सुवास नेम्वाङका पूर्वस्वकीय सचिवले जिते वडाध्यक्ष

संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका पूर्वस्वकीय सचिव बुद्धि खनाल इलामको माई नगरपालिका(७ को वडाध्यक्षमा निर्वाचित भएका छन् । पूर्व पत्रकारसमेत रहेका एमाले उम्मेदवार खनालले नेपाली काँग्रेसका उम्मेदवार गंगाराम योक्पादेनलाई पराजित गर्दै वडाध्यक्ष निर्वाचित भएका हुन् ।खनालले ९५० मत प्राप्त गर्दा योक्पादेनले ६०७ मत पाएका थिए । यस्तै महिला सदस्यमा नेकपा एमालेकी तेज कुमारी लिम्बू, दलित महिला सदस्यमा एमालेकै मेनुका विश्वकर्मा, खुला सदस्यमा पनि एमालेकै रामप्रसाद लिम्बु,