गुल्मीमा पहिलो महिला वडाअध्यक्षमा निर्वाचित

१ जेठ, गुल्मी । गुल्मी जिल्लामा पहिलो महिला वडाअध्यक्षमा निर्वाचित भएकी छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर-९ को वडाअध्यक्षमा भुमा गुरुङ निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका रामकृष्ण कंडेलले पराजित भएका छन् । नगरको वडानम्बर-१ मा पनि नेपाली कांग्रेसकै मोहन घिमिरे वडाअध्यक्षमा निर्वाचित भएका छन् । एमालेका नारायण थापा पराजित भएका छन् । […]

सम्बन्धित सामग्री

गुल्मीमा पहिलोपटक महिला ब्याडमिन्टन हुँदै

गुल्मी जिल्लामा पहिलोपटक खुला महिला डबल्स राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै छ । जिल्ला ब्याडमिन्टन संघको आयोजनामा ९ देखि ११ चैतमा प्रतियोगिता आयोजना हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार सहभागी खेलाडीले सात...

गुल्मीमा वृद्ध महिला आफ्नै घरमा मृत फेला

काठमाडौं, २९ कात्तिक । गुल्मीमा एक वृद्ध महिलाको शव फेला परेको छ । इस्मा गाउँपालिका–५ दरिङ ग्ङ्गाकी स्थानीय जीवकला थापा आफ्नै घरमा मृत फेला परेको प्रहरीले जनाएको छ । ७४ वर्षीया थापाको शव ताला लगाइएको घरभित्र भेटिएको हो । घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गुल्मीमा प्रत्यक्षतर्फ एकमात्र महिला उम्मेदवार

गुल्मी । आगामी मंसिर–४ गते हुने प्रदेश एवम् प्रतिनिधिसभाको निर्वाचनमा गुल्मीबाट प्रत्यक्षतर्फ एकमात्र महिला उम्मेदवारले प्रतिस्पर्धा गर्दैछिन् । गुल्मीको क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीकी केन्द्रीय सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले गठबन्धनको तर्फबाट प्रतिस्पर्धा गर्न लागेकी हुन् । चार प्रदेश एवम् दुई प्रतिनिसभा सदस्यको लागि गुल्मीमा कुल ६२ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । जसमा प्रतिनिधिसभामा चार […] The post गुल्मीमा प्रत्यक्षतर्फ एकमात्र महिला उम्मेदवार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गुल्मीमा ४० वर्षीया महिला बलात्कृत

गुल्मी – गुल्मीमा ४० वर्षीया महिला बलात्कृत भएकी छन्। ती महिलालाई बलात्कार गरेको अभियोगमा मालिका गाउँपालिका-७ सिलादी बस्ने १८ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ। किशोरले ती महिलालाई मालिका गाउँपालिका-६ राहले कुमाल पंधेराको जंगलमा शुक्रबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ। प्रहरी चौकी मर्भुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप […]

गुल्मीमा चट्याङ लागेर महिलाको मृत्यु

२४ जेठ, गुल्मी । गुल्मीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर-५ की ३९ वर्षीया तारा सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मृतक महिला बारीमा मकै खनिरहेको बेलामा चट्याङ लागेर घाइते भएकी थिइन् । उनको गुल्मी अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुल्मीमा महिला बलात्कार गरेको आरोपमा एक जना पक्राउ

गुल्मीमा महिला बलात्कार गरेको आरोपमा एक पुरुष  बुटवलबाट पक्राउ परेका छन् । आइतबार गुल्मीको इस्मा गाउँपालिका–३ , ठाडङ्गाको वन–खोल्सामा २७ बर्षीय महिलालाई बलात्कार गरी फरार भएका सोही ठाउँका २९ वर्षीय कृष्णबहादुर नेपालीलाई प्रहरीले मंगलबार रुपन्देहीको बुटवलबाट पक्राउ गरिएको हो ।नेपालीलाई जबरजस्ती करणीको मुद्दामा अनुसन्धान थालिएको प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए ।

गुल्मीमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउन शुरू

१७ माघ,गुल्मी। गुल्मीमा कोरोना विरुद्धको बुस्टर डोज लगाउन शुरू गरिएको छ। बुस्टर डोज प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बुस्टर डोज लगाएर कार्यक्रमको शुभारम्भ गरेका थिए। बुस्टर डोज पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी लगायत अग्रमोर्चामा रहेर काम गर्ने लक्षित वर्गलाई दिइने भएको छ। त्यसलगत्तै ६२ वर्ष भन्दा माथिकालाई लगाउने लक्ष्य लिइएको छ। […]

गुल्मीमा बुस्टर खोप लगाउन सुरु

गुल्मीमा आइतबारदेखि लक्षित वर्गलाई कोरोनाविरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ ।  जिल्ला सुरक्षा समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद पौड्यालले बुस्टर खोप लगाएर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।रेसुङ्गा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बोम अर्यालका अनुसार बुस्टर खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी लगायत अग्रमोर्चामा रहेर काम गर्ने लक्षित वर्ग र ६२ वर्ष भन्दामाथिका नगरवासीलाई करिव ३ हजार ५ सय जनालाई लगाउने लक्ष

गुल्मीमा साढे ६० हजार गरे स्वास्थ्य बिमा

गुल्मी : गुल्मीमा साढे ६० हजारभन्दा बढीले स्वास्थ्य बिमा गरेका छन्। २०७६ माघ २१ देखि बिमा लागु भएको गुल्मीमा ३२ हजार महिला र २८ हजार ५०० पुरुष गरी कुल ६० हजार ५०० जनाले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका प्रमुख डिकेन्द्रबहादुर विष्टले जानकारी दिए।१२ वटा स्थानीय तहको ९३ वडाका ९३ जना सम्पर्क व्यक्तिमार्फत स्वास्थ्य बिमा गरिएको हो। रेसुंगा नगरपालिकाका १० हजार ७००, मुसिकोट नगरपालिकाका तीन हजार ३००, मालिका गाउँपालिकाका तीन हजार ८००, मदाने गाउँपालिकाका एक हजार ४५०

गुल्मीमा दुई हप्ताको अन्तरालमा दुई महिला बलात्कारको शिकार

गुल्मीमा पछिल्लो दुई हप्ताको अन्तरालमा दुई जना  महिला बलात्कारको शिकार भएका छन्  ।साउन–४ गते दिउँसो करिब ४ बजेको समयमा  जिल्लाको रुरुक्षेत्र गाउँपालिका–६ मिनामपोखरा बस्ने वर्ष २२ को विक्रम विकले  स्थानीय वर्ष  ४६ कि परिवर्तित नाम गुल्मी ४६ (रुरु) लाई निजको घरमै बलात्कार गरेको र असार २४ गते बिहान करिब ९ बजेको समयमा बाग्लुङ्गको बडी गाड गाउँपालिका–५ बस्ने वर्ष २४ को विकास आचार्यले  गुल्मीको  चन्द्रकोट  गाउँपालिका–८ तल्लो फाँट