रौतहटमा वडाध्यक्ष पदमा पहिलो पटक महिला उमेदवार विजयी भएकी छन् । देवाही गोनाही नगरपालिका १ मा नेकपा एमालेका उम्मेदवार सफिना खातुनले २०८ मतको अन्तरले जित हात पारेकी हुन्।उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार शेख दाउदले ५ सय ९ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।