गुल्मीमा महिला बलात्कार गरेको आरोपमा एक जना पक्राउ

गुल्मीमा महिला बलात्कार गरेको आरोपमा एक पुरुष  बुटवलबाट पक्राउ परेका छन् । आइतबार गुल्मीको इस्मा गाउँपालिका–३ , ठाडङ्गाको वन–खोल्सामा २७ बर्षीय महिलालाई बलात्कार गरी फरार भएका सोही ठाउँका २९ वर्षीय कृष्णबहादुर नेपालीलाई प्रहरीले मंगलबार रुपन्देहीको बुटवलबाट पक्राउ गरिएको हो ।नेपालीलाई जबरजस्ती करणीको मुद्दामा अनुसन्धान थालिएको प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए ।

सम्बन्धित सामग्री

होटलमा महिला बलात्कार गर्ने सञ्चालकसहित ३ जना पक्राउ

मोरङ, १४ माघ । जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । सुन्दरहरैचा नगरपालिका–४ बलिया स्थित श्रेष्ठ होटल एण्ड फेमेली होटलमा महिलालाई जबरजस्ती करणी गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उक्त होटलका संचालक ३५ वर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही ठाउँ बस्ने २५ वर्षीय सुरज श्रेष्ठ […]