक्षमा निर्वाचित भएकी हुन्। वाइवा निकटतम प्रतिस्पर्धी एमालेका कमलकुमार घलानलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएकी हुन्। वाइवाले ६२९ मत प्राप्त गर्दा एमालेका उम्मेदवारले ३७५ मत पाएका हुन्। उनी मकवानपुरमै पहिलो निर्वाचित हुने […]

मुसिकोट नगरपालिका–९ को अध्यक्षमा गुरुङ निर्वाचित

गुल्मीको मुसिकोट नगरपालिकाको वडा नम्बर ९ को अध्यक्षमा भुमा गुरुङ निर्वाचित भएकी छन् । नेपाली काँग्रेसबाट उम्मेदवार रहेकी उनले ४६६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामकृष्ण कँडेलले ३८१ मत ल्याएका हुन् । ३९ वर्षीय गुरुङ जिल्लामा वडाध्यक्ष जित्ने पहिलो महिला हुन् ।

गढवा गाउँपालिका-८ कोइलाबासमा एमालेका वडाध्यक्ष अब्दुल खालिक सिद्दिकी विजयी

लमही : गढवा गाउँपालिका-८ कोइलाबासमा नेकपा एमालेका वडाध्यक्ष अब्दुल खालिक सिद्दिकी ४९६ मत ल्याई विजयी भएका छन्।उनका निकटम प्रतिद्वन्द्वी सद्दाम सिद्दिकीले ३८७ मत प्राप्त गरेका छन्।त्यसैगरी महिला सदस्यमा मीना पुन, दलित महिला सदस्यमा राजकुमारी विक, खुला सदस्यहरूमा गोपालबहादुर थापा मगर र ओमबहादुर थापा विजयी भएका छन्।

ललितपुर महानगरमा एमालेका एक सदस्य निर्विरोध

ललितपुर महानगरपालिकामा एक जना महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन् । नेकपा एमालेको तर्फबाट ललितपुर महानगरपालिका–११ दलित महिला सदस्य पदका उम्मेदवार सुचिना परियार निर्विरोध निर्वाचित भएकी हुन् । यद्यपि यसको आधिकारिक घोषणा निर्वाचन सकिएपछि मात्र हुने भएको छ ।एक्लो उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित भएकी हुन् । सो वडामा अन्य पार्टीको तर्फबाट अन्य दलित महिलाले उम्मेदवारी दिएका थिएनन् ।  सोही वडामा वडाध्यक्ष पदका लागि भने इन्द्रमान महर्जन तथा महिला सदस्यमा आपुलु महर्जनका र खु

दाङमा एमालेका पाँच जना महिला वडाध्यक्ष

८ कात्तिक, दाङ । गत शनिबार सम्पन्न नेकपा (एमाले) को १० औँ महाधिवेशन अन्तर्गत वडा तहको अधिवेशनमा दाङमा पाँच महिला अध्यक्ष निर्वाचित भएका छन् । जिल्लाका १०० वडामध्ये पाँच वडामा मात्रै महिलाले नेतृत्व गर्ने अवसर पाएका हुन् । अधिवेशनबाट बबई गाउँपालिका– ७ मा रुपा राना अध्यक्ष भएकी छन् । उनी बबई– ७ को वडा सदस्य […]