गुल्मीमा आइतबारदेखि लक्षित वर्गलाई कोरोनाविरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ । जिल्ला सुरक्षा समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद पौड्यालले बुस्टर खोप लगाएर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।रेसुङ्गा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बोम अर्यालका अनुसार बुस्टर खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी लगायत अग्रमोर्चामा रहेर काम गर्ने लक्षित वर्ग र ६२ वर्ष भन्दामाथिका नगरवासीलाई करिव ३ हजार ५ सय जनालाई लगाउने लक्ष