गढवा गाउँपालिका-८ कोइलाबासमा एमालेका वडाध्यक्ष अब्दुल खालिक सिद्दिकी विजयी

लमही : गढवा गाउँपालिका-८ कोइलाबासमा नेकपा एमालेका वडाध्यक्ष अब्दुल खालिक सिद्दिकी ४९६ मत ल्याई विजयी भएका छन्।उनका निकटम प्रतिद्वन्द्वी सद्दाम सिद्दिकीले ३८७ मत प्राप्त गरेका छन्।त्यसैगरी महिला सदस्यमा मीना पुन, दलित महिला सदस्यमा राजकुमारी विक, खुला सदस्यहरूमा गोपालबहादुर थापा मगर र ओमबहादुर थापा विजयी भएका छन्।